sangrila Bank

चितवनमा घट्यो स्क्रबटाइफस र डेंगुको संक्रमण

रासस

चितवन– जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको हो । गत आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा ४१० जनामा स्क्रबटाइफसको संक्रमण भएको थियो । आव २०७३/०७४ मा ५०९ जनामा स्क्रबटाइफस संक्रमण भेटियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आव २०७४/०७५ मा दुई हजार २३७ जनाको रगत परीक्षण गर्दा ४१० जनामा स्क्रबटाइफस पोजेटिभ देखियो । आव २०७३/०७४ मा एक हजार ६२६ जनाको नमूना परीक्षण गर्दा ५०९ जनामा स्क्रबटाइफस भेटिएको थियो ।

मुसामा हुने एक प्रकारको परजीविको टोकाइबाट यो रोग लाग्ने गर्दछ । घाँस तथा झाँडीमा जाँदा ‘माइट’ नामक उक्त परजीविले मानिसलाई टोकेमा स्क्रबटाइफस रोगको संक्रमण हुने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।

उनका अनुसार गत आवमा एक हजार ४८३ जनाको नमूना परीक्षण गर्दा ५९ जनामा डेंगु पोजेटिभ देखिएको थियो । आव २०७३/०७४ मा दुई हजार ५६२ जनाको नमूना परीक्षण गर्दा ६८७ जनामा डेंगुको संक्रमण भेटिएको उनले बताए ।

एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नुनै यो रोगबाट बच्ने उत्तम उपाय भएको केसीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

दीर्घरोगीलाई उपचार खर्च दिने गाउँपालिकाको निर्णय

Monday, 13 August 2018

तेह्रथुम–तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि ...

क्यान्सर अस्पतालमा ब्राकी थेरापी

Wednesday, 25 July 2018

चितवन -बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतलामा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । विगत ...

थालासिया रोगबाट थलिएका बालकलाई बचाउन सहयोगको याचना

Wednesday, 18 July 2018

काठमाडौँ– विगत लामो समयदेखि ‘थाला सिमिया’ (बोनम्यारो ट्रान्सप्लान्ट) बाट पीडित रनिक परियारको परिवारले आर्थिक सहयोगका लागि याचना गरेका छन् । ...

हेटौँडामा थप दुईवटा डाइलाइसिस मेशिन

Tuesday, 17 July 2018

हेटौँडा , आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर पुलचोक ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गौला रोगीको उपचारको लागि सहज तुल्याउन ...

चिकित्सा क्षेत्रमा फरक अभ्यास भइरहेको छ….

Monday, 16 July 2018

काठमाडौं, ३२ असार । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति ...

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए !

Friday, 13 July 2018

बुटवल– लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ । उपचारका ...

यस्तो छ विदेशिने विद्यार्थीको तथ्याङ्क: चिकित्सा शिक्षा

Friday, 13 July 2018

कल्पना पौडेलरकाठमाडौँ, २९ असार । चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका ...

असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने

Thursday, 12 July 2018

विराटनगर– यही असार ३२ गते मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला खोप समन्वय समिति ...

छ महिनामा ६९ जनामा एचआइभी !

Thursday, 12 July 2018

चितवन , जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ । भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top