sangrila Bank

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

रासस

सियोल, साउन २५ । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक निशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत् आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाल स्थगित गरेको तथा आणविक परीक्षण केन्द्रहरु बन्द गरेको जनाएको छ ।

तर, अमेरिकाले एकपक्षीयरुपमा पहिले आणविक हतियारविहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेकामा उत्तरले कडा आपत्ति जनाएको छ ।

‘अमेरिकाले उही पुरातन शैली अपनाएको हो भने प्रगतिको अपेक्षा नगरे हुन्छ । यो विगतमै असफल भइसकेको सिद्धान्त हो’–उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताको भनाइ उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्थाले जनाएको छ ।

‘यही रबैया जारी रहेमा कोरियाली द्वीपमा स्थायित्व ल्याउने पछिल्ला प्रयासहरु सफल हुनेमा कुनै प्रत्याभूति छैन’–प्रवक्ताले भनेका छन् ।

यद्यपि, उत्तर कोरियाली ती अधिकारीले भनेका छन्–‘विश्वासको वातावरण निर्माण गर्न र विगतका सम्झौताको इमान्दारीका साथ कार्यान्वयन गर्नेमा उत्तर कोरिया प्रतिबद्ध छ ।’

‘ढिलै भएपनि संयुक्तराज्य अमेरिकाले हाम्रा इमान्दार प्रयासहरुलाई सहीरुपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ’–मन्त्रालयले भनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बस्न योग्य शहरको सूचीमा अष्ट्रेलियालाई पछि पार्दै भियना पहिलो, अयोग्यमा दमास्कस

Tuesday, 14 August 2018

लण्डन, २९ साउन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा ...

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

Sunday, 12 August 2018

अमेरिका, साउन २७ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी ...

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

Sunday, 12 August 2018

साङ्घाई, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’दबाब दिनु ...

ट्रम्पका स्लोभेनियाली सासू–ससुराले अमेरिकी नागरिकता पाए

Friday, 10 August 2018

न्यूयोर्क, साउन २५ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिकरुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति ...

एक हप्तामा २० हजार अफगान शरणार्थी स्वदेश फर्किए : राष्ट्रसंघीय एजेन्सी

Tuesday, 7 August 2018

काबुल, २२ साउन । अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान ...

इन्डोनेसिया भूकम्पमा मर्नेको संख्या १०० पुग्यो

Tuesday, 7 August 2018

मताराम (इन्डोनेसिया), साउन २२ । इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । इन्डोनेसियाको ...

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका

Tuesday, 7 August 2018

सिओल, २२ साउन । दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ ...

निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा

Tuesday, 7 August 2018

रारे, २२ साउन । जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा ...

इरानी कुटनीतिज्ञलाई साउदीले प्रवेश अनुमति दियो

Monday, 6 August 2018

तेहरान, २१ साउन । साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्नेगरी एकजना इरानी कुटनीतिज्ञलाई प्रवेश अनुमति दिएको छ । दुवै ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top