sangrila Bank

आँखाको नानी संकलन केन्द्र सञ्चालन !

रासस

काठमाडौँ, ३० असार । तिलगंगाा आँखा प्रतिष्ठान र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच गंगालाल हृदयरोग केन्द्रमा यही असार २९ देखि आँखादान सम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङ र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माबीच सम्झौतापत्र आदानप्रदान भएको हो ।

सम्झौतापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिहंले सरकारले गर्नुपर्ने काम तिलगंगा आँखा प्रतिष्ठान र नेपाल आँखादान समाजको पहलमा भएको बताउँदै दृष्टिविहीनलाई दृष्टि दिने पुण्य कार्यमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाए ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले विगतमा आँखादान सम्बन्धी मानिसलाई बुझाउन गाह्रो भए तापनि अहिले धेरै हदसम्म सफल भएको बताउँदै आँखाको नानी संकलन केन्द्र देशव्यापी रुपमा धेरै बढाउन सके नानीबाट दृष्टिविहीन भएर बस्नुपरेकाको लागि दृष्टि फकार्उन सकिने धारणा व्यक्त गरे ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले मुुलुकभर सबै क्षेत्रबाट तिलगंगासँग सहकार्य गरेर आँखाको नानी संकलन केन्द्र वृहत रुपमा बढाएर दृष्टिविहीनलाई दृष्टि प्रदान गर्नका लागि अपिल गरे ।

नेपाल आँखादान समाजका अध्यक्ष जगन्नाथ महर्जनले देशका विभिन्न जिल्लामा अवस्थित सरकारी अस्पतालमा पनि आँखाको नानी संकलन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताए ।

‘आँखा दान महादान’ भन्ने युत्तिसँगै दृष्टिविहीनलाई आँखाको नानी प्रत्यारोपण गरेर नयाँ जीवन प्रदान गर्दैआएको नेपाल आँखा कार्यक्रम अन्तर्गत नेपाल आँखा बैंकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताबाट नानी संकलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गर्दछ ।

आँखा बैकले शुरुवातको अवस्थामा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाउँमा गएर आँखा दान सम्बन्धी मानिसमा जनचेतना जगाइ यस सम्बन्धी बुझाइन्थ्यो भने अहिले यीसँगै आर्यघाट विद्युतीय शव दाह गृहलगायत काठमाडौँमा रहेका तीन वटा ठूला अस्पताल वीर अस्पताल, त्रिविशिक्षण अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ, जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ ।

नेपालमा दृष्टिविहीन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपणबाट पुनः दृष्टि दिलाउनु नै हो ।

बैँकमा अहिले ७० हजार भन्दा बढी दाताले मृत्यु पर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन्, भने झण्डै १२ हजार ५०० जना भन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनः दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आँखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ ।

विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिविहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैँकको स्थापना भएपछि नेपालमा यो सेवा सहज भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन ...

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

‘अन्तरजातिय विवाह गर्दा मेरो श्रीमानको हत्या भयो’

Friday, 21 September 2018

दिप्ति बथिनी ‘प्रणयले एउटी आमाले जसरी मेरो ख्याल राख्थे । उनले मलाई नुहाइदिन्थे, ख्वाइदिन्थे र मेरो लागि खाना बनाउँथे । ...

संविधान बनेको तीन वर्षपछि संघीयतामा जाँदै कांग्रेस, प्रवक्ता भन्छन्,‘यसैकारण चुनाव हारियो’

Friday, 21 September 2018

-टि.पी शर्मा काठमाडौं, ५ असोज । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस आफैं भने लोकतन्त्रको अभ्यासमा फितलो ...

भत्किएका सम्पदाको निर्माण पुरातत्वको मापदण्ड अनुसार नै गर्नुपर्ने पर्यटनमन्त्रीको जिकिर

Friday, 21 September 2018

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ...

को हुन् ‘मानसिक रोगी’माथि लाठी र बुट बजार्ने प्रहरी हवल्दार ? भन्छन्,‘मैले एक झापड खाएँ’

Friday, 21 September 2018

प्रयास पराजुली काठमाडौं, ५ असोज । गत बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । राजधानीको गंगबु स्थित शिव मन्दिर ...

फोहोरको डंगुर छाडेर काठमाडौंका मेयर विद्या सुन्दर शाक्य श्रीमतीसहित अमेरिकामा मस्ति गर्दै !

Friday, 21 September 2018

काठमाडाैं, ५ असाेज ।  सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका ...

हरेक बिहान कसरी दौडने ? पढ्नुहोस् शरीर तन्दुरुस्त पार्ने एक दर्जन टिप्स

Thursday, 20 September 2018

बिहान-बिहान दौडनु अन्य व्यायम गरे बराबर हुन्छ । कतिपय अवस्थामा त दौडनु वा छिटो छिटो हिड्नु नै सर्बोत्तम हुन्छ । ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top