sangrila Bank

उपराष्ट्रपति कपः आर्मी विजयी

रासस

काठमाडौँ– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ ।  प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले रौतहटलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । आर्मीले यसअघि नेपाल पुलिस क्लब र काठमाडौँलाई पराजित गरेको थियो ।

आर्मीको लागि शर्मिला थापाले दुई र दीपा राईले एक गोल गरेका थिए । थापाले खेलको नवौँ मिनेटमा तथा राईले १२औँ मिनेटमा गोल गरेका थिए । रौतहटका लागि एकमात्र गोल रश्मीकुमारी घिसिङले खेलको ६८औँ मिनेटमा गरेकी थिइन् ।

तेक्वान्दोः नेपाललाई पाँच स्वर्ण 

अस्ट्रेलियामा भएको गोल्ड कोस्ट खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पाँच स्वर्ण जितेको छ ।

अष्ट्रेलियास्थित क्यारेरा इन्डोर रंगशालामा आज भएको खेलमा नेपालका सितु सिंह मास्के, अभिनव शाक्य, विधान श्रेष्ठ, दीपेश खत्री र रेजिना कार्कीले स्वर्ण पदक जितेका हुन् ।

सितुले फाइटतर्पm कलर बेल्ट ४६ किलोमुनिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले अस्ट्रेलियाकी एमि लिलाई १२–३ अंकले पराजित गरेकी प्रशिक्षक कुमार लामा घिसिङले जानकारी दिए ।

यस्तै, अभिनवले कलर बेल्टकै ४७ किलोमुनिको तौल समूहमा फाइनलमा अस्ट्रेलियाका ट्रोए विलियम्सलाई ९–४ अंकले हराउँदै स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी फाइटतर्फ पुरुष ४५ किलोमुनिको तौल समूहमा विधान श्रेष्ठले ५१ किलो तौल समूहमा दीपेश खत्रीले स्वर्ण पदक जितेका छन् । बाह्रौँ सागमा रजत पदक विजेता रेजिना कार्कीले स्वर्ण तथा ६३ किलो तौल समूहमा सरमुला मियाँले रजत पदक जितेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एसियन गेम्सः नेपाल जापानसँग खेल्दै

Tuesday, 14 August 2018

काठमाडौँ– इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको ...

भेट्रान कप फुटबल प्रतियोगिता आजदेखि शुरु

Monday, 13 August 2018

काठमाडौं, २८ साउन । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । ...

खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार

Thursday, 9 August 2018

-कुमार चौलागाई(रासस): काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो ...

नेपालको उपाधि जित्ने लक्ष्य, साउन २६ गते पाकिस्तानसँग भिड्दै

Wednesday, 8 August 2018

- मुना कार्की  भुटान । पन्ध्र वर्षमुनि उमेर समूह (यू १५) को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य ...

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

Tuesday, 7 August 2018

काठमाडौँ– एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो ...

नेपाल टस जितेर ब्याटिङ गर्दै

Friday, 3 August 2018

काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सस्थित भीआरए ...

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

Wednesday, 1 August 2018

काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित ...

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

Thursday, 26 July 2018

मिन्स्क (बेलारुस), साउन ९ । बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ...

नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छः सभामुख महरा

Wednesday, 25 July 2018

तुलसीपुर–सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top