sangrila Bank

शान्ति समाजका संस्थापक सहित २५ जना मानवअधिकारकर्मी सिंहदरबार गेटबाट पक्राउ !

काठमाडौँ । सरकारले एकतर्फि निर्णय र स्वेच्छाचारी चरित्र देखाएको भन्दै त्यसको विरोधमा धर्ना बसेका २५ मानवअधिकारकर्मीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार सिंहदरबारको दक्षिण ढोका अगाडी धर्ना शूरु गरेको केही क्षणमा नै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, ललितपुरा शाखा सभापति चन्द्रमणी बञ्जारा, विभागीय संयोजकहरु प्रताप पौडेल, जयराम पुडासैनी, बाबुराम न्यौपाने, जगन्नाथ पुडासैनी, विपी पौडेल सदस्यहरु सनत आचार्य, रामचन्द्र खतिवडा, रेजीना राई, सुकदेव अधिकारी, ईश्वर पुडासैनी, भगवान पुडासैनी, गोकुल पुडासैनी, सुरज कुमार बोहरा, टंकप्रसाद गैरे, मुरारी प्रसाद फुयाल, ईश्वरी प्रसाद नेपाल सहित २५ जना रहेका छन । उनिहरुलाई पक्राउ गरि महानगरिय प्रहरि र्वत्त सिंहदरबारमा राखिएको छ ।

धर्नामा मानवअधिकारकर्मीले स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन थिए ।
राष्ट्रिय मानवअधिकार तथा शान्ति समाजले सरकारको यस किसिमको कार्यको घोर निन्दा गर्दै मंगलबार नै एक विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा कम्युनिष्ट सरकारले आम जनताको अधिकार र स्वतन्त्रतामा खेलवाड गरेको र मानव अधिकारलाई कुण्ठित गराउने हिसावले विभिन्न निर्णयहरु गरेको उल्लेख गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

विषाक्त मदिरा सेवनबाट मलेशियामा थप दुईको मृत्यु !

Tuesday, 25 September 2018

काठमाडौँ, असोज ९ मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ...

अदालतमै नुरप्रसादको यस्तो वितण्डा !

Tuesday, 25 September 2018

ललितपुर, असोज ९ । गोरखा फुजेलका नुरप्रसाद अधिकारीले मुद्दाको विषयलाई लिएर उच्च अदालत पाटनको इजलासमै विध्वंश मच्चाएपछि न्यायिक प्रहरीले पक्राउ ...

सम्झना एसिड प्रकरण्ः छिमेकी नै पापी भएपछि……।

Tuesday, 25 September 2018

चन्द्रपुर, असोज ९ । चन्द्रपुर–६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका ...

दशैँका लागि अग्रीम टिकट बुकिङ आजदेखि खुल्ला !

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आज असोज ९ देखि अग्रीम टिकट बुकिङ खुला हुने ...

विद्यासुन्दर शाक्यको अर्को ‘कर्तुत’ : पूर्वन्यायाधीशकै जग्गा मिचेर आफ्नो घर जाने बाटो बनाएको खुलाशा !

Monday, 24 September 2018

काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो जग्गामा जाने बाटो फराकिलो पार्न पूर्वन्यायधीशकै जग्गामा जबरर्जस्ती गरेका छन् ...

सत्तारुढ दल पूर्व एमालेकै विद्यार्थी नेताको खुलासा,–‘सरकार दलालहरुको घेराबन्दीमा’

Monday, 24 September 2018

काठमाडौं, असोज ८ । सरकारले पेट्रोलियम पदार्थको भाऊ बढाएसँगै सार्वजनिक यातयातको भाडा पनि बढेको छ । लामो समयदेखि भाडा समायोजन ...

आफ्नो मान्छेलाई न्याम्सको उपकुलपति बनाउने उपेन्द्र यादवको यस्तो चलखेल !

Monday, 24 September 2018

काठमाडौं, असोज ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उमेद हदले ६५ वर्ष नाघिसकेका डा. डीएन साहलाई चिकित्सा विज्ञान ...

सर्वोच्च अदालतका बिचौलिया अर्बपति, यी हुन् शक्तिशाली बिचौलिया !

Monday, 24 September 2018

काठमाडौं, असोज ७ । अदालतमा विचौलिया शब्द निकै चर्चामा छ । अदालतमा मात्रै होइन नेपालका हरेक क्षेत्रमा बिचौलिया शब्द प्रचलित ...

आज इन्द्रजात्रा : ८ दिनसम्म नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिने !

Monday, 24 September 2018

काठमाडौँ, असोज ८ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top