sangrila Bank

क्यान्सर अस्पतालमा ब्राकी थेरापी

रासस

चितवन -बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ ।

विगत छ वर्षदेखि सो उपकरणको अभावमा क्यान्सरका बिरामी काठमाडौँ र विदेश जान बाध्य भएका थिए । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यसै साता ल्याइएको उपकरण आज जडान गरी सकिने छ ।

बिहीबारबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन शुरु गरिने उनले बताए ।
झण्डै रु दुई करोड ५० लाखको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको आचार्यले बताउनुभयो । बिरामीको चाप उच्च रहेकाले एउटा उपकरणले नधान्ने भए पनि केहीलाई सेवा दिन सकिने बताए ।

बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेकाइ गर्न सो उपकरण प्रयोग हुने आचार्यले बताए ।
अस्पताल स्थापना हुँदा विसं २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण बिग्रिएपछि अर्को उपकरण खरीद गरिएको थिएन । अस्पतालमा वार्षिक एक लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् । जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुने गर्दछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

दीर्घरोगीलाई उपचार खर्च दिने गाउँपालिकाको निर्णय

Monday, 13 August 2018

तेह्रथुम–तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि ...

चितवनमा घट्यो स्क्रबटाइफस र डेंगुको संक्रमण

Thursday, 26 July 2018

चितवन– जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको ...

थालासिया रोगबाट थलिएका बालकलाई बचाउन सहयोगको याचना

Wednesday, 18 July 2018

काठमाडौँ– विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । ...

हेटौँडामा थप दुईवटा डाइलाइसिस मेशिन

Tuesday, 17 July 2018

हेटौँडा , आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर पुलचोक ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गौला रोगीको उपचारको लागि सहज तुल्याउन ...

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छ….

Monday, 16 July 2018

काठमाडौं, ३२ असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति ...

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए !

Friday, 13 July 2018

बुटवल– लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ । उपचारका ...

यस्तो छ विदेशिने विद्यार्थीको तथ्याङ्क: चिकित्सा शिक्षा

Friday, 13 July 2018

कल्पना पौडेलरकाठमाडौँ, २९ असार । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका ...

असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने

Thursday, 12 July 2018

विराटनगर– यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समिति ...

छ महिनामा ६९ जनामा एचआइभी !

Thursday, 12 July 2018

चितवन , जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ । भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top