sangrila Bank

काउलेका भूकम्पपीडित भन्छन्– मरिगए पनि अब फर्कँदैनौं

रासस

नारायण ढुङ्गाना 

रत्ननगर, साउन २० । भित्तो लिपेको माटो उप्केको छ, बारेको बाँसका भाटा कुहिएका छन् । सामान्य बाछिटा आउँदा पानी अगेनासम्म पुग्छ । जेनतेन ऋणपान गरी किनेर ल्याइएको त्रिपालले रिङ्गै बारिए पनि पानी रोक्न मुश्किल हुन्छ । त्यही पनि कुहिन थालेको छ । छानाबाट पानी चुहिन्छ । पानी पर्दा हिलाम्मे हुन्छ ।

यो चितवनको शक्तिखोरस्थित जुटपानी चौरको अस्थायी आश्रयस्थलमा बसेका भूकम्पपीडितको समस्या हो । भूकम्पपछि विकट साविक काउले गाविस–८ को गोछिवाङ असुरक्षित भयो भनी उनीहरुलाई यहाँ सारिएको थियो । स्थायी बसोवासको पर्खाइमा बसेको महीनौं बितिसक्यो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुरानै गाउँ सुरक्षित छ भनेर उनीहरुलाई फर्कन भनेपछि भूकम्प प्रभावितहरू छक्क परेका छन् ।

‘सरकारले कतै स्थायी बासस्थान बनाइदेला भन्या त, पुरानै ठाउँमा पो जा भन्छ, त्यही ठाउँ पहिले असुरक्षित भनेर हामीलाई यहाँ किन ल्यायो, फेरि त्यही ठाउँ सुरक्षित भनेर किन जा भन्छ ?’ भूकम्पपीडित बलबहादुर विक प्रश्न गर्छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी मानबहादुर विकको पहलमा स्थानीय प्रशासनले सबैभन्दा पहिले गोछिवाङ गाउँका २४ घरधुरीलाई शक्तिखोरस्थित जुटपानी (हाल कालिका नपा ८)मा सारेको थियो ।

उक्त गाउँका सबै घर भूकम्पले क्षति पुर्‍याएको थियो । घरले थिचेर वृद्धा सुवर्णमाया विकको ज्यान नै गएको थियो । पहाड चिरिएको र गाउँ पछाडिको पञ्चचुलीबाट पहिरो खस्न थालेकाले बस्ती जोखिममा रहेको भन्दै तत्कालीन समयमा विपद् व्यवस्थापन समितिले बस्ती सारेको थियो ।

‘भूकम्पले गाउँका बारीका पाटामा धाँजा फाटेको र पहाडै चिरिएको थियो,’ भूकम्पपीडित प्रेमबहादुर विक भन्छन्, ‘सरकारले आफैँले छानविन गरेको काम फेरि अहिले आफैंँ फेल खाने गरी कसरी निर्णय भयो ?’ विक आश्चर्य प्रकट गर्छन् ।

कुनै पनि हालतमा पुरानो ठाउँमा नफर्कने ती २४ घर भूकम्पपीडितको अडान छ । कुनै ठाउँमा पक्की घर बनाएर सरकारले नै व्यवस्थापन गर्नुपर्ने माग राखेर उनीहरुले पटक पटक प्राधिकरणको भरतपुरस्थित कार्यालयमा गुनासो राख्न पुगे पनि समस्या समाधान भएको छैन ।

यसअघिको पुनःनिर्माण प्राधिकरण आयोजना व्यवस्थापन कार्यालय चितवनका प्रमुख राजेन्द्र कार्की इञ्जिनियरहरुले गोछिवाङलाई सुरक्षित बस्ती भनेर सिफारिश गरेको बताउँछन् । पुनःपरीक्षण गर्ने भनेर प्रस्ताव गर्दा उनीहरुले बस्तीमा फर्कने निर्णय चाहिँ आफूहरुले नमान्ने बताएको अनुभव कार्की सुनाउँछन् ।

यसअघि सरकारले घर निर्माणका लागि दिइने रु तीन लाख अनुदान कार्यक्रमको हकदार भने उनीहरु बनेका छन् ।

पहिलो किस्तावापतको रु ५० हजार धेरै भूकम्पपीडितले लिएका छन् । दोस्रो किस्ता लिनका लागि घरको जग बनाउनुपर्छ । अहिले कुनै काम नभएकाले उनीहरुले अरु किस्ता पाउनसकेका छैनन् ।

‘तीन लाखको हकदार चाहिंँ बनिहाल्नुस् भनेर भनेपछि हामीले पहिलो किस्ता लिएका हौं, नत्र लिने थिएनौँ,’ बलबहादुर विक थप्छन्, ‘कि घर चाहियो नत्र हामी यो ठाम छाड्दैनौं, मरिगए काउले जाँदैनौँ ।’ स्थानीय तेजप्रसाद विक त्यस बेला चिरिएको जग्गा अहिले सबै बाढीले पुरेको जिकिर गर्छन् ।

त्यस बेलाको घटना हेर्नेलाई मात्रै पीडा थाहा हुने उनको तर्क छ ।

बयासी वर्षीया श्रीमाया विक आँखै अगाडि घरले थिचेर सौता सुवर्णमायाको ज्यान गएको सम्झन्छिन् । ‘अहिले त्यहीँ ठाउँ फर्केर जा भन्दा कसरी जानू ?’ विक दुःख पोख्छिन् ।

उनलाई अहिले गाउँलेले अब यहाँ सरकारले बस्न दिंँदैनन् अरे भनेर सुनाउँछन् । ‘त्यो सुन्दा आजभोलि रुनुपर्‍या छ, त्यो ठाउँमा चाहिँ जाँदैनौंँ, कसैले हल्लाएर हामी हल्लिँदैनौं ।’

अहिले जुटपानीका २४ घर अस्थायी आश्रयस्थलमा रहेका भूकम्पपीडितमध्ये केही आरन चलाएर जीविकोपार्जन गर्छन् भने केही वेल्डिङ र वायरिङको काम गर्छन् । केही ज्याला मजदूरी गरी जीवन गुजार्दै आएका छन् ।

चितवनमा १०२ भूकम्पपीडितलाई स्थानान्तरणको निर्णय भए पनि अहिलेसम्म ५२ घर मात्रैको स्थानान्तरण प्रक्रियामा गएको छ । प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका इञ्जिनियर सुजन नेपाल सुरक्षित स्थान भनेर आएकाहरुले पुरानै ठाउँमा गएर घर बनाउनाको विकल्प नभएको बताउँछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

मन्त्री महासेठसँग चाबहिलवासीको प्रश्न: ‘कहिले बन्छ हाम्रो सडक ?’

Thursday, 9 August 2018

–रमेश लम्साल  काठमाडौँ– घाम लाग्दा धुलो र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै ...

विश्व बैंकबाट एनएमबी बैंकले पायो १५० करोड, नीजि क्षेत्रको पहिलो बैंक बन्यो एनएमबी !

Thursday, 9 August 2018

काठमाडौं । नीजि क्षेत्रद्वारा सञ्चालित कमर्सियल बैंक एनएमबी बैंकले विश्व बैंकबाट १५ मिलियन, डेढ अर्ब लगानी भित्र्याएको छ । नियामक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top