sangrila Bank

विमानस्थलबाट हराएकी चिनियाँ बालिका फेला परिन्

रासस

वासिङ्टन, १९ साउन । अमेरिकाको वासिङ्टन नजिकको एक विमानस्थलबाट हराएकी एकजना चिनियाँ बालिका न्युयोर्कमा आफ्नो आमाबुबासँग भेटिएकी छिन् ।

वासिङ्टन मेट्रोपोलिटन नगरको एयरपोर्ट प्रहरीले विज्ञप्ति प्रकाशन गरेर सो जानकारी गराएको हो ।

जिनजिङ मा नाम गरेकी १२ वर्षीय ती बालिका वासिङ्टननजिकको सो विमानस्थलबाट गएको बिहीबार हराएकी थिइन् । चिनियाँ पर्यटकको समूहमा रहेकी उनी विमानस्थलबाटै हराएकी थिइन् ।
उनलाई आमाबुवासँगै साथमा भेटिएको सो प्रहरी विमानास्थल प्रहरीले जनाएको छ ।

तर समूहबाट हराएको भनिएकी उनी विमानस्थलबाटै के कसरी हराइन् र कसरी आमाबुवासँग पुगिन् भन्ने बारेमा अनुसन्धान गर्न एक प्रहरी अधिकृतको अध्यक्षतामा समिति गठन गरिएको जनाएको छ ।
समूहमा गएकी उनी विमानस्थलको आगमन कक्षबाट बाहिरिएको ‘रेकर्ड’ नभएकोले उनी हराएको भनी प्रहरीले व्यापक रुपमा खोजी गरिरहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बस्न योग्य शहरको सूचीमा अष्ट्रेलियालाई पछि पार्दै भियना पहिलो, अयोग्यमा दमास्कस

Tuesday, 14 August 2018

लण्डन, २९ साउन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा ...

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

Sunday, 12 August 2018

अमेरिका, साउन २७ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी ...

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

Sunday, 12 August 2018

साङ्घाई, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’दबाब दिनु ...

ट्रम्पका स्लोभेनियाली सासू–ससुराले अमेरिकी नागरिकता पाए

Friday, 10 August 2018

न्यूयोर्क, साउन २५ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिकरुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति ...

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

Friday, 10 August 2018

सियोल, साउन २५ । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक ...

एक हप्तामा २० हजार अफगान शरणार्थी स्वदेश फर्किए : राष्ट्रसंघीय एजेन्सी

Tuesday, 7 August 2018

काबुल, २२ साउन । अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान ...

इन्डोनेसिया भूकम्पमा मर्नेको संख्या १०० पुग्यो

Tuesday, 7 August 2018

मताराम (इन्डोनेसिया), साउन २२ । इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । इन्डोनेसियाको ...

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका

Tuesday, 7 August 2018

सिओल, २२ साउन । दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ ...

निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा

Tuesday, 7 August 2018

रारे, २२ साउन । जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top