sangrila Bank

वेल्जियम भर्सेज फ्रान्सः ‘काउन्टर एट्याक’ दुबै टिमको बलियो पक्ष, यस्तो छ संभावित लाईन अप !

काठमाडौँ । रसियामा जारी विश्वकप २०१८ मा आजबाट सेमिफाईनलका खेलहरु शूरु हुँदै छ । रसियाको सेन्ट पिटरवग्र्स स्टेडियमा नेपाली समयअनुसार आज राति ११ः४५ मा फ्रान्स र वेल्जियम खेल्दै छन । अहिले सम्मको अपराजित यात्रा तय गर्दै आएका दुबै टिमको लागी आजको खेल महत्वपुर्ण हुनेछ ।
समुह चरणमा अस्ट्रेलिया र पेरुलाई पराजित गरेको फ्रान्सले डेन्मार्क संग भने ०–० को बराबरी खेल खेलेको छ । नकआउट चरणमा आईसक्दा फ्रान्सले डिफेन्डिङ च्याम्पियन अर्र्जेन्टिनालाई ४–३ को नमिठो हार चखाएको थियो । सेमिफाईनल सम्म आईपुग्दा उरुग्वे २–० ले पराजित भएको भयो । फ्रान्सलाई सेपिमफाईनल सम्मको यात्रा सम्म ल्याउनको लागी पिएसजीका किशोर खेलाडी किलियन एमवाप्पेले महत्वपुर्ण भुमिका खेलेका छन । अर्जेन्टिना संगको खेलमा एमवाप्पेले व्यक्तिगत २ गोल गरेका थिए । उरुग्वे विरुद्धका खेलमा भने गोल गर्नबाट चुकेका थिए । त्यस्तै गोलकिपर ह्युगो ल्हरिस र रक्षापंक्तिमा खम्बाको रुपमा लुकास हर्नान्डेज र स्यामुयल उम्टिटीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।

म्यानचेष्टर युनाईटेडका खतरनाक खेलाडी मानिने पाउल पोग्वा र यूभेन्टसबाट व्यवसायिक खेल खेल्दै आएका प्रभावशाली खेलाडी व्लेज म्याट्विडीबिचको गतिलो तालमेल पनि सेमिफाईनल सम्म आईपुग्नुको प्रमुख कारण बनेको देखिन्छ । फरवार्डमा एम्वाप्पे संगै एट्लेटिको मड्रिडका स्टार स्ट्राईकर एन्टोन ग्रिजम्यान र आर्सनलका ओलिभर जिराउड रहनेछन । सेमिफाईनल खेलको सम्भावित लाईन अपमा ह्युगो ल्हरिस, वेन्जामिन पाभार्ड, रफाईल भेरेन,सामुयल उम्टिटी, लुकास हर्नान्डेज, पाउल पोग्वा, एनगोलो कान्टे, किलियन एम्वाप्पे, एन्टोन ग्रिजम्यान र ओलिभर रहेका छन । अर्का मिडफिल्डर कोरेन्टिन टलिस्सो व्लेज म्याट्विडीसंग सव्सटिच्यूटमा मैदान प्रवेश गर्ने छन ।

फ्रान्सलाई पराजित गरि नयाँ ईतिहास कोर्ने लक्ष्यमा रहेको वेल्जियम पनि यतिखेर मज्वुत अवस्थामा रहेको छ । समुह चरणमा पनामा, ट्युनिसिया र इंग्ल्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको वेल्जियमले नक आउट चरणमा जापान संग ३–२ को जित हाँसिल गरेको थियो । त्यस्तै क्वाटरफाइनलमा पाँच पटक सम्मको विश्वकप विजेता ब्राजिललाई २–१ को अन्तरले पराजित गरेको थियो । यहाँ सम्मको यात्रा तय गर्नका लागी वेल्जियमका आक्रमक स्ट्राईकर रोमेलु लुकाकुले महत्वपुर्ण खेल प्रदर्शन गरेका छन ।

उनको उत्कृष्ठ पास, र एट्याकले नै वेल्जियमलाई सेमिफाईनल सम्म ल्याएको देखिन्छ । विश्वकप फुटबलको ईतिहास हेर्दा वेल्जियम धेरै पटक समुह चरणबाट घर फर्कनु परेको छ । २०१८ को विश्वकप भने वेल्जियमको लागी एक उत्कृष्ठ मौकाको रुपमा देखिएको छ । फ्रांन्सको चुनौति सामना गर्नको लागी वेल्जियमा पनि उत्कृष्ठ गोलकिपर देखि फरवार्डसम्म राम्रो तालमेल देखिन्छ । सेमिफाईनल खेलमा गोलकिपर थिवाउट कोर्टोइस नै रहने छन । रक्षापंक्तिमा टबि एल्डरवाएल्र्ड, विनसेन्ट कम्पानी, जान भर्टोगेन गरि तिन जना खेल्ने छन । त्यस्तै मिडफिल्डमा नासिर चाड्ली, मारुएन फेलानी, यक्सेल विट्सल, क्यारेस्को, डि ब्रुएना र एडेन ह्याजर्ड खेल्ने छन भने रोमेलु लुकाकु स्ट्राईक मा रहने छन ।
दुबै टिमको काउन्टर एट्याक एक बलियो पक्षको रुपमा देखिएको छ । आजको खेल जित्नको लागी दुबै टिमको रक्षापक्ति बलियो हुन अत्यन्त आवश्यक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्व खेलकुदमन्त्री भन्छन, “खेलकुद विकासको गुरुयोजनालाई तत्काल कार्यन्वयन गरेमात्र खेल क्षेत्रको वेथिति हट्छ”

Friday, 20 July 2018

काठमाडौँ । नेकपाका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रमा भएको अव्यवस्थित वातावरणलाई हटाउनको लागी तत्काल गुरुयोजनालाई ...

एसियाली खेलकूदमा नेपालको सहभागिता, के यो पटक स्वर्ण पदक जित्ला ?

Wednesday, 18 July 2018

–मुना कार्की काठमाडौँ– एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका ...

यी हुन मुगुका १७ किशोरी जसले अन्तराष्ट्रिय फुटबलमा नेपालको गौरव बढाए

Wednesday, 18 July 2018

काठमाडौँ– कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले ...

राष्ट्रिय क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा !!

Wednesday, 18 July 2018

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी गौचनले ...

रुसबाट बिदा भयौँ, कतारमा भेटौँला

Monday, 16 July 2018

–कुमार चौलागार्इं काठमाडौँ– एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले ...

विश्वकपको उपाधी फ्रान्सलाई, कुन खेलाडीलाई के उपाधी ?

Monday, 16 July 2018

दीयोपोष्ट संवाददाता काठमाडौँ । विश्वकप २०१८ को उपाधी फ्रान्सले प्राप्त गरेको छ । आईतबार राति सम्पन्न भएको विश्वकप २१ औँ ...

विश्वकप २०१८ को अन्त्य आज हुँदै: को बन्ला विजेता, फ्रान्स या क्रोएशिया !

Sunday, 15 July 2018

काठमाडौँ । एक महिना देखी जारी विश्वकपको टुंगो आज लाग्दै छ । मस्कोस्थित लुझ्निकी रंगशालामा आईतबार राति हुने खेलले विश्वको ...

सबिना र करिश्माले पाए तेक्वान्दोमा स्वर्ण

Saturday, 14 July 2018

काठमाडौं, असार ३० । नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौं दक्षिण एसियाली तथा आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्णपदक ...

यस्तो छ रसियामा जारी विश्वकप महाकूम्भमा खेलिने ‘फूटबल ’को रहस्य !

Wednesday, 11 July 2018

काठमाडौँ । हरेक विश्वकप खेलमा केही न केही प्राविधिक विषय परिवर्तन गरिएकै हुन्छ । विश्वकप फुटबलमा सबैभन्दा प्रभाव पार्ने सामाग्री ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top