sangrila Bank

विश्वकप: क्वाटरफाईनल समिकरण पुरा, सेमिफाईनलको लागी यी देशहरु मैदानमा उत्रिँदै !

काठमाडौँ । विश्वकप फुटबलमा अन्तिम १६ का सबै खेलहरु समाप्त भएको छ । मंगलबार राति कोलम्विया र इङल्याण्डबिच भएको खेलसंगै क्वाटरफाईनल समिकरण पुरा भएको छ । प्रतिस्पर्धात्मक खेलबाट क्वाटरफाईनलसम्म पुग्न आयोजक रुस, उरुग्वे, फ्रान्स, ब्राजिल, स्विडेन, वेल्जियम र इङल्याण्ड सफल भएका छन । दाबेदार देशको रुपमा हेरिदै आएको जर्मनी, अर्जेन्टिना, पोर्चुगल र स्पेन अन्तिम १६ बाट घर फर्किएका छन ।

कोको भिड्दैछन क्वाटरफाईनलमा

उरुग्वे भर्सेज फ्रान्स
सेमिफाईनलको लागी हुने पहिलो खेल निकै नै आकर्षक र प्रतिस्पर्धात्मक हुने भएको छ । पहिलो विश्वकपको विजेता उरुग्वे र युवा खेलाडीहरुले भरिएको फ्रान्सविच कडा टक्कर हुने देखिएको छ । यो खेलसंगै विश्वकपको एक उत्कृष्ठ टिमको यात्रा समाप्त हुने छ । फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको हो भने उरुग्वेले पोर्चुगललाई २–१ ले पाखा लगाउदै क्वाटरफाईनलमा स्थान पक्का  बनाएको हो ।  

अर्जेन्टिनासंगको खेलमा फ्रान्सका १९ वर्षिय किशोर खेलाडी एम्वाप्पेले २ गोल गरि निर्विवाद स्टार बने । आक्रमक खेल प्रदर्शन गर्ने फ्रान्सको रक्षापंक्ति र गोलकिपर पनि निकै मज्वुद रहेको छ । मिडफिल्डमा पाउल पोग्वा, ब्लेव मेट्विडी, एन्जोलो कान्टे लगायतका उत्कृष्ठ खेलाडीहरु रहेका छन । फरवार्डमा एन्टोन ग्रिजम्यान, ओलीभर जिराउड जस्ता अन्तराष्ट्रिय स्तरका ख्याति प्राप्त खेलाडीहरु रहेको फ्रान्स विश्वकप २०१८ को च्याम्पियन बन्न लायक देशका रुपमा देखिएको छ ।
त्यस्तै पोर्चुगललाई घर पठाउन सफल उरुग्वे पनि उत्कृष्ठ फर्ममा रहेको छ । पोर्चुगलसंगको खेल जिताउनको लागी उरुग्वेका स्ट्राईकर एन्डरसन काभानीले उत्कृष्ठ दुई गोल गरेका थिए । फुटबल क्लव वार्सिलोनाका स्टार खेलाडी लुईज स्वारेज सहित सबै खेलाडीहरु उच्च फर्ममा रहेकोले सेमिफाईनलको पहिलो भिडण्त रोमाञ्चकारी हुने भएको छ । खेल शुक्रबार बेलुका ७ः४५ मा हुनेछ ।

ब्राजिल भर्सेज वेल्जियम

विश्वप्रसिद्ध खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो खेलबाट बाहिरिसकेको अवस्थामा पिएसजीका स्ट्राईकर नेयमार उत्कृष्ठ खेलाडीको केन्द्रविन्दुमा परेका छन । बेलाबेलामा विवादित बनेतापनि उनको खेलले ब्राजिललाई विश्वकपको उपाधि जिताउन सक्ने अन्दाज धेरैले लगाएका छन । क्वाटरफाईनल समिकरण अन्तर्गत शुक्रबार राति हुने खेलमा ब्राजिल वेल्जियमसंग मैदानमा उत्रिने छ । ब्राजिलमा नेयमारसहित पाउलिन्हो, कउटिन्हो, विलियन, क्यासेमिरो, मार्सेलो लगायतका उत्कृष्ठ खेलाडीहरु रहेका छन । सन २०१४ को विश्वकपमा वेहोर्नु परेका लज्जास्पद हारको बदला लिने लक्ष्यमा ब्राजिल रहेको छ । अन्तिम १६ मा जापान विरुद्ध तिन गोल गरि क्वाटरफाईनल प्रवेश गरेको वेल्जियम पनि यसपालीको विश्वकपमा एक दाबेदार टोलीको रुपमा देखा परेको छ । यी दुई राष्ट्रबिचको खेल शुक्रबार राति ११ः४५ मा हुने छ ।

स्विडेन भर्सेज इंल्याण्ड

सेमिफाईनलको लागी तेस्रो खेलको रुपमा स्विडेन र इंल्याण्ड शनिबार वेलुकी भिड्दै छन । उच्च लयमा रहेको स्विडेनलाई पराजित गर्नको लागी इंल्याण्डले कडा मेहनत गर्नुपर्ने देखिन्छ । गएराति कोलम्विया संग भएको खेलमा इंल्याण्डले टाईब्रेकरमा विजय हाँसिल गरेको थियो । यता स्विडेनले स्विजरल्याण्डलाई १–० गलअन्तरले पराजित गरि क्वाटरफाईनलमा इंल्याण्ड संगको भेट पक्का गरेको छ ।

रसिया भर्सेज क्रोयशिया

खेलको शुरुवाति चरणदेखी नै चम्किएको आयोजक टोली रुसलाई घरेलु मैदान र घरेलु दर्शकको राम्रो साथले अगाडी बढाएको छ । उत्कृष्ठ गोल किपिङ, मज्वुद रक्षापंक्ती र गतिलो एट्याकिङको कारण रसिया क्वाटरफाईनल सम्म आईपुगेको छ । विश्वकप ईतिहासमा यहाँसम्म आईपुग्नु रुसको लागी पहिलो पटक हो । क्वाटरफाईनलमा रुसले मज्वुद टोली क्रोयशियाको सामना गर्ने छ । क्वाटरफाईनलको अन्तिम खेलको रुपमा रहेको यस खेल नेपाली समयअनुससार शनिबार राति ११ः४५ मा हुने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यी हुन मनग्य आम्दानी गर्ने नेपाली खेलाडी जो खेलबाटै मासिक लाखौँ कमाउँछन

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पुर्वाधारको ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

च्याम्पियन्स लिगमा मेसीको नयाँ कीर्तिमान

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगतामा सर्वाधिक ह्याट्रिकको नयाँ रेकर्ड राखेका छन ...

शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने (खेलतालिकासहित)

Wednesday, 19 September 2018

  कुमार चौलागाई काठमाडौँ, ३ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन ...

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ ...

एएफसी यू–१६ महिला च्याम्पियनसिपः नेपालले आज फिलिपिन्ससँग भिड्ने !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ ...

एसिया कप क्रिकेटः वंगलादेशसंग नमिठो हार व्यहोर्दै श्रीलङ्का प्रतियोगिताबाट बाहिरियो

Tuesday, 18 September 2018

  अबुधाबी, २ असोज । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ ...

एसिया कप क्रिकेटः आज हङकङ र भारत भिड्दै, हङकङलाई बढी चुनौती !

Tuesday, 18 September 2018

काठमाडौं, असोज २ । एसिया कप क्रिकेट प्रतियोगितामा आज हङकङ र भारतबीच प्रतिष्पर्धा हुँदै छ । दुबैको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...

रोनाल्डोविनाको रियल झनै बलियो, छायामा परेका बेल उदाए

Tuesday, 18 September 2018

काठमाडौं । किस्टियानो रोनालडो रियल मड्रिडमा रहँदासम्म गेराथ बेल लगभग छायामै परेका थिए । यद्यपी यी दुवै खेलाडी सेट पिसका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top