sangrila Bank

१८ दिनदेखी थाईल्याण्डको गुफामा फसेका बालवालिकाहरुको सकुशल उद्धार ! (भिडियो हेर्नुहोस)

एजेन्सी । थाईल्याण्डको उत्तरी क्षेत्रस्थित थेम लुआङ गुफामा फसेका किशोरहरुको सकुशल उद्धार गरिएको छ । विगत १८ दिन देखी उक्त गुफामा फसेका सबै किशोरहरु थाइ फुटबल खेलाडी रहेका छन । किशोरहरु सहित उक्त फुटबल टोलीको प्रशिक्षक पनि गुफामा फसेका थिए ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार गत आईतबार देखी उद्धार कार्य शुरु भएको र त्यस दिन चार बालकलाई उद्धार गरिएको थियो । लगत्तै सोमबार पाँच जनालाई गुफाबाट सकुशल उद्धार गरिएको थियो भने आज फुटबल प्रशिक्षक र तिन जनालाई उद्धार गरिएको छ ।

२३ जुनमा उक्त गुफा छिरेका फुटबल टोलीहरु त्यसपछिको अविरल वर्षालगत्तै गुफभित्र बाढी छिरेपछि वाहिर निस्कन सकेका थिएनन । २३ जुनमा वेपत्ता भएका उनिहरु गुफामा अलपत्र परेका त्यहाँका सुरक्षाकर्मीले खोजपश्चात पत्ता लगाएका थिए ।


गुफामा वाढी छिरेपछि उद्धारकार्य निकै नै चुनौतिपुर्ण थियो । सरकारले त्यहाँ फसेका बालबालिकाहरुलाई खाद्यान्न, लत्ताकपडा र अक्सिजनको व्यवस्था गरेको थियो । उद्धारको क्रममा एक सुरक्षाकर्मीले ज्यानसमेत गुमाउन पुगेका थिए ।

१३ जनाकै सकुशल उद्धार गर्नको निम्ति थाई सरकारले अन्तराष्ट्रिय गोताखोर तथा प्रहरी र सेना परिचालन गरेको थियो । सबै खेलाडीहरुलाई उद्धार गरिएतापनि गुफाभित्र अझै गोताखोरका चार सैनिक रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

गुफाबाट सबैलाई सकुशल उद्धार गरिएतापनि १३ जना मध्य पाँच जनाको स्वास्थ्यस्थिति भने केही खराब देखिएको छ । आठ जनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको गोताखोरका चिकित्सकहरुले बताएका छन । पाँचजनामध्य केहीमा श्वासप्रश्वास सम्वन्धि समस्या देखिएको तथा केहीमा शरिरको तापक्रम न्युन र केहीमा ज्यादा भेटिएको बताईएको छ । उद्धार गरिएका सम्पुर्णको केही दिनपछि पुनः स्वास्थ्य परिक्षण गरिने चिकित्सकहरुले बताएका छन ।

हेर्नुहोस भिडियो :

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हिमालय टिभिका साहु धुरुधुरु रोए, २० लाखको डिलपछि विवाद मिल्यो !

Friday, 20 July 2018

काठमाडौं । हिमालय टेलिभिजनमा कर्मचारी र व्यवस्थापन बीच देखिएको तलब विवाद सामसुम भएको छ । व्यवस्थापनले कर्मचारीलाई केही रकम दिएर ...

हामीसँग फोटो खिचाउने व्यक्तिलाई मैले चिनेको छैन, मेरो तस्विरको दुरुपयोग भयो : गंगालाल तुलाधर

Thursday, 19 July 2018

काठमाडौँ, ३ साउन । पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रिय सदस्य गंगालाल तुलाधरले दियोपोष्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । वुधबार ...

काठमाडौँ आउने भए डा. गोविन्द केसी, भन्छन “म आफ्नो समर्थकहरु कुटिएको हेर्न सक्दिन”

Thursday, 19 July 2018

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखी अनसनरत डा. गोविन्द केसी काठमाडौँ आउन सहमत भएका छन । अबको १० ...

‘गोरेका सहयोगी’ ३३ किलो सुन तस्करीको फरार अभियुक्तसँग नेकपाका नेता पूर्वमन्त्री मदिरा पिउँदै !

Wednesday, 18 July 2018

काठमाडौं । ३३ किलो सुन तस्करी तथा शानम साक्य हत्या प्रकरण छानबीन गर्न गठित उच्चस्तरिय छानबीन समितिले कान्तिपुर होलिडेजका मालिक ...

पुर्वी रुकुममा जीप दुर्घटना, चार जनाको मृत्यु !

Wednesday, 18 July 2018

काठमाडौँ । रुकुममा यात्रुवाहक जिप दुर्घटना भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप रुकुम ...

राष्ट्रिय क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा !!

Wednesday, 18 July 2018

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी गौचनले ...

काठ तस्करीमा प्रहरी ‘ईन्सपेक्टर’, अनुुसन्धानको लागी जिल्ला तानिए !

Wednesday, 18 July 2018

काठमाडौँ । डोटीका प्रहरी ईन्सपेक्टर नृपबहादुर बोहरालाई काठ तस्करी गर्दा गर्दै स्थानियले नियन्त्रणमा लिएका छन । डोटीको वीपिनगरमा अवैध सिसौको ...

पेरिसडाँडामा सहिदलाई श्रद्धाञ्जली दिँदा समेत विभेद भएको भन्दै पूर्वमाओवादीमा खैलाबैला !

Wednesday, 18 July 2018

दियोपोस्ट संवाददाता रामेछाप, २ साउन । तत्कालिन माओवादीले गरेको जनयुद्धमा ज्यान गुमाएका सहिदको सम्मान तथा श्रद्धाञ्जलीमा समेत विभेद गरिएको भन्दै ...

धरानका मेयर तारा सुब्बाको ग्राण्डी अस्पतालमा मृत्यु !

Tuesday, 17 July 2018

१ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको राजधानीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । मंगलबार दिउँसो ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top