sangrila Bank

अंग्रेजी बोल्दा विवादमा आएका गोकर्ण विष्ट भन्छन्,‘मलाई सिद्धयाउन फन्डिङ गरिएको छ’

काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट यतिबेला चर्चा र विवादमा तानिएका छन् । एक वैदेशिक कार्यक्रममा अंग्रेजी शब्द स्पष्ट उच्चारण नगरेको भन्दै केहीले खिल्ली समेत उडाइरहेका छन् । तर, कतिपयले भने उनको मातृ भाषा अंग्रेजी नभएको र अंग्रेजी बोल्दा सामान्य गल्तीलाई ठूलो मुद्दा बनाउन जरुरी नरहेको जिकिर गर्दै आइरहेका छन् ।

हुन पनि गुल्मीको सामान्य परिवारमा जन्मिएका विष्टले अंग्रेजी बोल्न नजान्नु कुनै ठूलो अपराध होइन । यद्धपी पदको अहोदामा पुगेपछि त्यसो भनेर मात्रै पनि के हुन्थ्यो र ! समाजिक सञ्जालमा मिश्रित धारणा आइरहेको बेला मन्त्री विष्टले समेत यस विषयमा आफ्नो छोटकरी धारणा राखेका छन् । उनी निकट एक कार्यकर्तालाई मन्त्री विष्टले आफूलाई सिद्ध्याउन शक्तिशाली समुह लागि परेको बताएका छन् ।

‘म मन्त्री भएपछि गलत धन्दामा लाग्ने माफियाले मलाई सिद्धयाउनका लागि केही उपाय नपाएर यस्तो गरेको हो,’ मन्त्रीको भनाई उधृत गर्दै ती कार्यकर्ताले भने,‘सुधारका कामबाट अत्तालिएको मनस्थिितिले काम गरेको छ । मलाई सिद्ध्याउन ठूलो फन्डिङ भएको छ । ति विचराहरुले केही नपाएर एउटा शब्द विग्रिएको विषय उठाएको हुन् । मैले टोपी लगाउन नजाने भने वा म टोपी लगाउन जान्दिनँ । गाली गर्न पाईन्छ र ?’

स्रोतका अनुसार उक्त अन्तराष्ट्रिय कार्यक्रममा मन्त्री विष्टले अगाडी नै अंग्रेजी पेश गर्नु परेको थियो । उनले निकटस्थहरुलाई आफू अंग्रजी भाषा सुधार गर्न लागि रहेको समेत बताउने गरेका छन् ।

‘कुनै विषय नपाएर मलाई खेदो गरिएको हो । यस्तो कुराले केही फरक पर्दैन । दुब्लो भयो मन्त्री भएर नि दुब्लो भनिन्छ । मोटो भयो मन्त्री भएपछि मोटायो भनिन्छ,’ ती कार्यकर्तालाई उनको भनाई थियो,‘समाजमा हरेक मान्छेलाई चित्त बुझाउन कहाँ सकिन्छ र । नेपाली बोल्दा पनि केही मिस्टेक हुन्छन् । म प्रजातन्त्रलाई प्रजातन्तर र लोकतन्त्रलाई लोकतन्तर भनेर उच्चारण गर्छु । स्पष्ट उच्चारण गर्न जान्दिनँ । यस्तो कुराको विरोधको केही अर्थ होला र ?’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ सुरु :

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । सरकार र यातायात व्यवसायीबीचको लामो समयको रस्साकस्सीपछि यातायात व्यवसायीहरु आज मंगलबारदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ ...

केपी ओली सरकारको नीति पहिला गर्जने, अन्त्यमा लुत्रुक्क परेर झुक्ने !

Tuesday, 25 September 2018

काठमाडौं, ९ असोज । प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ । कडा बोल्छन् । प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, ...

शेरबहादुर देउवालाई भाइरलले सतायो, भन्छन् ‘मलाई सन्चो छैन

Monday, 24 September 2018

काठमाडौं, ८ असोज । कांग्रेस सभापति शेरबहादुर देउवा बिरामी परेका छन् । स्वास्थ्य अवस्था ठीक नभएपछि केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको ...

नेकपाभित्र गुटैगुटः पूर्वघटकभित्र युवाको यस्तो प्रयत्न्न !

Monday, 24 September 2018

काठमाडौं, असोज ८ । पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको ...

‘प्रचण्डलाई नोवेल पुरस्कार दिइने हल्ला सामाजिक सञ्जालमा भाइरल, के हो वास्तविकता ?

Sunday, 23 September 2018

काठमाडौं, ७ असोज । सामाजिक सञ्जालमा कतिपय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिम्मेवार नेता कार्यकर्ताले समेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ...

काठमाडौंमा कालोधुँवा उडाउने गाडीको बिगबीगी, किन हुन सकेन कारबाही ?

Sunday, 23 September 2018

प्रयास पराजुली काठमाडौं, असोज ७ । केही दिनअघि सिंहदरबार पूर्वीगेट नजिकैबाट नेपाल यातयातको बा १ ख ७३०० नम्बरको बस हुंइकिइरहेको ...

कांग्रेसमा नेवि संघसहितका भ्रातृ संस्थालाई झड्का, के अब महाधिवेशनमा भाग लिन पाउँदैनन् ?

Sunday, 23 September 2018

टि.पी शर्मा काठमाडौं, असोज ७ । असोजकांग्रेसमा यस अघि सातवटा भ्रातृ संस्था प्रत्येकबाट महाधिवेशनका लागि पाँचपाँच जना प्रतिनिधिले भाग लिन ...

राष्ट्रकवि घिमिरेको आज एक सय औँ जन्मदिनः महाकवि देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा !

Sunday, 23 September 2018

काठमाडौँ, ६ असोजः “बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं” वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले ...

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top