sangrila Bank

चिकित्सा शिक्षामा पहुँच उपलब्ध गराउन, सम्बद्ध पक्षसँग छलफल

रासस

काठमाडौँ– सरकारले चिकित्सा क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच उपलब्ध गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री गिरिराजमणि पोखरेलले सरकारले संघीय संसद्मा पेश गरेको चिकित्सा शिक्षा विधेयकका विषयमा विवाद बढिरहेका बेला सम्बद्ध पक्षसँग छलफल गर्ने र विवाद समाधान गर्ने नीति राखेको बताए । चिकित्सा शिक्षा क्षेत्रलाई प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउँदै सबैको पहुँचमा पुर्याउन लागिएको जानकारी उनले दिए ।

उनले उच्च शिक्षालाई व्यवस्थित, गुणस्तरीय, उत्पादनमूलक शिक्षामा रुपान्तरण गर्ने तथा विज्ञान प्रविधिसम्बन्धी शिक्षामा जोड दिइएको स्पष्ट पारे । विद्यालयलाई प्रविधिमैत्री बनाउन ग्रामीण दूरसञ्चार कोषमार्फत अगाडि बढाउने प्रक्रिया शुरु भएको तथा बजेटमा दलित विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी उनले दिए ।

उनले विद्यालयभन्दा बाहिरका तीन लाख १३ लाखमध्ये गत वैशाख मसान्तसम्म दुई लाख ५३ हजार विद्यार्थी विद्यालय पुगेको र बाँकी आगामी भदौभित्र विद्यालय पुर्याइने बताए । उनले शैक्षिक प्रमाणपत्र धितो राखी शैक्षिक ऋण लिन पाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने र लक्षित वर्गलाई लाभ प्रदान गरिने स्पष्ट पारे । राष्ट्रिय बोर्डमार्फत परीक्षा प्रणालीलाई व्यवस्थित गर्न लागिएको बताउँदै उनले हिमाली क्षेत्रमा आवासीय विद्यालय सञ्चालनका लागि थप पहल गरिने जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मुटु दिवसको अवसरमा रु १०० मा मुटु जाँच, वयोधा हस्पिटलले ल्यायो यस्तो योजना !

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । विश्व मुटु दिवसको अवसरमा राजधानीको वयोधा हस्पिटलले रु. १०० मा मुटु जाँच योजना ल्याएको छ । ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

जानी राखौँ ! यस्ता हुन्छन ‘क्यान्सर’को लक्षण

Thursday, 20 September 2018

काठमाडौँ । शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्दै जानु क्यान्सर हो । विश्वमा नै क्यान्सर प्रकोपका रुपमा फैलँदो छ । क्यान्सर ...

यस्तो छ जिका भाईरसको लक्षण, न्युनिकरण र निराकरण गर्न यी उपाय अपनाउनुहोस

Tuesday, 18 September 2018

काठमाडौँ । लामखुट्टेको टोकाईको कारण शरिरका जिका भाईरसको संक्रमण हुने गर्दछ । भारतमा अत्याधिक मानिसहरु जिका भाईरसको संक्रमित छन नेपालमा ...

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

Monday, 17 September 2018

चितवन, १ असोज  जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला ...

रगतमा कोलेस्ट्रोल घटाउन के गर्नुपर्छ ?

Monday, 17 September 2018

काठमाडौँ । शरीरमा अधिक कोलेस्ट्रोल भयो भने धेरै रोग लाग्न सक्छ । कोलेस्ट्रोल मुटुका लागी हानिकारक मानिन्छ यसका साथै यो ...

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

Sunday, 16 September 2018

नागार्जुन, काठमाडौँ, ३१ भदौ (रासस) : नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्य ...

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक पारित

Friday, 14 September 2018

काठमाडौं, भदौ २९ । ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् ...

अस्पतालमा चिकित्सकको अभाव भएपछि….

Thursday, 13 September 2018

गाईघाट– जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top