sangrila Bank

निसान खड्का हत्या प्रकरण : अपहरणकारीलाई म्यासेज पठाउँदा काठमाडौंका एसएसपी विवादमा !

काठमाडौं । सञ्चार माध्यममा निकै चर्का र ठूला कुरा गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल विवादमा तानिएका छन् ।

सोमबार अपहरणमा परी हत्या भएका ११ वर्षिय निशान खड्कालाई प्रहरीले जोगाउन सक्ने ठाउँ हुँदा हुँदै एसएसपी पोखरेलको गल्तिले उक्त बालकको ज्यान गएको समेत सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

बुधबार प्रकाशित अधिकांश दैनिक पत्रिकाले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले एसएमएस गरेपछि अपहरणकारीले बालकको हत्या गरेको खुलाशा गरेका छन् ।

‘एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो,’ नयाँ पत्रिका दैनिकमा टेकराज थामीले एसएसपी पोखरेलको कमजोरी औँल्याउँदै लेखेका छन्,‘त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो ।’

प्रहरीले संवेदनशिल भएर उद्दार गर्नुको सट्टा हतासमा सन्देस पठाएर बालकको ज्यान गएको र प्रहरी अधिकारीबीच जस लिने होडबाजी चलेको समेत नयाँ पत्रिाकले लेखेको छ ।

‘११ वर्षीय बालक निशान खड्का अपहरणमा परेको खबर पाएपछि संवेदनशील भएर उद्धार गर्नुको सट्टा प्रहरी अधिकारीहरूले जस लिने होडबाजी गरेको खुलेको छ ,’ समाचारमा भनिएको छ,‘अपहरणको खबर आउनासाथ महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहको नेतृत्वमा अप्रेसन सुरु भएको थियो । तर, त्यहीबीचमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले अपहणकारीलाई एसएमएस गरेका थिए । उनको यो कदम बालकको उद्धारमा सहयोगी बनेन, बरु उनको हठात् हत्या भयो ।’

त्यस्तै बुधबार प्रकाशित कान्तिपुर दैनिकले पनि पोखरेलकै कमजोरीलाई औँल्याएको छ । यद्धपी एसएमएस गर्ने प्रहरी अधिकारीको नाम भने गोप्य राखेको छ ।


कान्तिपुरले लेखेको छ,–‘अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ। फिरौती माग्न अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बर पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंको आधिकारिक नम्बरबाट अपहरणकारीको मोबाइलमा एउटा सन्देश पठाइएको थियो। अपहरणकारीको मोबाइल अफ भएका कारण उक्त एसएमएस टेलिकम सिस्टममा ‘पेन्डिङ’ मा बसेको थियो। सोमबार अपहरणकारी मारिएपछि महाशाखाको टोलीले उनीहरूको साथबाट बरामद गरेको सिमकार्ड मोबाइलमा हाल्दा उक्त सन्देश डेलिभर भएको थियो।

उच्च स्रोतका अनुसार परिसरबाट पठाइएको सन्देशमा ‘बालकलाई तुरुन्त नछाडे जे पनि हुन सक्ने’ आशयको सन्देश थियो। अपहरणकारीलाई धम्काएर बालक छुटाउने रणनीतिअन्तर्गत त्यस्तो सन्देश पठाइएको भए पनि अपहरणकारीले सिम निकालिसकेकाले त्यो पढ्न पाएका थिएनन्। अपहरणजस्तो संवेदनशील घटनामा त्यसरी सन्देश पठाउनु अनुसन्धानका दृष्टिले गलत हुन सक्ने पूर्वप्रहरी अधिकारी बताउँछन्। महाशाखा र परिसरबीच समन्वय नहुँदा समयमै बालकको उद्धार हुन नसकेको र अपहरणकारीसित भएको भनिएको इन्कान्टर समेत सन्देहमा परेको ती अधिकारीले बताए। ‘इन्काउन्टर र एसएमएस प्रकरण दुवैमाथि प्रहरी प्रधान कार्यालयको दृष्टिकोण आउनुपर्छ,’ उनले भने।’

कान्तिपुर दैनिकले जम्काभेट नभई मुठभेड भन्दै अर्को सम्पादकिय नै लेखेको छ ।

यता अन्नपूर्ण पोस्टले पनि एसएसपी पोखरेलको कमजोरीलाई खुलेरै पहिलो पृष्ठमा समाचार बनाएको छ ।

‘९ स्४६ मा काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रहरीको सियूजी नम्बर ९८५१२०५५५५ बाट अपहरणकारीको मोबाइलमा सन्देश पठाउँछन्।


सन्देशमा ( बच्चा तुरुन्त छोड नत्र तेरो दिन सकिन्छ। यो सन्देश अपहरणकारी मध्येका गोपालले थाहा पाउने वित्तिकै फोन स्वीच अफ हुन्छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गोप्य रुपमा गरिने ९कोभर्ट अपरेशन० यही सन्देशले मोडिन्छ,’ अन्नपूर्ण पोस्टले लेखेको छ,‘ सामान्यत स् यस्ता संवेदनशील घटनामा प्रहरीले पीडितसँग समन्वय गरेर आफू पर्दापछाडी बसेर काम गर्नुपर्ने हुन्छ। तर पोखरेलको यो स

न्देश नै अपहरणकारीका लागि निशान बाधक बनेको सोमबार घटनास्थलमा खटिएर विस्तृत अनुसन्धान गरेका प्रहरी अधिकारी बताउँछन्।
त्यतिबेलासम्म घटनास्थलमा पुगेका महानगरीय प्रहरी अपराध महाशाखा र बानेश्वर वृत्त र अन्य युनिटका प्रहरी एसएसपी पोखरेलले अपहरणकारीलाई पठाएको सन्देशका बारेमा जानकारी थिएन।

बानेश्वर वृत्तका डीएसपी गोविन्द काफ्ले राति साढे १० बजे स्वीप अपरेशन गर्ने निष्र्षमा पुगे। घना बस्तीमा त्यो सम्भव नभएपछि सेवाप्रदायक संस्थाबाट अपहरणकारीको फोनको लोकेशन मागियो। हेर्दा ठिमी क्षेत्रमा देखियो।

फरकफरक बनाएर टोली परिचालन भएपनि अपहरणकारी प्रहरीलाई निशान अपहरणबारे जानकारी भइसेकाले प्रमाण लोप गर्न लाग्छन्। उनीहरुले निशानको हत्या गरेको आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ।

मेगा देवकोटा अपहरण घटनाको अनुसन्धान गरिसकेको नेपाल प्रहरीका एक पूर्वउच्च अधिकारी भन्छन्, ‘बन्धक वा अपहरणका घटनामा सबैभन्दा ठूलो अर्थपीडित व्यक्तिको सकुशल उद्धार नै हो। अपहरणकारी वा पीडक जे भनेपनि उसलाई जहिल्यै पक्राउ गर्दा पनि केश मर्दैन।’
उनले नियोचित र योजनाबद्ध ढंगले गरेका अपहरणका घटनामा प्रहरीले धेरै जोखिम मोल्नुपर्ने बताए। केही कम घटनामा मात्रै अपहृत व्यक्तिको सकुशल उद्धार गर्न सकिएको दृष्टान्त छ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

मन्त्री महासेठसँग चाबहिलवासीको प्रश्न: ‘कहिले बन्छ हाम्रो सडक ?’

Thursday, 9 August 2018

–रमेश लम्साल  काठमाडौँ– घाम लाग्दा धुलो र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै ...

विश्व बैंकबाट एनएमबी बैंकले पायो १५० करोड, नीजि क्षेत्रको पहिलो बैंक बन्यो एनएमबी !

Thursday, 9 August 2018

काठमाडौं । नीजि क्षेत्रद्वारा सञ्चालित कमर्सियल बैंक एनएमबी बैंकले विश्व बैंकबाट १५ मिलियन, डेढ अर्ब लगानी भित्र्याएको छ । नियामक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top