sangrila Bank

हेटौँडामा थप दुईवटा डाइलाइसिस मेशिन

रासस

हेटौँडा , आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर पुलचोक ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गौला रोगीको उपचारको लागि सहज तुल्याउन थप दुईवटा डाइलाइसिस मेशिन उपलब्ध गराउने भएको छ ।

हाल हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित चुरेहिल अस्पतालको कार्यकक्षमा आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा विसं २०७४ साल पुस १६ गतेदेखि नियमित मिर्गौला रोगीका लागि डाइलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ ।

अहिले सर्लाही, रौतहट र मकवानपुर जिल्लाका गरी करीब ३० जना मिर्गौला रोगीलाई उपचारको क्रममा क्रमशः प्रत्येक दिनको तीनपटक डाइलाइसिस सेवा सरकारी सुविधामा निःशुल्क उपलब्ध गराउँदै आएको आरोग्य स्वास्थ्य प्रतिष्ठान हेटौँडाका इञ्चार्ज स्टाफ नर्स रिना सिलवालले जानकारी दिनुभएको छ ।

अहिले सर्लाही, सिन्धुली, रौतहट र मकवानपुरका गरी करीब २३ जना थप मिर्गौला रोगी डाइलाइसिस सेवाका लागि प्रतिक्षा सूचीमा रहेका र ती बिरामीलाई आगामी भदौको २० गतेदेखि नियमित डाइलाइसिस सेवा उपलब्ध गराउन आवश्यक प्राविधिक तयारी भइरहेको र ती बिरामीलाई थप उपचारका लागि वरिष्ठ मिर्गौला रोग विशेषज्ञ चिकित्सकको पनि सेवा उपलब्ध गराउनेतर्फ पहल गरिएको चुरेहिल अस्पतालका वरिष्ठ प्रशासन प्रमुख रविरमण अधिकारीले बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–१४ बस्ने मिर्गौला रोगी गुरुङबहादुर आलेमगर र वडा नं ८ राजपानी बस्ने मिर्गौला रोगी मीना परियारले हेटौँडास्थित चुरेहिल अस्पतालमा नियमित डाइलाइसिस उपचार गरिरहेको भएपनि तत्काल डाइलाइसिस कार्यकक्षमा बिरामीलाई आकस्मिक रुपमा आइपर्ने समस्यालाई तत्काल उपचार विधिमा लैजान वरिष्ठ मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा अहिले निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरबाट एकजना विशेषज्ञ चिकित्सक उपलब्ध गराइदिन सम्बन्धित निकायलाई अनुरोध गर्न माग गरेका छन् ।

आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले हेटौँडामा सञ्चालित डाइलाइसिस सेवालाई अझ प्रभावकारीरुपमा सेवासुविधा उपलब्ध गराउन दुईजना स्टाफ नर्स उपलब्ध गराउने र ती प्राविधिक जनशक्तिलाई अहिले डाइलाइसिससम्बन्धी तालीम उपलब्ध गराइएको र आगामी भदौको दोस्रो साताबाट ती स्टाफ नर्स हेटौँडामा कार्यरत रहनुहुने आरोग्य स्वास्थ्य प्रतिष्ठान, हेटौँडाका इञ्चार्ज रीना सिलवालले बताए ।

यसअघि आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले हेटौँडामा तीनवटा डाइलाइसिस मेसिन उपलब्ध गराएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

दीर्घरोगीलाई उपचार खर्च दिने गाउँपालिकाको निर्णय

Monday, 13 August 2018

तेह्रथुम–तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि ...

चितवनमा घट्यो स्क्रबटाइफस र डेंगुको संक्रमण

Thursday, 26 July 2018

चितवन– जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको ...

क्यान्सर अस्पतालमा ब्राकी थेरापी

Wednesday, 25 July 2018

चितवन -बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत ...

थालासिया रोगबाट थलिएका बालकलाई बचाउन सहयोगको याचना

Wednesday, 18 July 2018

काठमाडौँ– विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । ...

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छ….

Monday, 16 July 2018

काठमाडौं, ३२ असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति ...

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए !

Friday, 13 July 2018

बुटवल– लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ । उपचारका ...

यस्तो छ विदेशिने विद्यार्थीको तथ्याङ्क: चिकित्सा शिक्षा

Friday, 13 July 2018

कल्पना पौडेलरकाठमाडौँ, २९ असार । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका ...

असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने

Thursday, 12 July 2018

विराटनगर– यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समिति ...

छ महिनामा ६९ जनामा एचआइभी !

Thursday, 12 July 2018

चितवन , जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ । भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top