sangrila Bank

यस्तो छ रसियामा जारी विश्वकप महाकूम्भमा खेलिने ‘फूटबल ’को रहस्य !

काठमाडौँ । हरेक विश्वकप खेलमा केही न केही प्राविधिक विषय परिवर्तन गरिएकै हुन्छ । विश्वकप फुटबलमा सबैभन्दा प्रभाव पार्ने सामाग्री मध्ये एक हो –बल । बल बिना फूटबल नै हुँदैन । त्यही बल नै कस्तो हुन्छ भन्ने कौतुहुलता हुनु स्वभाविक नै हो । विश्वकै महँगो मानिएको फूटबल प्रतियोगिताका लागि ‘बल’ पनि निकै गुणस्तरीय नै चाहिन्छ नै ।

हरेक सिजनमा कुन बल खेलाईने भन्ने बारेमा फिफाले नै निर्णय लिने गरेको छ । यहाँ हामीले अहिलेसम्मको विश्वकपमा कुनकुन बल खेलाईयो भनेर केही चर्चा गर्ने प्रयत्न गरेका छौँ ।

रसिया – विश्वकप २०१८

रसियामा जारी विश्वकप २०१८ अडिडासका बलहरु खेलाईएको छ । अडिडास मेचा र अडिडास टल्सटार १८ गरि २ प्रकृतिका बलहरु हालको विश्वकपमा खेलाईएको छ । अडिडास टल्सटरकै अर्को फर्मको रुपमा मेचा प्रयोग गरिएको हो । मेचा हालको विश्वकपमा नक आउट चरण सम्म खेलाईएको छ भने क्वाटरफाईनल देखी अन्तिम खेलहरुमा एडिडास टल्सटर खेलाईने छ । सेमीफाईनलसम्म खेलाई सकिएको अवस्थामा फाईनल खेलको लागि एडिडासले अर्कै बल उत्पादन गर्ने सम्भावना पनि रहेको छ । विश्वकपमा हाल प्रयोग भईरहेको बल आधुनिक तरिकाले उत्पादन गरिएको छ । यसमा प्रयोग भएका सम्पुर्ण सामाग्रीहरु गुणस्तरिय रहेको एडिडासले यसअघि नै बताईसकेको छ ।

ब्राजिल– विश्वकप २०१४

सन् २०१४ को विश्वकपाम एडिडास ब्राजुका नामक बल प्रयोग गरिएको थियो । ब्राजुका ब्राजिलको राष्ट्रिय गौरव र जीवनको रुपमा ब्राजुकालाई डिजाईन गरिएको हो । ब्राजुकाले ब्राजिलियनहरुको जीवनशैली र अमेजोन नदीको सभ्यतालाई प्रतिनिधित्व गरेको बताईन्छ । उक्त बललाई डिजाईन गर्नको लागी मात्र एडिडास कम्पनीले साँढे २ वर्ष खर्चिएको थियो । एडिडासले अहिलेसम्म उत्पादन गरेको बलमध्य सबैभन्दा बढी प्रविधिहरुको प्रयोग ब्राजुकामा गरिएको छ । उत्पादन समय र उत्पादन पश्चात सबैभन्दा धेरैपटक परिक्षण समेत गरिसकेपछि विश्वकप २०१४ मा खेलाईएको थियो ।

सेमिफाईनलसम्म एडिडास ब्राजुका खेलाईएपनि अन्तिम अर्थात फाईनल खेलमा भने एडिडास ब्राजुका फाईनल रियो नामक बल खेलाईएको थियो । उहि किसिमको प्रविधि र गुणस्तरीय सामाग्री प्रयोग गरिएको फाईनल रियो र ब्राजुकाबिच रङको मात्र फरक रहेको छ ।

दक्षिण अफ्रिका – विश्वकप २०१०

सन २०१० को विश्वकपमा एडिडासले जाबुलानी र जोवुलानी नामका दुई बललाई विश्वकपमा खेलाइने हेतुले उत्पादन गरेको थियो । अन्य बलहरुको तुलनामा जावुलानीको डिजाईन केही आकर्षक थियो । खेलमा एक टिमको तर्फबाट कुल ११ जना हुने भएकाले बलमा पनि एघार रङकै प्रयोग गरिएको थियो । यसको अलवा उक्त एघार रङले दक्षिण अफ्रिकाको एघार समुदाय र एघार प्रमुख भाषाहरुको प्रतिनिधित्व गर्छ । अफ्रिकी जुलु भाषाका अनुसार जावुलानीको अर्थ उत्सव हो ।
दक्षिण अफ्रिकामा भएको विश्वकपको सेमिफाईनलसम्म एडिडास जावुलानीको प्रयोग गरिएतापनी फाइनलमा भने एक विशेष संस्करणको रुपमा एडिडासले जोवुलानीको उत्पादन गरेको थियो । जोवुलानीले दक्षिण अप्रिmकाको जेहान्सवर्गलाई प्रतिनिधित्व गर्ने र उक्त बल वरपर लगाईएको सुनौलो रङले जेहान्सवर्गलाई सुनौलो शहरका रुपमा चिनाउने प्रतिक रहेको बताईन्छ ।

जर्मनी – विश्वकप २००६

जर्मनीमा भएको विश्वकप २००६का लागी एडिडासले एक उत्कृष्ठ प्रविधि र डिजाईनहरु प्रयोग बल उत्पादन गरेको थियो । एडिडासका अनुसार त्यसअघिका विश्वकपमा खेलाईने बलहरु भन्दा गुणस्तरिय रहेको बताएका थिए । २००६ को विश्वकपमा पविन २ वटा बलको प्रयोग गरिएको थियो जसलाई एडिडासले टिमजिस्ट र टिमजिस्ट वर्लिन नाम दिएको थियो । बलमा प्रयोग गरिएको डिजाईनले जर्मन फुटबल सफलतालाई इंगित गरेको एडिडासले बताएको थियो । २००६ देखी विश्वकपमा दुईवटा बलको प्रयोग गर्न शुरु गरिएको थियो । खेलको शुरुवात एडिडास टिमजिस्टको प्रयोग गरिएपछि एडिडासले फाईनल खेलको लागी विशेष तबरले टिमजिस्ट वर्लिन नामक बलको प्रयोग गरिएको होे ।

दक्षिण कोरिया, जापान – विश्वकप २००२

सन २००२ को विश्वकप दुई देशहरुमा भएको थियो । दुई देशहरु दक्षिण कोरिया र जापानमा एउटै बलको प्रयोग गरिएको थियो । एडिडास फेभरनोवा नाम दिईएको  छ ।

उक्त बलको वाहीरि लेयर र भित्रि भागमा उत्कृष्ट खालको रुईको प्रयोग गरिएको थियो । यद्यपी यस बललाई लिएर विश्वकप २००२ मा केही विवादहरु आएका थिए ।

फ्रान्स – विश्वकप १९९८


सन १९९८ को विश्वकपमा एडिडासले एडिडास ट्रिकलर नामक बल उत्पादन गरेको थियो जसको वाहिरी डिजाईनमा तिनवटा रङहरुको समिश्रण गरिएको थियो । निलो रङले फ्रान्सको झण्डालाई इंगित गथ्र्यो भने अन्य रङले पुरा फ्रान्सेली जनता र फ्रान्सको ऐतिहासिक फुटबल संस्कृतिलाई प्रतिनिधित्व गर्ने गरि डिजाईन गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्व खेलकुदमन्त्री भन्छन, “खेलकुद विकासको गुरुयोजनालाई तत्काल कार्यन्वयन गरेमात्र खेल क्षेत्रको वेथिति हट्छ”

Friday, 20 July 2018

काठमाडौँ । नेकपाका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रमा भएको अव्यवस्थित वातावरणलाई हटाउनको लागी तत्काल गुरुयोजनालाई ...

एसियाली खेलकूदमा नेपालको सहभागिता, के यो पटक स्वर्ण पदक जित्ला ?

Wednesday, 18 July 2018

–मुना कार्की काठमाडौँ– एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका ...

यी हुन मुगुका १७ किशोरी जसले अन्तराष्ट्रिय फुटबलमा नेपालको गौरव बढाए

Wednesday, 18 July 2018

काठमाडौँ– कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले ...

राष्ट्रिय क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा !!

Wednesday, 18 July 2018

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी गौचनले ...

रुसबाट बिदा भयौँ, कतारमा भेटौँला

Monday, 16 July 2018

–कुमार चौलागार्इं काठमाडौँ– एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले ...

विश्वकपको उपाधी फ्रान्सलाई, कुन खेलाडीलाई के उपाधी ?

Monday, 16 July 2018

दीयोपोष्ट संवाददाता काठमाडौँ । विश्वकप २०१८ को उपाधी फ्रान्सले प्राप्त गरेको छ । आईतबार राति सम्पन्न भएको विश्वकप २१ औँ ...

विश्वकप २०१८ को अन्त्य आज हुँदै: को बन्ला विजेता, फ्रान्स या क्रोएशिया !

Sunday, 15 July 2018

काठमाडौँ । एक महिना देखी जारी विश्वकपको टुंगो आज लाग्दै छ । मस्कोस्थित लुझ्निकी रंगशालामा आईतबार राति हुने खेलले विश्वको ...

सबिना र करिश्माले पाए तेक्वान्दोमा स्वर्ण

Saturday, 14 July 2018

काठमाडौं, असार ३० । नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौं दक्षिण एसियाली तथा आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्णपदक ...

रोनाल्डो १ सय १२ मिलियन पाउण्डमा ६ वर्षको लागी युभेन्टससंग अनुवन्धित, रियलमा अब को आउला ?

Wednesday, 11 July 2018

काठमाडौँ । चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड त्यागेको आधिकारिक घोषणा गरेका छन । रोनाल्डो स्पेनिस क्लव रियल म्याड्रिडबाट ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top