sangrila Bank

प्रकाण्ड पक्राउ प्रकरण : होटल अन्नपूर्णकी सञ्चालिका श्रजना राणाले जासुसी गरेको खुलाशा !

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ प्रकरणमा दरबारमार्ग स्थित होटल अन्नपूर्णकी सञ्चालक श्रीजना राणा विवादमा तानिएकी छिन् ।

प्रकाण्डलाई पक्राउ गराउन होटल सञ्चालिका राणाले सुचना दिएको समेत खुलाशा भएको छ । होटल अन्नपूर्णकी कार्यकारी निर्देशक राणाले विप्लव नेतृत्वको पार्टीलाई दिएको करीब एक करोड चन्दा पार्टी हेडक्वाटरमा नपुगेपछि प्रकाण्ड आउँदै गरेको खबर उनैले प्रहरीलाई चुहाएको विशेष स्रोतको दाबी छ ।

अन्नपूर्ण होटलको तल रहेको जेम्स हाउस नामको पसल उठाउन पटक पटक प्रयास गरेपनि नसकेपछि उनी विप्लव नेतृत्वको नेकपाको सहारा लिन पुगेकी थिइन् ।

नेकपाको सरणमा पुगेको केही समयमै नेकपाका नेताहरुले जेम्स हाउसका सञ्चालकलाई ‘जेम्स हाउस नहटाए, बमले उडाइदिने धम्की’ दिएपछि तुरुन्तै हटेको थियो ।

जेम्स हाउस हटाएबापत नेकपालाई चन्दा बापत श्रजना राणाले एक करोड भन्दा धेरै रकम दिएको समेत स्रोतको दाबी छ । तर, उक्त रकम विप्लवको हेडक्वाटरमा नपुगेको पाइएपछि पार्टी भित्रै उक्त रकम कहाँ गयो भन्दै तनावपूर्ण स्थिति हुन पुगेको थियो ।

पैसा कहाँ पुग्यो भन्दै राणाले प्रहरीका केही अधिकारीलाई समेत गुनासो गरेपछि सोही शिलशिलाका क्रममा राणाले प्रकाण्ड मंगलबार हेटौंडाबाट काठमाडौं आउँदै गरेको सुचना प्रहरीलाई दिएकी थिइन् । राणाको सुचना फलो गर्दै प्रहरी दक्षिणकाली तर्फ हानिएको थियो ।

सशस्त्र प्रहरी सहितको समुहले मंगलबार साँझ प्रकाण्डलाई दक्षिणकाली नगरपालिका टौडबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई प्रहरीले ७ करोड भन्दा बढी चन्दा असुलेको भन्दै ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाण्ड पक्राउपछि आक्रोशित बनेका पार्टी महासचिव विप्लवले भने साउन २९ गते नेपाल बन्दसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मोदी आउँदा पशुपति धर्मशालाको उद्धघाट्न हुन्छ : राजदुत पुरी

Tuesday, 14 August 2018

काठमाडौं, २९ साउन । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा ...

ललितपुरका ४ स्थानमा नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

Tuesday, 14 August 2018

ललितपुर, २९ साउन । प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप ...

काभ्रेको पाँचखालमा शक्तिशाली बम धमका, विप्लव नेतृत्वको नेकपाले विष्पोट गराएको खुलाशा !

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित नेपाल बन्दका क्रममा राजधानी बाहेकका जिल्लाहरुमा निकै प्रभाव देखिएको ...

हेलिकोप्टर रेस्क्यु नै नगरी रेस्क्युको नाममा ग्राण्डी अस्पतालद्वारा ठगिए विरामी !(प्रमाणसहित)

Monday, 13 August 2018

काठमाडौं । राजधानीको धापासीमा रहेको ग्राण्डी अस्पतालले एक विरामीलाई हेलिकोप्टर रेस्क्युको नाममा लाखौँं रुपैयाँ ठगी गरेको खुलाशा भएको छ । ...

कर बृद्धि होइन दायरा बढाउनुपर्छ :देबदह नगर प्रमुख खत्री

Sunday, 12 August 2018

कपिल ज्ञवाली बुटवल,साउन २७ संघीयताको मर्म अनुसार जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्थानीय सरकारका प्रमुखले बताएका छन् । निर्बाचित भएको ...

निर्वाचन अधिकारी पिङ्की रायको निधनले महोत्तरीमा शोक

Sunday, 12 August 2018

बर्दिवास ।  जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित ...

ट्रेकिङ व्यावसायीसँग मजदुरको ७ बुँदे माग, १५ दिन भित्र पुरा गर्न अल्टिमेटम !

Saturday, 11 August 2018

साउन २६, काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशिल ३ ठूला मदजुर संगठनले ट्रेकिङ व्यावासायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल ...

‘ट्यापे मुन्द्रे’द्वारा सरकारी भवन कब्जा प्रकरण : सिडिओको आदेश नगरपालिका कर्मचारीद्वारा अस्विकार !

Friday, 10 August 2018

काठमाडौं । धादिङ जिल्लाको सदरमुकाम धादिङवेशी स्थीत निलकण्ठ नगरपालीका वडा नम्बर ३ मा धादिङ समाज धादिङ नामक एक संस्थाले सरकारी ...

कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईयो : मन्त्री खनाल

Friday, 10 August 2018

काठमाडौं, २५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top