sangrila Bank

सामुहिक बलत्कारपछि हत्या गर्ने ५ जना पक्राउ

कैलाली, २२ असार । कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई शुक्रबार सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विनोद घिमिरेले युवतीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिए ।

असार १२ गतेदेखि हराइरहेकी विकलाई उनका आफन्त र प्रहरीको प्रयासमा खोजतलास गर्दा चपरथली सामुदायिक वन क्षेत्रमा तीनदिनपछि मृत फेला पारिएको हो ।

‘तीनजनाले पालैपालो करणी गरिसकेपछि चौथोले करणी गर्दैगर्दा उनले प्राण त्याग गरेको अनुसन्धानबाट खुलेको देखिन्छ,’ प्रहरी उपरीक्षक घिमिरेले भने –’घटनाअघि असार ८ गते मुख्य योजनाकार गणेश बडुवालले युवतीसँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेकामा युवतीले अस्वीकार गरेकी थिइन् ।’

दुई हात बाँधिएको, मुखमा कपडाले बाँधिएको र निवस्त्र अवस्थामा युवतीको शव फेला परेको हो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको साइकल र एक थान मोबाइल बरामद गरेको छ ।

यस्तै, पत्रकार सम्मेलनमा पूर्व प्रेमीसँग मिलेर श्रीमान्को हत्यामा संलग्न कञ्चनपुर पुनर्वास नगरपालिका–२ की २२ वर्षीया लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिका–१० का दीपक खत्रीलाई पनि सार्वजनिक गरिएको छ ।

कैलाली गोदावरी नगरपालिका–११ माइतीघर भएकी लक्ष्मीलाई घर ल्याउन भनी गएका निजका श्रीमान् तेजबहादुर विष्ट उतैबाट बेपत्ता भएकामा घटनाको अनुसन्धानका क्रममा श्रीमती लक्ष्मी र उनका प्रेमी खत्रीले धनगढी–डडेल्धुरा राजमार्गको भासुको भिरमा विष्टलाई पुर्‍याई कुटपिट गरी भिरबाट खसालेर हत्या गरेको पत्ता लागेको जनाइएको छ ।

मृतकको शव र उनले प्रयोग गरेको मोटरसाइकल असार १२ गते भिरमा फेला परेको थियो ।

यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँमा दुईदिनअघि आफ्नै श्रीमती गर्भी चौधरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका उनका श्रीमान् इन्द्रबहादुर चौधरीलाई पनि सार्वजनिक गरिएको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ सुरु :

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । सरकार र यातायात व्यवसायीबीचको लामो समयको रस्साकस्सीपछि यातायात व्यवसायीहरु आज मंगलबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ ...

केपी ओली सरकारको नीति पहिला गर्जने, अन्त्यमा लुत्रुक्क परेर झुक्ने !

Tuesday, 25 September 2018

काठमाडौं, ९ असोज । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ । कडा बोल्छन् । प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, ...

शेरबहादुर देउवालाई भाइरलले सतायो, भन्छन् ‘मलाई सन्चो छैन

Monday, 24 September 2018

काठमाडौं, ८ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा बिरामी परेका छन् । स्वास्थ्य अवस्था ठीक नभएपछि केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको ...

नेकपाभित्र गुटैगुटः पूर्वघटकभित्र युवाको यस्तो प्रयत्न्न !

Monday, 24 September 2018

काठमाडौं, असोज ८ । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको ...

‘प्रचण्डलाई नोवेल पुरस्कार दिइने हल्ला सामाजिक सञ्जालमा भाइरल, के हो वास्तविकता ?

Sunday, 23 September 2018

काठमाडौं, ७ असोज । सामाजिक सञ्जालमा कतिपय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिम्मेवार नेता कार्यकर्ताले समेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ...

काठमाडौंमा कालोधुँवा उडाउने गाडीको बिगबीगी, किन हुन सकेन कारबाही ?

Sunday, 23 September 2018

प्रयास पराजुली काठमाडौं, असोज ७ । केही दिनअघि सिंहदरबार पूर्वीगेट नजिकैबाट नेपाल यातयातको बा १ ख ७३०० नम्बरको बस हुंइकिइरहेको ...

कांग्रेसमा नेवि संघसहितका भ्रातृ संस्थालाई झड्का, के अब महाधिवेशनमा भाग लिन पाउँदैनन् ?

Sunday, 23 September 2018

टि.पी शर्मा काठमाडौं, असोज ७ । असोजकांग्रेसमा यस अघि सातवटा भ्रातृ संस्था प्रत्येकबाट महाधिवेशनका लागि पाँचपाँच जना प्रतिनिधिले भाग लिन ...

राष्ट्रकवि घिमिरेको आज एक सय औँ जन्मदिनः महाकवि देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा !

Sunday, 23 September 2018

काठमाडौँ, ६ असोजः “बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं” वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले ...

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top