sangrila Bank

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा गठित उच्च स्तरिय कार्यदलले पदयात्री पर्यटकलाई विरामी बनाउँदै पर्यटकबाट चर्को रकम ठगी गरेको ठहर गर्दै विभिन्न पर्यटन सम्बद्ध कम्पनिहरुलाई कारबाही गर्न सिफारिस गरेको हो ।

दियोपोस्टलाई उच्च स्रोतले दिएको जानकारी अनुसार तीन वटा हेलिकोप्टर कम्पनि, तीन अस्पताल र चार रेस्क्यु तथा एक ट्रेकिङ कम्पनिलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

स्रोतका अनुसार समितिले दुई हप्ता अघि नै रेस्क्यु कम्पनिहरु, इजी हेलि सर्भिस्, माउन्टेन रेस्क्यु, ईगल हेलि सर्भिस, कैलाश चार्टड, माउन्टेन हेलि  र   अल्पार्इन रेस्क्यु सर्भिसलाई कारबाही गर्न सिफारिस गरेको छ ।

त्यस्तै समिति स्रोतका अनुसार फ्लाइट कनेक्सन, हिमालयन सोसियल जर्नी लगायत कम्पनिलाई पनि कारबाही सिफारिस गरिएको छ ।
यता तीन वटा हेलिकोप्टर कम्पनि पनि कारबाहीको दायरमा परेका छन् । एअर डाइनेस्टी, एभरेष्ट हेलिकोप्टर र *मनाङ एअर*लाई पनि कारबाही गर्न मन्त्रालयले सिफारिस गरेको छ ।

पर्यटकलाई विरामी बनाएर चर्को शुल्क अशुलेको अभियोगमा चार वटा अस्पताल पनि कारबाहीको दायरमा परेका छन् ।

राजधानीको ठमेल क्षेत्रमा रहेको इरा हेल्थ सेन्टर लैनचौर स्थित रहेको सिवेक क्लिनिक, बयाेधा अस्पताल र स्वाकन अस्पताललाई कारबाही गर्नका लागि छानबीन समितिले सिफारिस गरेको छ ।

छानबीन समितिले ठगी गरेको प्रमाण सहित गृहमन्त्री राम बहादुर थापा बादललाई भेटेरै प्रतिबेदन बुझाएका थिए । गृहमन्त्री थापाले उक्त विषयमा छानबीन गर्नका लागि गृह प्रवक्ता रामकृष्ण सुवेदीलाई छानबीन निर्देशन दिएका थिए लगत्तै सुवेदीले प्रहरी अधिकारीसँग उक्त विषयमा छलफल चलाएका थिए ।
विरामी ठगी गर्ने अस्पताललाई भने कारबाही गर्नका लागि स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेको छ । उनीहरुलाई ठगी अन्तर्गत कारबाही गर्नका लागि मन्त्रालयसँग आग्रह गरिएको छ ।

तीन हेलिकोप्टर कम्पनिलाई भने नागरिक उडयन प्राधिकरणलाई कारबाही गर्नका लागि पत्राचार गरिएको छ ।

त्यस्तै पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को शुल्क लिने अधिकांश कम्पनिहरुबाट राजश्व चुहावट भएको भन्दै राजश्व अशुल गर्नका लागि राजश्व अनुसन्धान विभागलाई पत्राचार गरिएको छ ।

‘हामीले केही दिन अघि कार्यविधि बनाएर नै कारबाही गर्नका लागि समेत समिति बनएका छौँ,’ छानबीन समितिको उच्च स्रोतले भन्यो,‘जहाँ जहाँ पत्र गएको छ त्यहाँबाट कारबाहीको फलोअप हुनेछ ।’

प्रहरी कार्यालयमा पनि पत्र !

ठगी गर्ने कम्पनिलाई कारबाही गर्नका लागि समितिले महानगरिय प्रहरी आयुक्तको कार्यालयमा समेत पत्राचार गरेको छ । महानगरीय प्रहरी आयुक्त डिआइज मनोज न्यौपानेको टेबुलमा दुई हप्ता अघि नै कारबाही गर्ने कम्पनिहरुको नामावली पुगेको स्रोतको दाबी छ ।

यो पनि पढ्नुहोस्

विरामी पर्यटक ठगी गर्ने ‘पाँच तारे क्लिनिक’ : हिउँले हात खुट्टा खाएको विरामीको बील ८ लाख !

फेक रेस्क्यु धन्दा : अब प्रहरीले रेस्क्यु गर्ने, ८ ट्रेकिङ, रेस्क्यु ट्राभल कम्पनिमाथि कारबाही हुने !

‘फेक रेस्क्यु धन्दा’ : छानबीन समितिले पर्यटन मन्त्रीलाई बुझायो ७ सय पृष्ठको प्रतिबेदन !

‘फेक रेस्क्युधन्दा’ : फेरी २२ कम्पनि छानबीनमा तानिए, टानका अध्यक्ष र पूर्वमहासचिवले बुझाए विवरण !

विदेशी पर्यटकमाथि एअरलाईन्सको ठगीधन्दा : चारगुणा बढी शुल्क असुली, छुट्टै भाडादर (प्रमाणसहित) !

पर्यटक उद्दारको नाममा ‘ठगी’ गर्ने ‘ट्रेकिङ’ कम्पनिद्वारा ३ दिन भित्र विवरण बुझाउन इन्कार ! (सूचीसहित)

सापकोटाको ‘कालोधन्दा’ विदेशी पत्रिकामा छताछूल्ल : विरामी पर्यटकलाई हेलिकोप्टरको ३५ हजार डलर !

पर्यटक विरामी बनाएर हेलि उद्दारको नाममा यसरी हुन्छ ‘ठगीधन्दा’ एक विदेशीको दर्दनाक बयान !

पर्यटकलाई विरामी बनाएर ‘चर्को शुल्क उठाउने धन्दा’ : २० ट्रेकिङ कम्पनिमाथि कारबाही हुने !

दियोपोस्टलाई धम्की दिने विरुद्ध पत्रकार महासंघ बोल्यो,‘धम्की पत्रकारितामाथिको आक्रमण हो’

‘साला सिद्ध्याइदिन्छु..’ भन्दै दियोपोस्टका सम्पादक विश्वकर्मालाई व्यावसायीको धम्की (अडियोसहित)

ट्रेकिङ व्यावसायमा ‘कालोधन्दा’ : पर्यटक विरामी बनाएर अकुत सम्पत्तिका मालिक !

विरामी उद्दारका नाममा विदेशी पर्यटकलाई ठगी गरेको भन्दै दर्जनौँ विरुद्ध उजुरी, (विवरण सहित)


प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

मन्त्री महासेठसँग चाबहिलवासीको प्रश्न: ‘कहिले बन्छ हाम्रो सडक ?’

Thursday, 9 August 2018

–रमेश लम्साल  काठमाडौँ– घाम लाग्दा धुलो र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै ...

विश्व बैंकबाट एनएमबी बैंकले पायो १५० करोड, नीजि क्षेत्रको पहिलो बैंक बन्यो एनएमबी !

Thursday, 9 August 2018

काठमाडौं । नीजि क्षेत्रद्वारा सञ्चालित कमर्सियल बैंक एनएमबी बैंकले विश्व बैंकबाट १५ मिलियन, डेढ अर्ब लगानी भित्र्याएको छ । नियामक ...

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ !

Wednesday, 8 August 2018

काठमाडौं, २३ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । नेपाल ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top