sangrila Bank

हेलिकोप्टर रेस्क्यु नै नगरी रेस्क्युको नाममा ग्राण्डी अस्पतालद्वारा ठगिए विरामी !(प्रमाणसहित)

काठमाडौं । राजधानीको धापासीमा रहेको ग्राण्डी अस्पतालले एक विरामीलाई हेलिकोप्टर रेस्क्युको नाममा लाखौँं रुपैयाँ ठगी गरेको खुलाशा भएको छ ।
दाङको घोराही नगरपालिका नयाँ बजार घर भएका रुद्रा पुनलाई हेलिकोप्टर उद्दार नै नगरी उद्दारको नाममा अशुली गरेको खुलासा भएको हो ।
गत साउन १३ गते घरमै हर्टएट्याक भएकी ५४ वर्षिय रुद्रा पुनको परिवारले हेलिकोप्टर सहित उद्दार गरिदिनका लागि ग्राण्डी अस्पतालमा फोन गरेको थियो ।
‘हामी हेलिकोप्टर र डाक्टर सहितको टोली लिएर उद्दारमा आउँछौं तर त्यो भन्दा अघि हाम्रो एकाउन्टमा ४ लाख ५० हजार जम्मा गर्दिनुस्,’ पीडित परिवारलाई ग्राण्डी अस्पतालले भनेको थियो,‘पैसा जम्मा भएपछि हामी यहाँबाट हेलिकोप्टर पठाइदिन्छौँ ।’

ग्राण्डीको टेलिफोनमा हौँसिएको पीडित परिवारकी अनिता चन्दले ग्राण्डी अस्पतालको नबिल बैंकको खाता नम्बर १७१००१७५०८४१८ मा चार लाख ५० हजार जम्मा गरिदिए ।

 


पैसा जम्मा गरेपछि हेलिकोप्टर आउलाकी भन्ने विरामीका आफन्तको आशा थियो । तर, हेलिकोप्टर दिनभरसम्म आएन । हृदयघातको विरामी भएका कारण विरामीका आफन्तमा विरामीको ज्यानै जाने होकी भन्ने चिन्ता भयो ।

बेलुका तिर फोनमा सम्पर्क हुँदा ग्राण्डी अस्पतालले भन्यो,‘मौसम खराबीका कारण हेलिकोप्टर दाङको आकासबाट पोखरामा पुगेर ल्याण्ड भयो । भोलीसम्म कुर्नुस् ।’ तर अस्पतालको यो रबैयाले विरामीको ज्यानै जाने खतरा भएपछि पीडित परिवारले एम्बुलेन्सको व्यवस्था गर्न लाग्यो ।

‘हामीले आपतकालिन सेवाका लागि हेलिकोप्टर मागेका हौँ । हामीलाई भोलीसम्मका लागि त एम्बुलेन्स नै थियो नी किन चाहियो हेलिकोप्टर,’ विरामीका आफन्त विकास पुनले भने,‘हामीले त्यही रात एम्बुलेन्समा विरामी लिएर काठमाडौं आयौँ । नर्भिक अस्पतालमा आएपछि विरामीको अवस्था अहिले ठीक छ । उहाँ पूर्ण रुपमा राम्रो भइसक्नु भयो ।’

विरामी ठीक भएपछि विरामीका आफन्तको ध्यान हेलिकोप्टर उद्दारका लागि जम्मा गरिएको ४ लाख ५० हजार फिर्ता गर्ने तिर गयो ।

पीडित परिवार ग्राण्डी अस्पताल पुग्दा अस्पताल प्रशासनले एक हप्ता पछाडी आउनु भन्दै फिर्ता पठायो । तर, एक हप्तापछि अस्पतालले १ लाख ८० हजार रुपैयाँ कटाएर बाँकी रकम फिर्ता दियो । आफन्तले अस्पतालसँग हेलिकोप्टर उडेको विवरण मागे । अस्पतालले उक्त विवराण दिन अस्विकार गर्यो ।
ग्राण्डी अस्पतालले यसरी विवरण दिन अस्विकार गरेपछि पीडित परिवारले पर्यटन मन्त्रालय, नागरिक उडयन प्राधिकरणमा समेत उक्त समय हेलिकोप्टर रेस्क्युका लागि रुट प्रमिट लिएर उडेको÷नउडेको बुझ्न तिर लागे । तर मन्त्रालय र प्राधिकरणबाट उक्त दिन हेलिकोप्टर सोही रेस्क्युको लागि नउडेको पाइएपछि भने विरामी अफन्त झस्किए ।

आफूहरु ग्राण्डी अस्पतालबाट ठगीएको पाएपछि विरामीका आफन्त विभिन्न ठाउँमा उजुरी गर्न जाने तयारी गरेका छन् ।

‘हामी मात्रै होइन यो अस्पतालबाट धेरै हामीजस्ता ठगिएका हुनसक्छन् । हामी उजुरी गर्छौं,’ विकास पुनले दियोपोस्टसँग भने ।

सामान्यतय मौसम खराबीको कारण रेस्क्यु हुन नसकेको खटनामा हेलिकोप्टर सेवा प्रदायक कम्पनिहरुले शुल्क लिने गर्दैनन् ।

ग्राण्डी अस्पतालका प्रवक्ताले रेस्क्यु अपरेशन हेर्ने मार्फत विवरण उपलब्ध गराउने बताए । तर, उनले दियोपोस्टसँग कुराकानीको क्रममा केही बेरमा उपलब्ध गराउने बताएपनि उनले उपलब्ध गराएनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मोदी आउँदा पशुपति धर्मशालाको उद्धघाट्न हुन्छ : राजदुत पुरी

Tuesday, 14 August 2018

काठमाडौं, २९ साउन । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा ...

ललितपुरका ४ स्थानमा नक्कली बम राख्ने बन्दकर्ता पक्राउ

Tuesday, 14 August 2018

ललितपुर, २९ साउन । प्रहरीले नक्कली बम राखेर नागरिकलाई झुक्याउने तीनलाई पक्राउ गरेको छ । पक्राउ परेका बन्दकर्तालाई प्रहरीले थप ...

काभ्रेको पाँचखालमा शक्तिशाली बम धमका, विप्लव नेतृत्वको नेकपाले विष्पोट गराएको खुलाशा !

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित नेपाल बन्दका क्रममा राजधानी बाहेकका जिल्लाहरुमा निकै प्रभाव देखिएको ...

कर बृद्धि होइन दायरा बढाउनुपर्छ :देबदह नगर प्रमुख खत्री

Sunday, 12 August 2018

कपिल ज्ञवाली बुटवल,साउन २७ संघीयताको मर्म अनुसार जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्थानीय सरकारका प्रमुखले बताएका छन् । निर्बाचित भएको ...

निर्वाचन अधिकारी पिङ्की रायको निधनले महोत्तरीमा शोक

Sunday, 12 August 2018

बर्दिवास ।  जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित ...

ट्रेकिङ व्यावसायीसँग मजदुरको ७ बुँदे माग, १५ दिन भित्र पुरा गर्न अल्टिमेटम !

Saturday, 11 August 2018

साउन २६, काठमाडौं । पर्यटन क्षेत्रमा क्रियाशिल ३ ठूला मदजुर संगठनले ट्रेकिङ व्यावासायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल ...

‘ट्यापे मुन्द्रे’द्वारा सरकारी भवन कब्जा प्रकरण : सिडिओको आदेश नगरपालिका कर्मचारीद्वारा अस्विकार !

Friday, 10 August 2018

काठमाडौं । धादिङ जिल्लाको सदरमुकाम धादिङवेशी स्थीत निलकण्ठ नगरपालीका वडा नम्बर ३ मा धादिङ समाज धादिङ नामक एक संस्थाले सरकारी ...

कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईयो : मन्त्री खनाल

Friday, 10 August 2018

काठमाडौं, २५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका ...

सत्तारुढसहित १४ मजदूर संगठनद्वारा नयाँ आन्दोलनको कार्यक्रम घोषणा (विज्ञप्तिसहित)

Friday, 10 August 2018

काठमाडौँ । २५ साउन सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकटसहित १४ मजदूर ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top