sangrila Bank

प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग

रासस

काठमाडौँ– नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहलाई प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न माग गर्ने निर्णय गरेको छ । यही साउन २३ र २४ गते महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा लुम्बिनीमा सम्पन्न केन्द्रीय समितिको बैठकले आमसञ्चार माध्यमसम्बन्धी कानूनलाई नीतिगतरुपमा एकरुपता दिनुका साथै प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणको सुनिश्चितता गर्न तीन तहको सरकारसँग माग गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी गराए ।

उनले बैठकले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी पत्रकार र आमसञ्चार माध्यमका लागि विशेष संरक्षणका कानून निर्माण गर्नसमेत माग गरेको बताए । बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहितका महासंघको धुलिखेल र जनकपुर बैठकबाट पारित नीतिगत प्राथमिकता र कार्ययोजनाका आधारमा प्रभावकारी ढंगले अघि बढ्ने निर्णयसमेत गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न महासंघद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई लागू गर्न, न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी श्रमजीवी पत्रकार ऐन अविलम्ब कार्यान्वयन गर्नसमेत बैठकले माग गरेको छ ।

यसैगरी बैठकले मुलुकी (फौजदारी) संहिता २०७४ तथा मुलुकी (देवानी) संहिता २०७४ का केही प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाले यसलाई प्रेसमैत्री बनाउनसमेत महासंघले माग गर्ने निर्णय गरेको छ ।

एक वर्षभित्र प्रेस स्वतन्त्रता उल्लंघनका ५९ घटनामा ९० पत्रकार तथा सञ्चार संस्था पीडित भएकाले यस प्रकारका घटनालाई न्यूनीकरण गर्न र प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कारबाही गर्नसमेत माग गरिएको छ ।

पत्रकारका लागि स्वास्थ्य सेवामा ५० प्रतिशत छुटसहित पत्रकारको स्वास्थ्य बीमा र सबैखाले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारीरुपमा तत्काल लागू गर्न सरकारसँग महासंघले माग गरेको छ ।

मंसिर १५ भित्र साधारणसभामा गर्न निर्देशन 

महासंघले आफ्ना मातहतका शाखालाई आगामी मंसिर १५ गतेभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । आगामी भदौ १ देखि मंसिर १५ सम्म महासंघको सम्पूर्ण शाखाको साधारणसभा सम्पन्न गर्न बैठकले निर्देशन दिएको महासचिव विष्टले जानकारी गराए ।

बैठकले पत्रकारिताको व्यावसायिक शुद्धता र जिम्मेवार पत्रकारिताका लागि देशैभर पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ज्येष्ठ तथा अपाङ्गता भएका पत्रकारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने, साना लगानीका र स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र संरक्षणका लागि महासंघले आवश्यक पहल लिने निर्णय गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हेलिकोप्टरको पंखाले लागेर एकको मृत्यु

Tuesday, 14 August 2018

हुम्ला, २९ साउन । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख ...

हत्याका आरोपी जलेश्वर नगरप्रमुख मिश्र अदालतमा हाजिर

Tuesday, 14 August 2018

महोत्तरी, साउन २९ । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र मंगलबार महोत्तरी ...

तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? उपमहानगरपालिकाले ल्यायो यस्तो सुविधा

Tuesday, 14 August 2018

–भरत केसी  बुटवल– तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि ...

पेट्रोलियम पाइप लाइन विस्तारः ‘पाँच हजार हरियो रुख काट्नुपर्ने’

Tuesday, 14 August 2018

– वीरेन्द्र कर्ण  वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि ...

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगित

Tuesday, 14 August 2018

धनगढी– प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको ...

‘तत्काल बाँदर नियन्त्रण गरियोस्’-सांसद

Tuesday, 14 August 2018

काठमाडौं, साउन २९ । सांसदले बाढी–पहिरोपीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य ...

चितवनमा १२ जना प्रहरी नियन्त्रणमा

Tuesday, 14 August 2018

रत्ननगर– चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले ...

विद्युत् चुहावट इतिहाँसमै कम, चुहावट २० प्रतिशत झर्यो

Tuesday, 14 August 2018

काठमाडौं, २९ साउन । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । ...

नमूना शहरको निर्माण कार्य सुस्त गतिमा

Tuesday, 14 August 2018

–विनोदसिंह विष्ट  बैतडी– नमूना शहरका रुपमा विकसित गर्न सरकारले घोषणा गरेको बैतडीको पाटन नमूना शहर बनाउने कार्यले गति लिन सकेको ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top