sangrila Bank

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा हुन्छः मन्त्री खनाल

रासस

–युवराज पाण्डे

बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताएका छन् ।

आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण समारोहमा उनले भने, ‘कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको छ ।’

मन्त्री खनालले जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउने बताउँदै ‘यस सम्बन्धमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको छु, एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं भने ।’

गत साउन २६ मा तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितको मन्त्रिस्तरीय निर्णयबाट वर्षमा एक पटक वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था कायम छ ।

मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा रोकिएको छैन्, बरु यसले अनेक विकृति बढाएको छ, त्यसैले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताए । स्थानीय तहले भूउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले रुपन्देहीमा खेतीयोग्य जमीनको संरक्षण गरिनुपर्ने बताए ।

प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको उल्लेख गर्दै समस्या समाधानका लागि संघीय सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरु नीति बाहिर जान नसक्ने बताए ।

तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको छ भने ।

तिलोत्तमाका ११२ जनाले पाए जग्गाधनी प्रमाणपूर्जा

रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं १५ र १७ का ११२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेका छन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल, प्रदेशसभा सदस्य दधिराम न्यौपाने, नगर प्रमुख वासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले उनीहरुलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गरे ।

नापी कार्यालय रुपन्देहीले साविक मधवलिया १ ९क० को किता नं ८९ र ९८ तथा गंगोलिया ३ ९ख० को कित्ता नं १३२ को गाउँब्लक जग्गाको जग्गाधनीलाई प्रमाण पूर्जा वितरण गरेको हो । यसअघि नापजाँच हुने क्रममा छुटेका स्थानीय बासिन्दाले झण्डै ५० वर्षपछि आफूले प्रयोग गरेको जग्गाको प्रमाण पूर्जा प्राप्त गरेका हुन् ।

नापी कार्यालयका अनुसार शनिबार झण्डै पाँच बिगाहा क्षेत्रफल जग्गाको प्रमाण पूर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले क्रमशः तिलोत्तमा नगरपालिकामा रहेका अन्य गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा पनि वितरण गरिने जानकारी दिए ।

जनप्रतिनिधिको तत्परताका कारण पछिल्लो पटक तिलोत्तमाबाट गाउँब्लकको जग्गाधनी प्रमाण पूर्जा वितरण शुरु गरिएको उनले बताए । तिलोत्तमाका अन्य वडामा समेत गाउँब्लक जग्गा रहेको छ ।

उपयोग गरेको वर्षौंपछि जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा स्थानीय बासिन्दा अत्यन्त खुशी भएका छन् । तिलोत्तमा–१७ भरौलियाकी ७० वर्षीय मालतीदेवी थरुनीले जीवनको उत्तराद्र्धमा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा आफू निकै खुशी भएको बताइन् ।

यस्तै तिलोत्तमा– १५ की ६० वर्षीय कोइली चौधरीले लामो समयको प्रतिक्षापछि बल्ल प्रमाण पूर्जा पाएको बताउँदै अब बल्ल जग्गाको वास्तविक धनी भएको बताइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मिर्गौलापीडित बालिकालाई आर्थिक सहयोग

Saturday, 22 September 2018

खोटाङ, ६ असोज ,खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मिर्गौलापीडित ९ वर्षीया सुस्मिता विश्वकर्मालाई रु २२ हजार ५०० आर्थिक सहयोग ...

किसानको आकर्षण खुमल–४ धानप्रति, यसमा छन् यस्ता विशेषता

Saturday, 22 September 2018

ललितपुर, ६ असोज । नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण ...

श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

Saturday, 22 September 2018

बागलुङ, असोज ६ । सामान्य विवादकाक्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ ...

दसैं टीकाको उत्तमसाइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्ष असोज ...

१०० वर्षमा राष्ट्रकविः ‘यो जीवनीको रस प्यून जानौं !’

Saturday, 22 September 2018

प्रकाश सिलवाल  काठमाडौं, असोज ६ । ‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन ...

निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै नेपाल महिला संघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी ...

सरकारले लोकतान्त्रिक चरित्र छाड्न हुँदैन : कांग्रेस प्रवक्ता शर्मा

Saturday, 22 September 2018

नेपालगञ्ज, असोज ६ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने ...

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ :मन्त्री पण्डित

Saturday, 22 September 2018

भक्तपुर,६ असोज- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने ...

रेलमार्ग निर्माणका लागि घरघुरी सर्भेक्षणको काम अन्तिम चरणमा

Saturday, 22 September 2018

कञ्चनपुर, ६ असोज , मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top