sangrila Bank

थालासिया रोगबाट थलिएका बालकलाई बचाउन सहयोगको याचना

रासस

काठमाडौँ– विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् ।

अर्घाखाँची पाणिनी–१ निवासी २८ महिने ९बालक० छोरा रनिकलाई विगत २४ महिनादेखि थालासिमिया भएपछि उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उनका बाबु रामबहादुर र आमा राधाले सहयोगका लागि सबैसंग आग्रह गरेका हुन् ।

रनिकका बाबु रामबहादुर परियारले भने–‘उपचार गर्दा धेरै पैसा खर्च भइसक्यो, अहिलेसम्म त ऋण खोजेर पनि गरियो, अब त उपाय नै छैन, म मेरो छोरालाई बचाउन चाहान्छु यहाँहरूले सहयोग गर्नुहोस् ।’ रनिकको बोनम्यारो प्रत्यारोपण गर्न रु १७ लाख खर्च लाग्ने भएको छ ।

बालकलाई शुरुमा काठमाडौँको त्रिवि अस्पताल र सिभिल अस्पतालमा लगिएको थियो । सिभिलका डा विशेष पौडेलले रनिकलाई भारतमा लगेर उपचार गराउन सुझाब दिनुभएपछि सफदरजंग अस्पताल दिल्लीमा परीक्षण गरेपछि रनिकलाई थालासिमिया भएको पत्ता लागेपनि पत्यारोपणका लागि पैसा नभएका कारण उपचार नै नगरी नेपाल ल्याइएको थियो । उनका लागि अहिलेसम्म विभिन्न दाताबाट रु दुई लाखमात्र जम्मा भएको छ ।

उनको उपचारमा अहिलेसम्म करिब ७,००,००० ९सात लाख रुपैयाँ० खर्च भइसकेको छ । बिरामी रनिकलाई दश दिनभित्र रगत दिइरहनुपर्छ । एक पटक रगत दिँदा कम्तीमा रू२ हजार ५०० खर्च हुन्छ । रामबहादुरले आफ्नो नाममा खोलिएको राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको खाता नं ११५००४१८५५१० र बैँक अफ काठमाडौँको खाता नं ०३४४०००००५००५२४ मा सक्दो सहयोग गर्न अनुरोध गर्दै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

दीर्घरोगीलाई उपचार खर्च दिने गाउँपालिकाको निर्णय

Monday, 13 August 2018

तेह्रथुम–तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि ...

चितवनमा घट्यो स्क्रबटाइफस र डेंगुको संक्रमण

Thursday, 26 July 2018

चितवन– जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको ...

क्यान्सर अस्पतालमा ब्राकी थेरापी

Wednesday, 25 July 2018

चितवन -बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत ...

हेटौँडामा थप दुईवटा डाइलाइसिस मेशिन

Tuesday, 17 July 2018

हेटौँडा , आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर पुलचोक ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गौला रोगीको उपचारको लागि सहज तुल्याउन ...

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छ….

Monday, 16 July 2018

काठमाडौं, ३२ असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति ...

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए !

Friday, 13 July 2018

बुटवल– लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ । उपचारका ...

यस्तो छ विदेशिने विद्यार्थीको तथ्याङ्क: चिकित्सा शिक्षा

Friday, 13 July 2018

कल्पना पौडेलरकाठमाडौँ, २९ असार । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका ...

असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने

Thursday, 12 July 2018

विराटनगर– यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समिति ...

छ महिनामा ६९ जनामा एचआइभी !

Thursday, 12 July 2018

चितवन , जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ । भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top