sangrila Bank

नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद

रासस

नेपालगन्ज । नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद यहाँ उत्कर्षमा पुगेको छ ।

नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आफ्नो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो ।

निगमका क्षेत्रीय प्रबन्धक मुक्तिराम पाण्डेले उक्त जग्गा कसैको स्वामित्वमा नभएको तर, यसको भोगचलन निगमले ३५ वर्षदेखि गर्दै आएको बताए ।

प्राधिकरणले गत असार १९ गते राति डोजर लगाएर उक्त जग्गामा रहेका दुईवटा इन्जिनियरिङ भवन भत्काएपछि सुरक्षाको माग गर्दै निगमले बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएको छ ।

निगमले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा निगमका क्षेत्रीय प्रबन्धक पाण्डेले प्राधिकरणले अराजक शैलीमा भवन भत्काउँदा बहुमूल्य सामान नष्ट भएको बताए ।

अर्कोतर्पm नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जग्गाको लालपूर्जा प्राधिकरणको नाममा भएको दाबी गर्नुभयो । उनले भने, ‘एअरपोर्ट विस्तार गर्नु प¥यो, त्यसका लागि जग्गा खाली गर्न पटक पटक पत्राचार गर्दा पनि अटेर गरेपछि बाध्य भएर भवन भत्काएको हो ।’

‘दुई संस्थाबीचको यो विवाद कि स्थानीय निकायबाट अथवा मन्त्रालयस्तरबाट समाधान गर्नु उपयुक्त हुन्छ’–बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले स्पष्ट पारे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मिर्गौला झिकी आफ्नो बाबुलाई प्रत्यारोपण गराएका आशिष पक्राउ

Friday, 20 July 2018

भक्तपुर । झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने मुख्य अभियुक्त मानिएका २४ वर्षीय आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ...

सप्तरीमा राजपाद्वारा प्रदर्शन र चक्काजाम, औषधालयमा तोडफोड

Friday, 20 July 2018

राजविराज । मलेठ घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै आज यहाँ प्रदर्शन र चक्का जाम गरी विरोध ...

राष्ट्रियता र स्वाधीनताका पक्षमा लड्ने नेता पुष्पलाल स् नेता नेपाल

Friday, 20 July 2018

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, स्वाधीनता र हस्तक्षेपका विरुद्धमा आजीवन लड्ने नेताका रुपमा ...

स्थिरताको वातावरण बिगार्नेको प्रतिवाद गर्न प्रचण्डको आग्रह

Friday, 20 July 2018

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको ...

टानद्वारा पर्यटन उद्धार छानविन समितिको स्वागत

Friday, 20 July 2018

काठमाडौँ । उद्धार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ‘पर्यटन उद्धार छानविन समिति’ गठन गरेकोमा ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल ...

पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडमा १७ विद्यार्थी

Friday, 20 July 2018

काठमाडौँ । साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिने पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को तेस्रो चरणको बन्द शिविरका लागि ...

प्रचण्डको निजी सचिावलयले गर्यो समाचारको खण्डन

Friday, 20 July 2018

काठमाडौँ– डा। गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उनको ...

पुर्व खेलकुदमन्त्री भन्छन, “खेलकुद विकासको गुरुयोजनालाई तत्काल कार्यन्वयन गरेमात्र खेल क्षेत्रको वेथिति हट्छ”

Friday, 20 July 2018

काठमाडौँ । नेकपाका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रमा भएको अव्यवस्थित वातावरणलाई हटाउनको लागी तत्काल गुरुयोजनालाई ...

पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले गरे भ्रमण

Friday, 20 July 2018

रमेश लम्साल /सिबी अधिकारी  काठमाडौं । सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top