sangrila Bank

बीमा कम्पनीका शेयरः बजार घटे, शाख घटेन

रासस

–रमेश लम्साल 

काठमाडौँ– धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ ।  नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ ।

निर्जीवन बीमा र जीवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले विगतको तुलनामा केही घाटा व्योहोरेका छन् । अरु कम्पनीका तुलनामा भने उनीहरुको लगानी हालसम्म कम जोखिममा नै रहेको छ । दोस्रो बजारमा शेयर खरिद गर्नेले केही घाटा व्योहोरेको भए पनि साधारण शेयर खरिद गर्नेलाई भने बीमाको शेयरले केही फरक परेको छैन । नेपालमा बीमाको अझै ठूलो बजार रहेको र आम नागरिक सहभागी भइनसकेकाले लगानीको अवसर बढी छ ।

स्टकका अनुसार जीवन बीमा गर्दै आएका एसियन लाइफ इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ६३० मा कारोवार भइरहेको छ । सो कम्पनीको शेयर गत वर्षको तुलनामा रु ९९८ मा घटेको छ । गत वर्ष सो कम्पनीको शेयर रु एक हजार ६२८ मा कारोवार भएको थियो ।

यस्तै जीवन बीमा गर्दै आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ८३६ मा कारोवार भइरहेको छ । यो कम्पनीको पनि गत वर्षको तुलनामा ठूलो कमी आएको हो । गत वर्ष रु एक हजार १६९ मा कारोवार भएको शेयर आइतबार भने प्रतिकित्ता रु ३३३ ले घटेर रु ८३६ कायम भएको छ ।

यस्तै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार ६०० मा कारोवार भइरहेको छ । गत वर्षको साउनमा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ४१६ मा खरिद बिक्री भएको थियो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ७६२ मा कारोवार भइरहेको छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर रु दुई हजार ४० मा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार १२ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० मा सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार २३६ मा खरिद बिक्री भएको थियो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने केही कमजोर रहेको छ । सो कम्पनीको शेयर रु ५१४ मा खरिद बिक्री भइरहेको छ । गत वर्षको साउन २० गते सो कम्पनीको शेयर प्रतिकित्ता रु दुई हजार ७०० मा कारोवार भएको थियो ।

सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्तिा रु ५५२ मा खरिद बिक्री भइरहेको छ । सो कम्पनीको गत वर्ष एक हजार १७० मा खरिद बिक्री भएको थियो । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा विगतको तुलनामा बीमा क्षेत्रको शेयरमा कमी आए पनि लगानीकर्ताको विश्वास भने कायमै रहेको बताउँछन् ।

उनले भने, ‘बीमा क्षेत्रमा लगानीको अझै ठूलो अवसर छ । धेरै ठाउँमा बीमा पुग्न सकेको छैन । गत वर्षको तुलनामा बीमा कम्पनीका शेयर केही घटे पनि लगानीकर्ताको विश्वास भने उस्तै रहेको छ ।’ बीमा क्षेत्रलाई अझै व्यवस्थित गर्नसके लगानीका थप अवसर सिर्जना हुने उनको भनाइ छ ।

निर्जीवन बीमातर्फ हिमालयन जनरल इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ४२६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर रु ८२० मा खरिद बिक्री भएको थियो । आइएमइ जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता रु ८०३ मा खरिद बिक्रीमा छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर रु एक हजार २६० मा खरिद बिक्री भएको थियो ।

लुम्बिनी जनरल इस्योरेन्सको शेयर रु ५१६ मा कारोवार भएको छ । गत वर्ष सो कम्पनीको शेयर प्रतिकित्ता रु एक हजार १० मा खरिद बिक्री भएको थियो ।  यस्तै नेको इन्स्योरेन्सको प्रतिकित्ता रु ५२०, एनएलजीको रु ८४२, प्रभु इन्स्योरेन्सको रु ४९७, प्रिमियर इन्स्योरेन्सको रु एक हजार ४८ र प्रुडेन्टियल इन्स्योरेन्सको रु ७३३ मा कारोवार भइरहेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनीको शेयर प्रतिकित्ता रु १० हजार ३५६ मूल्यमा खरिद बिक्री भइरहेको छ । गत वर्ष सो कम्पनीको शेयर रु १७ हजार ८०० मूल्यमा खरिद बिक्री भएको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर रु एक हजार ३२५ मा खरिद बिक्री भइरहेको छ ।

गत वर्ष रु एक हजार ७६० मा खरिद बिक्री भएको थियो । शिखर इन्स्योरेन्स कम्पनीको शेयर रु ९१७ मा खरिद बिक्री भइरहेको छ । सिद्धार्थ इन्स्योरेन्सको रु ६६० र युनाइटेड इन्स्योरेन्सको शेयर प्रतिकित्ता रु ८१७ मा खरिद बिक्री भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ

Tuesday, 14 August 2018

मुम्बई, २९ साउन । टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको ...

नेपाल टेलिकमको १० प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य

Monday, 13 August 2018

काठमाडौँ– नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५/७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।  टेलिकमले चालू आवमा ...

डेढ दर्जन परियोजना, ६ खर्ब लगानी

Sunday, 12 August 2018

– रमेश लम्साल  काठमाडौँ- लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ...

शेयर बजार ओरालो

Thursday, 9 August 2018

काठमाडौँ– शेयर बजार आज पनि ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक ...

विश्व बैंकद्वारा नेपाललाई १० अर्ब ऋण सहयोग

Wednesday, 8 August 2018

काठमाडौं, साउन २३ । संघीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु ...

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

Tuesday, 7 August 2018

–रमेश लम्साल  काठमाडौँ– विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ ...

घट्यो शेयर बजार

Monday, 6 August 2018

काठमाडौँ– शेयर बजारमा आज पनि सामान्य कमी आएको छ ।  आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार ...

शेयर बजारमा सामान्य गिरावट

Sunday, 5 August 2018

काठमाडौँ– शेयर बजारमा आज सामान्य गिरावट भएको छ ।  नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १.४३ विन्दुले घटेर एक हजार ...

काठमाडौं महानगरः ५१ प्रतिशत मात्र राजश्व असुल

Sunday, 5 August 2018

काठमाडौँ– आर्थिक वर्ष २०७४/७५ मा काठमाडौँ महानगरपालिकाले लक्ष्य गरेको भन्दा ५१ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।  महानगरपालिकाले गत ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top