sangrila Bank

कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा

रासस

– सञ्चिता घिमिरे 

ललितपुर- नेपालको पहिलो आठ लेन सडकका रुपमा रहेको कोटेश्वर–कलङ्की सडकको निर्माण अन्तिम चरणमा पुगेको छ ।

सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनिँया सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको छ । उहाँ भन्नुहुन्छ, “तोकिएकै समय अर्थात् आगामी डिसेम्बरमा काम सक्ने गरेर चिनिँया कम्पनी लागिरहेको छ ।”

निर्माणाधीन यो सडकमा आठ लेनसँगै ‘अण्डर पास’ (भूमिगत सडक) समेत बन्दैछ जुन नेपालको पहिलो हो । कलङ्कीदेखि कोटेश्वर सम्मको सडकमा आंशिकबाहेक अधिकांश काम सकिएको छ । इञ्जिनीयर अर्याल भन्नुहुन्छ, “मुख्यतः अहिले अन्तिम चरणको काम भइरहेको छ र थोरै निर्माणको काम पनि बाँकी छ ।” काम सकिएपछि चिनियाँ कम्पनीले सरकारलाई सडक हस्तान्तरण गर्नेछ ।

बल्खुमा १ दशमलव ४ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको इञ्जिनियर अर्यालले बताउनुभयो । कोटेश्वरदेखि बल्खुसम्म नै एक तह कालोपत्र गर्न बाँकी छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केतहरु र पेन्टिङको काम बाँकी छ । निर्माण कम्पनीले यो सडकले वर्षात सहन सक्छ या सक्दैन भन्ने समेत नियाँलिरहेको छ ।

कलङ्कीको सवारी चाप हटाउने उपायका रुपमा लिइएको ‘अण्डर पास’को काम सकिएको छ । कलङ्कीदेखि खसीबजार सम्मको ८०० मिटरमा अण्डर पास निर्माण भएको हो । आठ लेन सडकमध्ये चार लेन मुख्य सडक र चार लेन अण्डर पास छ । अण्डर पास सञ्चालनको तयारी गरिएको छ । उहाँले भन्नुभयो, “दुई÷चार दिनमा नै अण्डर पास सञ्चालनमा आउनेछ ।”

चार वर्षपहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइले एक वर्ष अवधि थप भयो । गत जुलाईसम्म काम सक्ने योजना गु्रपले गरेको थियो तर सो अवधिमा काम सम्पन्न भएन र सरकारले आगामी डिसेम्बर सम्मको अवधि थप ग¥यो । उहाँले भन्नुभयो, “अब भने डिसेम्बर सम्ममा पूरा हुनेछ ।”

निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै छन् । झण्डै ६० नेपाली र २०० चिनियाँ कामदार खटिएका छन् । पाइप लाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइपहरु समय–समयमा फुट्दा ढिलाइ भइरहको थियो । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । इञ्जिनीयर अर्यालले भन्नुभयो, “हामीले पटक–पटक भने पनि स्थानीयले घर भत्काउन अटेर गरिरहेका छन् ।”

मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका सडक छन् । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक छ जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सर्भिस ट्र्याक निर्माण नेपाल सरकारले थालेको हो । सडकमा चिनियाँ सरकारले तीन वटा आकाशे पुल बनाइसकेको छ । नेपाल सरकारले सात ठाउँमा आकाशे पुल बनाउन थालेको छ । उहाँले भन्नुभयो, “कुनै ठाउँमा जगको काम सकियो भने कतिमा शुरु हुन सकिरहेको छैन ।” सडकको लागत रु एक अर्ब रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हेलिकोप्टरको पंखाले लागेर एकको मृत्यु

Tuesday, 14 August 2018

हुम्ला, २९ साउन । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख ...

हत्याका आरोपी जलेश्वर नगरप्रमुख मिश्र अदालतमा हाजिर

Tuesday, 14 August 2018

महोत्तरी, साउन २९ । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र मंगलबार महोत्तरी ...

तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? उपमहानगरपालिकाले ल्यायो यस्तो सुविधा

Tuesday, 14 August 2018

–भरत केसी  बुटवल– तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि ...

पेट्रोलियम पाइप लाइन विस्तारः ‘पाँच हजार हरियो रुख काट्नुपर्ने’

Tuesday, 14 August 2018

– वीरेन्द्र कर्ण  वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि ...

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगित

Tuesday, 14 August 2018

धनगढी– प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको ...

‘तत्काल बाँदर नियन्त्रण गरियोस्’-सांसद

Tuesday, 14 August 2018

काठमाडौं, साउन २९ । सांसदले बाढी–पहिरोपीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य ...

चितवनमा १२ जना प्रहरी नियन्त्रणमा

Tuesday, 14 August 2018

रत्ननगर– चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले ...

विद्युत् चुहावट इतिहाँसमै कम, चुहावट २० प्रतिशत झर्यो

Tuesday, 14 August 2018

काठमाडौं, २९ साउन । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । ...

नमूना शहरको निर्माण कार्य सुस्त गतिमा

Tuesday, 14 August 2018

–विनोदसिंह विष्ट  बैतडी– नमूना शहरका रुपमा विकसित गर्न सरकारले घोषणा गरेको बैतडीको पाटन नमूना शहर बनाउने कार्यले गति लिन सकेको ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top