sangrila Bank

रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा

रासस

रोल्पा , रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ ।
सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गरे ।

पन्ध्र महिनाभित्रका बालबालिकालाई ११ थरीका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्लामा खोप ९५ प्रतिशत पुगेकाले स्वास्थ्य सेवा विभागको स्वीकृतिमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सुशील आचार्यले बताए ।

रोल्पासहित ४७ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भइसकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि वसन्त श्रेष्ठले जानकारी दिए । सन् २०१८ भित्र देशका ७७ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसक्ने बताइएको छ ।

बागलुङ– बागलुङ पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । यहाँ सोमबार राष्ट्रिय खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य विभाग, बाल स्वास्थ्य महाशाखा, खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले उक्त घोषणा गर्दै खोपकै कारण बाल तथा मातृ मृत्युदर घटेको बताए ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, प्रदेशसभाका सदस्य, स्थानीय निकायका जनप्रतिनिधि, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायतले पूर्ण खोप सुनिश्चित जिल्लाको रुपमा निरन्तर कायम राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

जिल्लाका सबै बालबालिकाले जन्मेदेखि १५ महिनाको उमेरभित्र पाउनुपर्ने ११ प्रकारका खोप पाएको सुनिश्चिता भएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । यही असार १५ गतेसम्म जिल्लाका कूल नौ हजार ८७५ बालबालिका खोपको पहुँचमा आएका छन् । पन्ध्र महिनाको उमेरभित्र लगाउनुपर्ने खोप बालबालिकाले २३ महिनासम्ममा पूर्णरुपमा पाउने गरेका छन् ।

घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले आगामी दिनमा पनि पूर्ण खोपको सुनिश्चिता गर्न सम्बद्ध सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले पूर्ण खोपको सुनिश्चितता कायम राख्न सबै जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदकुमार गिरीले खोपलगायत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय तहमा पुगेको छ, भने अपांगता हुने दर पनि पछिल्लो समय घटेको उहाँको भनाइ छ । उनले भने “एउटा बच्चाको खोपका लागि राज्यले रु ३० हजार लगानी गरेको छ ।” बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले खोपसँगै नागरिकलाई प्रदान गरिने सबै स्वास्थ्य सेवाप्रति नगरपालिका संवेदनशील रहेको बताए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले खोप कार्यक्रमको प्रभावकारिता वृद्धि गर्न अनुगमन र सर्वेक्षणलाई थप सशक्त पारिने उल्लेख गरे । यसअघि जिल्लाका नौ स्थानीय तहले छुट्टाछुट्टै रुपमा पूर्ण खोपयुक्त घोषणा गरेका थिए । बागलुङसँगै देशका ४८ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन् ।

लहान–सिरहाको लहानलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । लहान नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सो घोषणा गरेको हो ।

नगरपालिका क्षेत्र १ देखि २४ वटै वडाका सम्पूर्ण खोप लगाउने उमेर समूहका बालबालिकाले खोप पाएसँगै नगरलाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले जानकारी दिए ।

नगर प्रमुख मुनी साहको अध्यक्षतामा आयोजित घोषणासभामा प्रदेशसभा सदस्य लगनलाल चौधरीले पूर्ण खोप घोषणासँगै बालबालिकालाई नियमित खोप लगाउने चुनौती बढेको बताउनुभयो । सो अवसरमा पूर्ण खोप घोषणा गराउन योगदान गरेवापत स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयसेविकालाई सम्मान गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मुस्लिम बस्ती पखालाबाट प्रभावित !

Monday, 24 September 2018

बर्दिवास, असोज ८ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । ...

सम्भव छ ‘सेक्स भिडियो’ प्रतिवन्ध ?

Sunday, 23 September 2018

  काठमाडौं, असोज ७ । सूचना तथा संचार प्रविधि मन्त्रालयले ‘पोर्न साईड’ प्रतिवन्ध लगाउने भएको छ । मन्त्रालयले यस्ता वेबसाईट ...

मुटु दिवसको अवसरमा रु १०० मा मुटु जाँच, वयोधा हस्पिटलले ल्यायो यस्तो योजना !

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । विश्व मुटु दिवसको अवसरमा राजधानीको वयोधा हस्पिटलले रु. १०० मा मुटु जाँच योजना ल्याएको छ । ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

जानी राखौँ ! यस्ता हुन्छन ‘क्यान्सर’को लक्षण

Thursday, 20 September 2018

काठमाडौँ । शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्दै जानु क्यान्सर हो । विश्वमा नै क्यान्सर प्रकोपका रुपमा फैलँदो छ । क्यान्सर ...

यस्तो छ जिका भाईरसको लक्षण, न्युनिकरण र निराकरण गर्न यी उपाय अपनाउनुहोस

Tuesday, 18 September 2018

काठमाडौँ । लामखुट्टेको टोकाईको कारण शरिरका जिका भाईरसको संक्रमण हुने गर्दछ । भारतमा अत्याधिक मानिसहरु जिका भाईरसको संक्रमित छन नेपालमा ...

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

Monday, 17 September 2018

चितवन, १ असोज  जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला ...

रगतमा कोलेस्ट्रोल घटाउन के गर्नुपर्छ ?

Monday, 17 September 2018

काठमाडौँ । शरीरमा अधिक कोलेस्ट्रोल भयो भने धेरै रोग लाग्न सक्छ । कोलेस्ट्रोल मुटुका लागी हानिकारक मानिन्छ यसका साथै यो ...

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

Sunday, 16 September 2018

नागार्जुन, काठमाडौँ, ३१ भदौ (रासस) : नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्य ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top