sangrila Bank

रोनाल्डो १ सय १२ मिलियन पाउण्डमा ६ वर्षको लागी युभेन्टससंग अनुवन्धित, रियलमा अब को आउला ?

काठमाडौँ । चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड त्यागेको आधिकारिक घोषणा गरेका छन । रोनाल्डो स्पेनिस क्लव रियल म्याड्रिडबाट ईटालियन क्लव युभेन्टस प्रवेश गरेका हुन । केही समय अगाडी बाट नै रोनाल्डोलाई युभेन्टसमा ल्याउने तयारी भएपनि विश्वकपको कारणले प्रक्रिया अगाडी बढाउन ढिला भएको युभेन्टसका म्यानेजरले संचारमाध्यम हरुलाई जानकारी दिएका छन ।

रोनाल्डो १ सय १२ मिलियन पाउण्डमा युभेन्टससंग अनुवन्धित भएका हुन । उनले यसभेन्टससंग ६ वर्षको सम्झौता गरेका छन । रियल छाड्दा निकै भावुक भएका रोनाल्डोले आफ्ना समर्थक र साथिहरुलाई दुखी नहुन आग्रह गरेका छन । उनले युभेन्टससंग अनुवन्धित हुँदै गर्दा आफ्ना समर्थकहरुलाई एउटा पत्र लेखेका छन । जुन पत्रमा आफुले रियलसंगको ९ वर्षे लामो यात्रा टुंग्याउनुपर्दा असाध्यै पिडा भएको महसुस गरेका छन । उनले भनेका छन:
रियल मड्रिड क्लब र मड्रिड शहरसँग बिताएका यी वर्षहरु मेरा जीवन कै सबैभन्दा खुशीका क्षणहरु थिए। यस क्लब र यस शहरप्रति ममा सधै आभारीको भावमात्रै रह्यो। मलाई माया र सद्भाव देखाउने सबैप्रति कृतज्ञ छु।

मलाई के लाग्लायो भने यो मेरो जीवनको नयाँ चरणमा प्रवेश गर्ने समय हो र मैले क्लबलाई मेरो सरुवाको अनुरोध ग्रहण गरिदिन भनेको थिएँ। हाम्रा समर्थकसँग म अनुरोध गर्दछु कि कृपया मलाई बुझिदिनुहोस् ।

यहाँ बिताएका यी ९ वर्ष उत्साहपूर्ण रहे। तिनीहरु रोकिएर हैन, लगातारका बिताएका ९ वर्ष थिए। यी वर्षहरु मेरा लागि उत्साहजनक रहे र उत्तिकै गार्‍हो पनि।

किनकी, रियल मड्रिडमा रहन कडा मेहनत गर्नुपर्थ्यो। तर, यस क्लबमा रहँदा मैले अद्धितीय हिसाबले फुटबलमा रमाएको कुरा म कहिलै बिर्सने छैन।

मैदानमा अनि ड्रेसिङ रुममा म सधैँ उत्कृष्ट सहकर्मीहरुले घेरिएको हुन्थेँ। हामीले पाँच वर्षमा चार पटक अनि लगातार तीनपटक च्याम्पियन्स लिग जित्दा समर्थकहरुको न्यानो र अविश्वसनीय मायाँ पायौँ।

व्यक्तिगत रुपमा पनि यस उत्कृष्ट र असाधारण क्लबमा रहँदा मैले ४ गोल्डेन बल र ३ गोल्डेन बुट जितेँ। यो उपलब्धिप्रति म निकै सन्तुष्ट छु।

रियल मड्रिडले मसँगै मेरो परिवारको पनि हृदय जित्यो। त्यसैकारण पनि म क्लब, क्लबका अध्यक्ष, निर्देशकहरु, सहकर्मी, प्राबिधिकहरु, चिकित्सकहरु र कामदारहरुलाई धन्यवाद भन्न चाहान्छु।

पुनः हाम्रा समर्थक र स्पेनिस फुटबललाई धन्यवाद दोहोर्‍याउन चाहान्छु। यी ९ वर्षमा मेरा अगाडि उत्कृष्ट खेलाडीहरु पनि रहनुभयो। उहाँहरुप्रति मेरो सदा आभार रहनेछु।

म धेरैपटक क्लबको प्रतिबिम्बका रुपमा पनि चिनिएँ। तर, अब क्लबका लागि नयाँ चरण आइसक्यो। म जादैँछु, तर, मेरो जर्सी, ती ट्रफी र सेन्टियागो बेर्नाबेउलाई म जहाँ भएपनि सधैँ आफ्नो महसुस गरिरहनेछु।

सबैलाई धन्यवाद अनि, ९ वर्ष अघि यहाँ आउँदा स्टेडियममा मैले भनेको शब्द दोहोर्‍याउन चाहन्छु ।

रोनाल्डो युभेन्टस प्रवेश गरेसंगै अब रियल म्याड्रिडमा को आउछ भन्ने कुरा हेर्न बाँकी नै छ । केही समय अगाडीमात्रै वार्सिलोनाबाट पिएसजी प्रवेश गरेका ब्राजिलियन फुटबल स्टार नेयमार रियल म्याड्रिड आउने संकेत गरिएको थियो । उता पिएसजीले भने अहिले नेयमारलाई अन्य क्लवमा पठाउन नसकिने बताएको थियो । व्यक्तिगत रुपमा नेयमार रियलमा अनुवन्धित हुन निकै आतुर रहेको देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एन्फामा आर्थिक चलखेलः फिफा र एएफसीमा गोप्य प्रमाण पेश !

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । अखिल नेपाल फुटबल संघ एन्फा को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ...

बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

Monday, 24 September 2018

काठमाडौँ, ८ असोज ,  यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग ...

नेपाल र मलेसियाबीचको खेल बराबरी

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज। एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणकौ अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ । हल्चोकस्थित एपिएफ क्लबको ...

लुका मेड्रिकलाई ८ महिना जेल, ८ लाख ७० हजार युरो जरिवाना, ८ महिना निलम्बन !

Sunday, 23 September 2018

काठमाडौं, ७ असोज । सन् २०१८ को फिफा विश्वकपका उत्कृष्ठ खेलाडी मध्येका एक मिडफिल्डर लुका मोडरिकलाई ८ महिना जेल सजाय ...

टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि !

Sunday, 23 September 2018

बैतडी, असोज ७ । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग एनपीएल ...

यी हुन मनग्य आम्दानी गर्ने नेपाली खेलाडी जो खेलबाटै मासिक लाखौँ कमाउँछन

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पुर्वाधारको ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

च्याम्पियन्स लिगमा मेसीको नयाँ कीर्तिमान

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगतामा सर्वाधिक ह्याट्रिकको नयाँ रेकर्ड राखेका छन ...

शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने (खेलतालिकासहित)

Wednesday, 19 September 2018

  कुमार चौलागाई काठमाडौँ, ३ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top