sangrila Bank

एक हप्तामा २० हजार अफगान शरणार्थी स्वदेश फर्किए : राष्ट्रसंघीय एजेन्सी

रासस

काबुल, २२ साउन । अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान फर्किएका छन् ।

उनीहरु ती दुई छिमेकी देशबाट गत जुलाई २९ देखि अगष्ट ४ सम्ममा स्वदेश फर्किएका आप्रवासनसम्बन्धी संयुक्त राष्ट्रसंघीय एजेन्सी, आइओएमले जनाएको छ ।

उक्त एजेन्सीले मङ्गलबार विज्ञप्तिमार्फत जनाएअनुसार १९ हजार ५१३ जना अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका हुन् । तर यो सङ्ख्या भने अघिल्लो हप्ताको तुलनामा ५ प्रतिशत मात्र हो ।

यसरी फर्किएकोमा अधिकांश इरानबाट आएका छन् । उक्त एजेन्सीले दिएको जानकारीअनुसार पाकिस्तानबाट यस अवधिमा ९५४ जना अफगान शरणार्थी स्वदेश फर्किएका छन् ।

अघिल्लो हप्ता पाकिस्तानबाट १३७ जनामात्र फिर्ता भएकोमा यस अवधिमा भने पाकिस्तानबाट फर्किएका शरणार्थीको सङ्ख्या निकै धेरै हो ।

यसरी फर्किएका शरणार्थीहरुलाई आइओएमले खाना र अरु आधारभूत आवश्यकताका विषयमा सहयोग उपलब्ध गराउने गरेको छ ।

अफगानिस्तान छोडेर शरणार्थीका रुपमा छिमेकी देशमा रहेका करिब ४ लाख ६३ हजार जना अफगान नागरिक यस वर्षमात्र स्वदेश फर्किएका उक्त एजेन्सीले सो विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बस्न योग्य शहरको सूचीमा अष्ट्रेलियालाई पछि पार्दै भियना पहिलो, अयोग्यमा दमास्कस

Tuesday, 14 August 2018

लण्डन, २९ साउन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा ...

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

Sunday, 12 August 2018

अमेरिका, साउन २७ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी ...

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

Sunday, 12 August 2018

साङ्घाई, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’दबाब दिनु ...

ट्रम्पका स्लोभेनियाली सासू–ससुराले अमेरिकी नागरिकता पाए

Friday, 10 August 2018

न्यूयोर्क, साउन २५ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिकरुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति ...

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

Friday, 10 August 2018

सियोल, साउन २५ । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक ...

इन्डोनेसिया भूकम्पमा मर्नेको संख्या १०० पुग्यो

Tuesday, 7 August 2018

मताराम (इन्डोनेसिया), साउन २२ । इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । इन्डोनेसियाको ...

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका

Tuesday, 7 August 2018

सिओल, २२ साउन । दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ ...

निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा

Tuesday, 7 August 2018

रारे, २२ साउन । जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा ...

इरानी कुटनीतिज्ञलाई साउदीले प्रवेश अनुमति दियो

Monday, 6 August 2018

तेहरान, २१ साउन । साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्नेगरी एकजना इरानी कुटनीतिज्ञलाई प्रवेश अनुमति दिएको छ । दुवै ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top