sangrila Bank

नेपालको उपाधि जित्ने लक्ष्य, साउन २६ गते पाकिस्तानसँग भिड्दै

रासस

– मुना कार्की 

भुटान । पन्ध्र वर्षमुनि उमेर समूह (यू १५) को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।

बंगलादेशमा गत वर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोली यस पटक भने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्ने दाउमा छ । यो दोस्रो संस्करणको प्रतियोगिता हो ।

विगतमा भन्दा यस पटकको साफ च्याम्पियनसिपमा तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको नेपाली टोलीका प्रशिक्षक गंगा गुरुङ बताउँछिन् ।

उनले खेलाडीको नियमित तालीमसँगै मनोबल पनि उच्च रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताइन् । पाकिस्तान र बंगलादेश दुवै टोली बलियो भएको टिप्पणी गर्दै प्रशिक्षक गुरुङले भनिन्, ‘खेल हो हार जीत त भइहाल्छ तर नेपाली चेलीले उत्कृष्ट प्रदर्शन गर्नेछन् ।’

पहिलो संस्करणको खेलमा भने नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । त्यतिबेला नेपालले कुनै पनि खेलमा जीत हासिल गर्न सकेन ।

नेपाली टोलीका कप्तान प्रीति राईले प्रतियोगिता तयारीका लागि अन्तर्राष्ट्रिय तालिम नलिएता पनि नेपाली महिला खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । नेपालले यही साउन २६ गते पाकिस्तानसँग पहिलो खेल खेल्दैछ । समूह ‘बी’मा रहेको नेपालको समूहमा पाकिस्तानसँगै बंगलादेश छ ।

बंगलादेशका मुख्य प्रशिक्षक गोलोन रोब्बिनले आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा लिएको बताइन् । बंगलादेश गत संस्करणको उपाधि विजेता हो ।

त्यस्तै बंगलादेशको कप्तानीको जिम्मेवारी पाएकी माभी माण्डाले आफूहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय तालीम लिएकाले खेलमा कुनै किसिमको दबाब नहुने प्रतिक्रिया दिइन् ।

यता पाकिस्तानका प्रशिक्षक मोहम्मद रसिदले तीन वर्षपछि मात्र आफ्नो राष्ट्रले फुटबलमा सहभागिता जनाएको भन्दै प्रतियोगितामा सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताइन् । उनका अनुसार टोलीले एक महिना मात्र बन्द प्रशिक्षणमा रही तालीम लिएका थिए ।

समूह ‘बी’मा रहेका भारत, श्रीलंका र भुटानका प्रशिक्षकहरुले प्रतियोगितामा सकेसम्म उपाधि रक्षा गर्ने दाउमा रहेको बताइन् ।

बिहीवार शुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलंका भिड्नेछन् भने दोस्रो खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एसियन गेम्सः नेपाल जापानसँग खेल्दै

Tuesday, 14 August 2018

काठमाडौँ– इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको ...

भेट्रान कप फुटबल प्रतियोगिता आजदेखि शुरु

Monday, 13 August 2018

काठमाडौं, २८ साउन । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । ...

खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार

Thursday, 9 August 2018

-कुमार चौलागाई(रासस): काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो ...

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

Tuesday, 7 August 2018

काठमाडौँ– एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो ...

नेपाल टस जितेर ब्याटिङ गर्दै

Friday, 3 August 2018

काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सस्थित भीआरए ...

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

Wednesday, 1 August 2018

काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित ...

उपराष्ट्रपति कपः आर्मी विजयी

Sunday, 29 July 2018

काठमाडौँ– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ ।  प्रतियोगितामा ...

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

Thursday, 26 July 2018

मिन्स्क (बेलारुस), साउन ९ । बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ...

नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छः सभामुख महरा

Wednesday, 25 July 2018

तुलसीपुर–सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला आज ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top