sangrila Bank

कर बृद्धि होइन दायरा बढाउनुपर्छ :देबदह नगर प्रमुख खत्री

कपिल ज्ञवाली
बुटवल,साउन २७ संघीयताको मर्म अनुसार जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्थानीय सरकारका प्रमुखले बताएका छन् । निर्बाचित भएको १ बर्षको अबधि सिकाइको बर्ष भएको भन्दै रुपन्देहीको देबदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले अहिलेसम्म २८ वटा ऐन,नीति ,कार्यबिधि बनाएको बताउनुभयो ।
रिपोटर्स क्लव प्रदेश ५ कार्यालय बुटवलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खत्रीले देवदहका धर्मिक,ऐतिहासिक तथां पर्यटकीय क्षेत्रलाइ एउटै सर्किट बनाएर बिकास गर्ने बताउनुभयो । भवानीपुर,बैरीमाइ ,कन्यामाइ,पाकरी बृक्ष लगायतका क्षेत्रको बिकासमा आफुहरुको ध्यान पुगेको उहाको भनाइ छ ।
तीन तहकै सरकारले दोहोरो र तेहरो कर उठाएको जनताको गुनासो छ नी भन्ने प्रश्नमा उहाले सरकारले दररेट होइन बरु करको दायरा बढाउनुपर्नेमा जोड दिनुभयो ।
संघीय सरकारले साउन १ देखि अनिबार्य लगाउने भनेको एकिकृत सम्पत्ती कर आम जनताका लागि हानीकारक नभएको भन्दै उहाले अहिले केन्द्र सरकारले सम्पत्ती कर,भूमि कर लगाएको बताउनुभयो ।
केन्द्र सरकार कस्को प्रभाबमा पर्यो र एकिकृत सम्पत्ती कर हटायो उहाको प्रश्न छ ?
‘कर सम्पत्ती हेरेर होइन ,आम्दानी हेृरेर लगाउनुपर्ने हो ,यहा करको बारेमा आम जनतालाइ जनप्रतिनिधिले बुझाउनै सकेका छैनन ।’उहाके भनाइ छ ।
उहाले चुनाबमा गरेका हिजोका प्रतिबद्धता पुरा गर्न केहि कठिनाइहरु भएको भन्दै उहाले ३ वटै सरकारको साझा सुचिमा रहेको लालपूर्जा बितरणलाइ सबै सरकार मिलिेर टुंगाउनुपर्ने उहाको भनाइ छ ।
खत्रीले आाफुहरुले सेवा पारदर्शी र सर्बसुलभ बनाउने प्रयास गरेको भन्दै सबैले सहयोग पुर्याउनुपर्ने बताउनुभयो ।
देबदहमा कृषिक्षेत्रलाइ बिशेष सम्बोधन गर्ने गरि दुध उत्पादनका लागि नश्ल सुधार अभियान चलाइएको बताउनुभयो । उहाले दुध उत्पादनका लागि सेक्स सिमिन,अन्नबालीमा बिज बृद्धि हुदै आत्मनिर्भर तर्फ लगाउन नगरपालिका प्रतिबद्ध भएको बताउनुभयो ।
सो अबसरमा बोल्दै पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष तथा दैनिकपत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाइले स्थानीय सरकार बनेपछि बिकासको लहर नै आएको बताउनुभयो । उहाले बिकासका नाममा आर्थिक चलखेल र रकमको दुरुपयोग हुने संभाबना बढेको भन्दै सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय सरकारले मिडियासंगको समन्वयलाइ बढाउनुपर्ने उहाको भनाइ छ ।
उहाले भन्नुभयो— ‘मिडियालाइ हेर्ने दृष्टि फेर्न जरुरी छ ,सबैको छलफलबाटै साझा नीति बनाऔं’।
कार्यक्रम क्लवका प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मोदी आउँदा पशुपति धर्मशालाको उद्धघाट्न हुन्छ : राजदुत पुरी

Tuesday, 14 August 2018

काठमाडौं, २९ साउन । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा ...

ललितपुरका ४ स्थानमा नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

Tuesday, 14 August 2018

ललितपुर, २९ साउन । प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप ...

काभ्रेको पाँचखालमा शक्तिशाली बम धमका, विप्लव नेतृत्वको नेकपाले विष्पोट गराएको खुलाशा !

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित नेपाल बन्दका क्रममा राजधानी बाहेकका जिल्लाहरुमा निकै प्रभाव देखिएको ...

हेलिकोप्टर रेस्क्यु नै नगरी रेस्क्युको नाममा ग्राण्डी अस्पतालद्वारा ठगिए विरामी !(प्रमाणसहित)

Monday, 13 August 2018

काठमाडौं । राजधानीको धापासीमा रहेको ग्राण्डी अस्पतालले एक विरामीलाई हेलिकोप्टर रेस्क्युको नाममा लाखौँं रुपैयाँ ठगी गरेको खुलाशा भएको छ । ...

निर्वाचन अधिकारी पिङ्की रायको निधनले महोत्तरीमा शोक

Sunday, 12 August 2018

बर्दिवास ।  जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित ...

ट्रेकिङ व्यावसायीसँग मजदुरको ७ बुँदे माग, १५ दिन भित्र पुरा गर्न अल्टिमेटम !

Saturday, 11 August 2018

साउन २६, काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशिल ३ ठूला मदजुर संगठनले ट्रेकिङ व्यावासायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल ...

‘ट्यापे मुन्द्रे’द्वारा सरकारी भवन कब्जा प्रकरण : सिडिओको आदेश नगरपालिका कर्मचारीद्वारा अस्विकार !

Friday, 10 August 2018

काठमाडौं । धादिङ जिल्लाको सदरमुकाम धादिङवेशी स्थीत निलकण्ठ नगरपालीका वडा नम्बर ३ मा धादिङ समाज धादिङ नामक एक संस्थाले सरकारी ...

कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईयो : मन्त्री खनाल

Friday, 10 August 2018

काठमाडौं, २५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका ...

सत्तारुढसहित १४ मजदूर संगठनद्वारा नयाँ आन्दोलनको कार्यक्रम घोषणा (विज्ञप्तिसहित)

Friday, 10 August 2018

काठमाडौँ । २५ साउन सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकटसहित १४ मजदूर ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top