sangrila Bank

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

रासस

साङ्घाई, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाईमा आजभोलि अरु नै देश पर्न थालेका छन् ।

पछिल्लो समय अमेरिकी करबृद्धिको प्रतिशोध स्वरुप चीनले अमेरिकाबाट आयात हुने सुँगुर र गाईको मासुमा करबृद्धि गरेको छ । त्यही कारण चिनीया बजारमा अमेरिकी मासुको मूल्य आकासिएको छ । चिनीया आयातकर्ताहरुले स्वाभाविक रुपमा अरु नै स्रोत खोजी गर्न थालेका छन्, र यो प्रवृत्ति अन्य अमेरिकी बस्तुमा पनि देखा पर्न थालेको छ ।

‘चिनीया करबृद्धिका कारण अमेरिकी बस्तु ज्यादै महङ्गो भएको छ, र अहिले हामी अरु नै मुलुकबाट आयात गर्न थालेका छौं,  मासु कम्पनी पीएमआई फुड्सका व्यवस्थापक झाङ लिहुईले भन्नुभयो । ‘हामीले आजभोलि अस्ट्रेलिया, दक्षिण अमेरिका र क्यानडाबाट मासु आयात गर्न थालेका छौं ।’

पीएमआई फुड्सले बेइजिङले करबृद्धि गर्न थालेसँगै अमेरिकाबाट सुँगुरको मासु आयात घटाएपछि अमेरिकी मासुको मूल्य एकाएक बढेको छ ।

करबृद्धिको लडाइँका कारण व्यापारको विश्वव्यापी परिदृश्यमै परिवर्तन ल्याउने सम्भावना देखिएको छ, र यसबाट अरु मुलुकलाई फाइदा पुग्नेछ, झाङले बताए । ‘चिनीया बजार निश्चित रुपमै प्रतिस्थापन हुनेछ ।’

व्यापारिक युद्धको परिणाम फैलिदै गएमा त्यसको असर प्रक्षेपण गर्न मुश्किल हुनेछ । तर विश्लेषकहरुले अमेरिकी निर्यातकर्ताहरुले चिनीँया व्यवसाय गुमाउने खतरा औंल्याएका छन् ।

अमेरिकाले जुन महिनामा मात्र करिब १४ करोड अमेरिकी डलर बराबरको मासुजन्य बस्तु आयात गरेको थियो जुन अमेरिकाबाट हुने कूल मासुजन्य बस्तुको निर्यातको करिब १० प्रतिशत हो ।

‘चीनले मुख्य रुपमा मासु, सोयाबिन, गहुँ र पेट्रोकेमिकल जस्ता वस्तुको आयातमा करबृद्धि गरेको छ किनभने चीनको विश्वासमा यी वस्तु विश्व बजारबाट सहजै आपूर्ति गर्न सकिन्छ,’ क्यापिटल इकोनोमिक्समा कार्यरत जुलियन इभान्स–प्रिटचार्डले भने।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बस्न योग्य शहरको सूचीमा अष्ट्रेलियालाई पछि पार्दै भियना पहिलो, अयोग्यमा दमास्कस

Tuesday, 14 August 2018

लण्डन, २९ साउन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा ...

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

Sunday, 12 August 2018

अमेरिका, साउन २७ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी ...

ट्रम्पका स्लोभेनियाली सासू–ससुराले अमेरिकी नागरिकता पाए

Friday, 10 August 2018

न्यूयोर्क, साउन २५ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिकरुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति ...

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

Friday, 10 August 2018

सियोल, साउन २५ । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक ...

एक हप्तामा २० हजार अफगान शरणार्थी स्वदेश फर्किए : राष्ट्रसंघीय एजेन्सी

Tuesday, 7 August 2018

काबुल, २२ साउन । अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान ...

इन्डोनेसिया भूकम्पमा मर्नेको संख्या १०० पुग्यो

Tuesday, 7 August 2018

मताराम (इन्डोनेसिया), साउन २२ । इन्डोनेसियाको लोम्बोक द्वीपमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १०० पुगेको छ । इन्डोनेसियाको ...

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका

Tuesday, 7 August 2018

सिओल, २२ साउन । दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ ...

निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी नेताहरु अदालतमा

Tuesday, 7 August 2018

रारे, २२ साउन । जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ । केही दिन अगाडी भएको निर्वाचनमा ...

इरानी कुटनीतिज्ञलाई साउदीले प्रवेश अनुमति दियो

Monday, 6 August 2018

तेहरान, २१ साउन । साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्नेगरी एकजना इरानी कुटनीतिज्ञलाई प्रवेश अनुमति दिएको छ । दुवै ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top