sangrila Bank

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको कारण नेपाली काँग्रेसको विरोध

रासस

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको जिकिर गरे ।
उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार कयानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पु–याएको थियो ।

क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै कोइराला त्यसतर्फ जाने तयारीमा थिए ।
पाँचदिने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने र आगामी १९औँ सम्मेलन सन् २०२४ मा नेपालमा हुने जनाइएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ । विनियोजन विधेयकका विभिन्न शीर्षकअन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीबाट जवाफ दिने कार्यक्रम छ ।

सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि, भूमि व्यवस्था तथा सहकारी, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विनियोजन भएको बजेटबारे आज जवाफ दिइने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमिल्ने तर आवश्यकता अनुसार संसोधन गर्न सकिने शिक्षा मन्त्री पोखरेलको भनाई

Thursday, 19 July 2018

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता हुने जिकिर गरेका छन । लामो समयदेखी चिकित्सा शिक्षा विधेयक ...

के छोरी जन्माउनु गल्ती हो ?

Thursday, 19 July 2018

इनरुवा , सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् । सुनसरीको ...

अपडेटः रुकुम दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जना गम्भिर घाईते (नामावलि/फोटोफिचर)

Wednesday, 18 July 2018

काठमाडौँ । रुकुम जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । वुधबार दिउसो रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ...

पहिरोको वितण्डा: गोरखामा एकै घरका तिनजनाको मृत्यु, पर्वतका २५ घर उच्च जोखिममा !

Wednesday, 18 July 2018

काठमाडौँ । अविरल वर्षासहित आएको पहिरोले गोरखामा एकै घरका तिनजनाको मृत्यु भएको छ । गोरखाको शहिद गाउपालिका ६ अँधेरीमा स्थानिय ...

३८ क्विन्टल सुन तस्करीमा पर्यटन व्यावसायी समेत, यी हुन् ‘गोरे’का अर्का सहयोगी !

Tuesday, 17 July 2018

काठमाडौं । ३८ क्विन्टल सुन तस्करीमा मुछिएका एक पर्यटन व्यावसायी डेढ महिनादेखि फरार छन् । धादिङ घर भएका कान्तिपुर होलिडेज ...

पत्रकारको दुई करोड कुम्ल्याएर हिमालय टिभीका साहु बाबु/छोरा भाग्न खोजेपछि बबाल !

Monday, 16 July 2018

  काठमाडौं । आठ वर्षसम्म टेलिभिजनको ब्रान्ड स्थापित गर्न श्रम पसिना बगाएका पत्रकार तथा कर्मचारीहरुको पाकेको सुविधासमेत पोको पाकेर हिमालय ...

प्रधानमन्त्री ओलीको भावुक कविता, “म मरे पनि सपना देखिरहन पाउँ”

Sunday, 15 July 2018

काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै ...

ट्रेड युनियन कांग्रेस अध्यक्ष आचार्य भन्छन्,‘हान र मजदुर संगठनबीचको सम्झौता खारेज गर्नुपर्छ’

Saturday, 14 July 2018

काठमाडौं । नेपाली कांग्रेस निकट ट्रेड युनियन संगठन नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले होटल सञ्चालक र केही मजदुर ...

अछाममा ८ वर्षिया बालिका बलात्कृत !

Saturday, 14 July 2018

अछाम–साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइँ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top