sangrila Bank

गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्यान्डका सबै बालक आउँदो बिहीबार घर फर्कने

रासस

बैंकक, असार ३० । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्यान्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउँदो बिहीबार घर फर्कने भएका छन् ।

स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट बिदाइ गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् ।

गुफामा फसेका १२ जना बालक र उनीहरुका एकजना फुटबल प्रशिक्षकलाई चार दिनअगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए ।

उद्धार गरिएका सबैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ ।

‘आउदो बिहीबार उनीहरु सबैलाई अस्पतालबाट बिदा गरेर घर फर्काइने छ’–अस्पतालका एक अधिकारीले भने ।

उद्धार गरिएका बालक र उनीहरुका अभिभावकलाई आफन्त र साथीहरुसँग समय बिताउन तर सन्चारमाध्यमलाई अन्तर्वार्ता नदिन सुझाव दिइएको छ ।

थाइल्यान्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झन्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए ।

घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपनि उनीहरुको अवस्था नवौं दिनमामात्रै पत्ता लागेको थिए ।

उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तरर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत् विज्ञलाई परिचालन गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

काश्मिरका दुई दर्जन प्रहरी अधिकारीद्धारा राजीनामा, गृह मन्त्रालय भन्छ- ‘प्रोपागाण्डा’

Saturday, 22 September 2018

नयाँ दिल्ली, ६ असोज । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा ...

मेक्सिकोमा यसै वर्ष नौ पत्रकारको हत्या

Saturday, 22 September 2018

मेक्सिको, ६ असोज- बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात ...

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने विषयमा छलफल नभएको उपमहान्याधिवक्ताको जिकिर

Saturday, 22 September 2018

बीबीसी । संयुक्त राज्य अमेरिकाका उपमहान्यायाधीवक्ता रड रोजनस्टाइनले  राष्ट्रपति डोनल्ड ट्रम्पलाई हटाउन कुनैपनि छलफल नभएको बताएका छन । आफूले संविधानको ...

विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु हुने गरेको खुलासा !

Saturday, 22 September 2018

जेनेभा, असोज ६ । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको ...

काश्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

Friday, 21 September 2018

भारत, ५ असोज । भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय निर्वाचनको पूर्व ...

अमेरिकामा अन्धाधुन्ध गोलीकान्ड, चारजनाको मृत्यु

Friday, 21 September 2018

एबरडीन, असोज ५ । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भन्डारगृहमा कार्यरत् एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको घटनास्थलमै ...

भारतमा मरेका ११ सिंहमाथि अनुसन्धान सुरु, शरिर पोष्टमार्टमाका लागि पठाईयो !

Friday, 21 September 2018

भारत । भारतको गुजरातस्थित गिर राष्ट्रिय निकुञ्जमा केहि दिनमा कम्तीमा ११ वटा सिंहहरू मृत फेला परेपछि अनुसन्धान थालिएको छ। मृत्युको ...

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

Thursday, 20 September 2018

  जोहानेस माइबर्ग साओ पाउलो, ४ असोज । ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने ...

नवाज सरिफमाथि लगाईएको भ्रष्टाचारको मुद्धा खारेज, तत्काल रिहा गर्न अदालतको आदेश !

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएका पाकिस्तानि पुर्व प्रधानमन्त्रीलाई तत्काल रिहा गर्न उच्च अदालतले आदेश गरेका छ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top