sangrila Bank

ललितपुरमा अपराधका घटना वृद्धि

रासस

ललितपुर- ललितपुरमा यो वर्ष अपराधलगायतका घटना केही बढेको पाइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा गत वर्षभर दर्ता भएका मुद्दाका आधारमा यस वर्ष केही बढेको देखिएको हो ।

दुई वर्ष पहिले भन्दा गत वर्ष ८७ मुद्दा बढी दर्ता भएको परिसरले जनाएको छ । आव २०७३÷७४ मा ८५८ मुद्धा दर्ता भएकोमा ०७४÷७५ मा बढेर ९४५ पुग्यो । ठूलो मात्रामा नबढे पनि गत वर्षको मुद्दा सङ्ख्या अघिल्लो वर्षको भन्दा केही मात्रामा बढी रहेको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा गत वर्ष नै सबैभन्दा बढी घटना भएको देखिन्छ ।”

परिसरमा दर्ता भएका ९४५ घटनामा आरोपित प्रतिवादीहरु एक हजार १६५ पक्राउ परे । तीमध्ये पुरुष एक हजार १२२ र महिलाको सङ्ख्या ४३ छ । दर्ता मुद्दा र पक्राउ भएका प्रतिवादीमा सबैभन्दा बढी केही सार्वजनिक अपराध शीर्षकमा छन् । यो शीर्षकमा ४४६ मुद्दामा ६८२ जना पक्राउ परेका थिए । जिल्लाभरमा ९३ आत्महत्याका घटना भए । प्रवक्ता चन्दले भन्नुभयो, “आत्महत्याका घटना अघिल्ला वर्षहरुमा भन्दा बढी भएको पाइन्छ ।”    प्रहरीले वर्षभरमा बन्दुक दुई, पेस्तोल छ थान र ७१ गोली बरामद गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हेलिकोप्टरको पंखाले लागेर एकको मृत्यु

Tuesday, 14 August 2018

हुम्ला, २९ साउन । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख ...

हत्याका आरोपी जलेश्वर नगरप्रमुख मिश्र अदालतमा हाजिर

Tuesday, 14 August 2018

महोत्तरी, साउन २९ । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र मंगलबार महोत्तरी ...

तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? उपमहानगरपालिकाले ल्यायो यस्तो सुविधा

Tuesday, 14 August 2018

–भरत केसी  बुटवल– तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि ...

पेट्रोलियम पाइप लाइन विस्तारः ‘पाँच हजार हरियो रुख काट्नुपर्ने’

Tuesday, 14 August 2018

– वीरेन्द्र कर्ण  वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि ...

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगित

Tuesday, 14 August 2018

धनगढी– प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको ...

‘तत्काल बाँदर नियन्त्रण गरियोस्’-सांसद

Tuesday, 14 August 2018

काठमाडौं, साउन २९ । सांसदले बाढी–पहिरोपीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य ...

चितवनमा १२ जना प्रहरी नियन्त्रणमा

Tuesday, 14 August 2018

रत्ननगर– चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले ...

विद्युत् चुहावट इतिहाँसमै कम, चुहावट २० प्रतिशत झर्यो

Tuesday, 14 August 2018

काठमाडौं, २९ साउन । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । ...

नमूना शहरको निर्माण कार्य सुस्त गतिमा

Tuesday, 14 August 2018

–विनोदसिंह विष्ट  बैतडी– नमूना शहरका रुपमा विकसित गर्न सरकारले घोषणा गरेको बैतडीको पाटन नमूना शहर बनाउने कार्यले गति लिन सकेको ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top