sangrila Bank

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

रासस

काठमाडौँ– एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते थाइल्यान्डको यू–२३ टोलीसँग खेल्नेछ ।

थाइल्याण्डको १० दिने प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसिया जानेछ । नेपाली राष्ट्रिय यु–२३ टोली साउन १८ गते थाइल्याण्ड गएको हो ।  नेपाल एसियन गेम्समा समूह डीमा छ । नेपालसँगै जापान, भियतनाम र पाकिस्तान समूहमा छन् । एसियाड भदौ २ गते औपचारिक रुपमा शुरु भए पनि फुटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ ।

प्रतियोगितामा २३ वर्षमुनिका खेलाडीसहित तीनजना सिनियर खेलाडी पनि खेल्न पाउनेछन् । त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टोलीमा राखिएको छ ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, एलान न्यौपाने, सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी र छिरिङ गुरुङ छन् ।

मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ, फरवार्डमा सुनिल बल, भरत खवास, सुमन लामा, विमल घर्ती मगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एसियन गेम्सः नेपाल जापानसँग खेल्दै

Tuesday, 14 August 2018

काठमाडौँ– इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको ...

भेट्रान कप फुटबल प्रतियोगिता आजदेखि शुरु

Monday, 13 August 2018

काठमाडौं, २८ साउन । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । ...

खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार

Thursday, 9 August 2018

-कुमार चौलागाई(रासस): काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो ...

नेपालको उपाधि जित्ने लक्ष्य, साउन २६ गते पाकिस्तानसँग भिड्दै

Wednesday, 8 August 2018

- मुना कार्की  भुटान । पन्ध्र वर्षमुनि उमेर समूह (यू १५) को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य ...

नेपाल टस जितेर ब्याटिङ गर्दै

Friday, 3 August 2018

काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सस्थित भीआरए ...

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

Wednesday, 1 August 2018

काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित ...

उपराष्ट्रपति कपः आर्मी विजयी

Sunday, 29 July 2018

काठमाडौँ– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ ।  प्रतियोगितामा ...

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

Thursday, 26 July 2018

मिन्स्क (बेलारुस), साउन ९ । बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ...

नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छः सभामुख महरा

Wednesday, 25 July 2018

तुलसीपुर–सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top