sangrila Bank

सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिए !

रासस

बग्दाद, २७ असार । टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएको समाचारमा जनाइएको छ ।

टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन् ।

‘ती लडाकूहरू रहेको ठाउँलाई लक्षितगरी आक्रमण भएको थियो, आक्रमणमा परी कम्तीमा १७ जना मारिएका छन् भने अरू १२ जना घाइते भएका छन्,’ एकजना इराकी अधिकारीले बताएका छन् ।

सिरियामा गएको केही समयदेखि आतङ्ककारीविरुद्धको कारबाहीलाई निकै कडा बनाइएपछि उनीहरु छिमेकी देशहरुतर्फ लाग्ने गरेका छन् ।

यही मौका छोपेर इराक, इरान र टर्कीतर्फबाट उनीहरुमाथि कारबाही गर्ने गरिएको अधिकारवादीहरुले जानकारी दिएको बताइएको छ ।

सिरियामा गएको छ वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा परी ४ लाखभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अफगानिस्तानमा सुरक्षाकर्मी हताहत हुने क्रम घटेन

Friday, 20 July 2018

अफगानिस्तान, ४ साउन । अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा अफगान युद्ध सकिएको घोषणा गर्दै ९नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन० नेटो ...

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

Friday, 20 July 2018

नयाँ दिल्ली, ४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् । उनले वर्षे ...

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय

Friday, 20 July 2018

सोल, ४ साउन । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक ...

भारतमा एक रुसी महिला लाई सामूहिक लाई गरे पछि….

Thursday, 19 July 2018

नयाँ दिल्ली, ३ साउन । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ...

पाकिस्तानमा बीस हजार मतदान केन्द्र सम्वेदनशील

Thursday, 19 July 2018

रावलपिण्डी, ३ असार । पाकिस्तानको निर्वाचन आयोगले यहाँका २० हजारभन्दा बढी मतदान केन्द्रलाई सम्वेदनशील घोषणा गरेको छ । आसन्न आमनिर्वाचनका ...

विद्रोहीको निहुँमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएन

Wednesday, 18 July 2018

बेरुत, २ साउन । सिरियाका विद्रोहीको निहुँमा सर्वसाधारणको ज्यान जाने क्रम रोकिएको छैन । विद्रोहीको बलियो पकड रहेको दक्षिण सिरियामा ...

नाइजेरियामा बाढीको प्रकोप ; ४९ जनाको मृत्यु, २० बेपत्ता !

Wednesday, 18 July 2018

कानो, नाइजेरिया, २ साउन । बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ । आपतकालीन सेवाका अधिकारीहरूले मंगलबार ...

अफगानिस्तानमा ६२ तालिबान र ९ प्रहरी मारिए

Tuesday, 17 July 2018

कान्दाहार, अफगानिस्तान, १ साउन । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध जारी रहेको हवाई कारबाहीको क्रममा ६२ भन्दा बढी आतङ्ककारी ...

मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाले सम्बोधन गर्ने

Tuesday, 17 July 2018

एजेन्सी–अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गर्ने भएका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top