sangrila Bank

शताब्दी पुरुष जोशीलाई सम्मान

रासस

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मान गरेका छन् ।

सो पुरस्कारको राशि रु ५० हजार तथा सम्मानपत्र रहेको छ । कला, संस्कृति तथा इतिहासमा श्रीवृद्धि गर्न देशका लागि अतुलनीय सेवा गरेको भन्दै जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले जोशीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

विसं १९७७ मा बखुँबहाल ललितपुरमा जन्मनुभएका शताब्दी पुरुष जोशीले नेपाल भाषामा प्रकाशित शारदा नामक पत्रिकाबाट साहित्यिक यात्रा शुरु गरेका हुन् ।

वि।सं २०२८ मा जुम्लाको सिञ्जा खोलामा ६ महिना नेपाली भाषाको व्युत्पत्तिको अनुसन्धानात्मक खोज गरी प्रतिवेदन तयार गरेपछि जोशी चर्चाको शिखरमा पुगेका थिए । शताब्दी पुरुष जोशीको जयप्रकाश र श्वेतचैतत्यकृत महाकाव्यसहित थुप्रै नेपाल भाषा तथा नेपाली भाषामा पुस्तक प्रकाशित छन् ।

उपराष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले लोकसाहित्य, लोकसंस्कृतिलगायत विभिन्न विधामा विशिष्ट योगदान दिने शताब्दी पुरुष सत्यमोहन जोशीको जोस, जाँगर तथा देशका लागि गर्दै आएको सक्रियता वर्णनयोग्य रहेको उल्लेख गरे ।

उनले वाङ्मय शताब्दी पुरुषलाई सम्मान गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भएको बताउँदै जोशीको सुस्वास्थ्य तथा सुखको कामना गरे । उपराष्ट्रपतिले जनकविकेशरी धर्मराज थापाको नेपाली संस्कृतिको वर्णन गरिएका सुमधुर गीतहरु आफनो मानसपटलमा सधैँ ताजा रहेको बताउँदै भाषा, संस्कार तथा संस्कृतिबाट मानिस अलग हुन नसक्ने बताए ।

सम्मानित व्यक्तित्व वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले हिमाल नै हिमालले ढाकिएको नेपालमा हिमवत् संस्कृतिको प्रभाव रहेको बताउँदै नेपालको लोकसंस्कृतिको विकास गर्न सकेमा मात्र अग्रगामी फड्को मार्न सकिने बताए ।

समालोचक राजेन्द्र सुवेदीले शताब्दी पुरुष सत्यमोहन जोशीको कला, संस्कृतिका साथै लोकसाहित्यको विधामा महत्वपूर्ण योगदान गरेकाले प्रतिष्ठानले सम्मान गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली संस्कृतिको क्षेत्रका चम्किला नक्षत्र भएको दाबी गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पहलमान सिंह स्वाँर साहित्य पुरस्कारबाट स्रष्टाहरु पुरस्कृत

Saturday, 28 July 2018

काठमाडौँ । पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान ...

पोखरामा एकताको सन्देश दिँदै ‘अटलबहादुरको आतंक’

Thursday, 26 July 2018

–वासुदेव पौडेल  पोखरा– एउटा मिलेर बसेको समाज जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं ...

“केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो”

Saturday, 21 July 2018

मीना घोरसाइने काठमाडौँ “केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो” प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा ...

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

Saturday, 24 June 2017

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल ...

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान

Sunday, 2 April 2017

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने ...

जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता

Thursday, 9 March 2017

पर्वत, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै ...

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

Thursday, 15 December 2016

प्रकाश पाठक विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, ...

कविता : सलाम छ ! तरकारीवाली

Sunday, 6 November 2016

विमन किराती   सलाम छ ! तरकारीवाली।। ब्लोअप विकिनीमा झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई एकाएक गाऊँ पुर्‍यायौ ।।। सुम्पिएर जीन्दगीको ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top