sangrila Bank

‘गृहमन्त्रीलाई आइजीपिको फूली’ प्रकरण : मिडिया विज्ञ भन्छन्,‘भोली राष्ट्रपतिलाई विकिनी लगाइदिने?’

 

काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित हुने एक साप्ताहिकले गृहमन्त्री राम बहादुर बादललाई ‘घटुवा गर्दै’ आइजीपिको फूली लगादियो । गृह प्रशासनको बागडोर सम्हालेको ६ महिना नबित्दै बादलमाथि लगाइएको यो पहिरनबारे विभिन्न टिप्पणी समेत भइरहेको छ । सामाजिक सञ्जालमा पत्रिकाका प्रकाशक र सम्पादकलाई कारबाही गर्नुपर्ने माग समेत बढ्दो छ ।

पत्रकारिता क्षेत्रकै विज्ञहरुले समेत ‘हिमाल साप्ताहिक’को पत्रकारिताको शैलीमाथि टिप्पणी गरेका छन् । दियोपोस्ट डटकमले त्रिभूवन विश्वविद्यालयका प्रध्यापक तथा आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख प्रवलराज खरेल र अनूभवि पत्रकार तथा घटना र विचार साप्ताहिकका सम्पादक देव प्रकाश त्रिपाठीसँग यस विषयमा छोटकरीमा अन्तर्वार्ता गरेको थियो ।

पी. खरेल

प्रध्यापक आमसञ्चार तथा पत्रकारिता विभाग, त्रिभूवत विश्वविद्यालय


विभिन्न प्रजातान्त्रिक समाजमा विभिन्न अभ्यास देखिन्छ । हामीले अरु क्षेत्रमा जुन किसिमको आचरण अपनाउनुपर्छ भनेर राखिने आधारलाई मान्यता राख्नुपर्छ । कानूनी हिसाबले त्यसरी प्रकाशन गर्नु मिल्न सक्छ । तर व्याबहारिक हिसाबले हाम्रो सामाजिक मान्यताको हिसाबले त्यसरी प्रकाशन गर्न मिल्दैन । अभिव्यक्तिको स्वतन्त्रता भनिएको छ । आचार संहिता हामीले आफै बनाएको हो । कुनैपनि सेन्सेटिभ युनिफर्ममा गृहमन्त्री राख्नु उपयुक्त हुँदैन । त्यतिमात्रै होइन एकै प्रकारको संस्था भित्रको आफ्नो मान्यजनलाई त्यसरी गर्नु हुँदैन । यो त नकरात्मक किसिमले गरिएको हो । त्यसरी प्रस्तुत गर्दा आफैलाई चित्त नबुझ्नु पर्ने हो । हिमाल संस्थाकै आदर्णीय व्यक्ति हुनुहुन्थ्यो भने उहाँलाई पनि त्यसै गरी राख्नु उचित हुन्छ र ?

बाहिरको उदाहरण दिने हो भने त नराम्रो उदाहरण धेरै छन् । हिटलरको दिएपनि हुन्छ । राम्रो कुरा राख्यो भने फाँसिजमको पनि एउटा राम्रो, नाजिजमको पनि एउटा राख्यो भने राम्रो बन्छ । त्यसकारण हामीले उदाहरण तिर जानु हुँदैन । यस्तोमा हामीले मानेको संस्थाहरुले सक्रिय भएर प्रश्न उठाउनु पर्छ । संस्थाको हिसाबले प्रेस काउन्सिल हो । प्रेस काउन्सिलले यो विषय उठाउँछकी उठाउँदैन भन्ने विषयमा मलाई शंका लाग्छ । सक्रियता नअपनाउन पनि सक्छ । मुद्दा नगरेपनि ‘यो के हो ?’ भनेर प्रश्न र छलफल गर्न सक्छ । यस्तो विषयमा छलफल नहुने हो भने यत्तिकै चढ्दै जान्छ । यो चढ्दै गयो भने यसले राम्रो गर्दैन अन्तत्वगत्वा । नत्र भने भोली राष्ट्रपतिको जस्तो पनि आउँन सक्छ । विकिनी लगाएर राखिदिनसक्छ । के फरक पर्यो र ।

हाम्रो सामाजिक मान्यता अनुसार यसरी प्रकाशन गर्न मिल्दैन । हामीलाई असर गर्ने व्यक्तिहरुका बारेमा यसरी प्रचार गर्नु मिल्दैन । उदाहरणका लागि कनकमणी जी नै हुनुहुन्थ्यो होला रे अहिले । उहाँलाई नै एउटा पगरी लगाइदिएर प्रकाश गरियो भने उहाँलाई रुचीकर हुँदैन थियो होला । मलाई त्यो रुचीकर हुँदैन ।

आफ्नो बारेमा कसैले नाक बङ्ग्याएर कार्टुन राख्यो भने त चित्त बुझ्दैन । म आफै सेन्सेटिभ हुन्छु । पत्रकार आफै सेन्सेटिभ हुन्छ । अनि अरुको बारेमा यस्तो आयो भने कसरी चित्त बुझ्छ ? म गृह मन्त्रीको फ्यान वा कोही पनि होइन । समग्रमा यो राम्रो होइन । मैले राष्ट्रपतिलाई वा प्रधानमन्त्रीलाई भेटेँ भने टेबुलमा खुट्टा राख्न हुन्न भन्ने छैन । केही दिनअघि प्रम ज्यूले सम्पादकहरुलाई बोलाउनु भएको थियो । मैले त्यो बेला टेबुलमाथि खुट्टा राखेर प्रधानमन्त्रीलाई देखाएँ भने कानुनले हुन्न भनेको छ र ? तर त्यसो गर्न पाइन्छ त ? कुरो त्यहि नै हो । यो विषयमा पत्रकार महासंघ र मुख्यत प्रेस काउन्सिलले बोल्नु पर्ने हो । प्रेस काउन्सिलले यस्तो विषय उठाएको देख्दिनँ । अहिले पनि होला होला जस्तो मलाई लाग्दैन ।

कानुनले कसरी ब्याख्या गर्ला न्यायधीशलाई थाहा होला । तर फोटो विगार्न पाईंदैन । फोटो विगार्नु पत्रकारिता होइन । यो मेरो मात्रै विचार होइन सर्वमान्य सिद्धान्त हो । कार्टुन भनेको फरक कुरा हो । म सत्तामा छैन । सत्तावालाले भोली बोलाएर टिका लगाइदेला भन्ने छैन । मैले हिमालका साथीहरुलाई चिनेकै छु । मैले यसो भन्ने वित्तिकै हाम्रो विराधी रहेछ भन्ने संस्कार बनेको छ । समग्रमा भन्दा प्रेस काउन्सिलले पहिलेदेखि नै सशक्त भूमिका खेल्न नसकेकोले बिग्रिएको हो ।

देव प्रकाश त्रिपाठी

सम्पादक घटना र विचार साप्ताहिक


यसरी गलत नियतले कसैको बदनाम गर्ने प्रस्तुती प्रीन्टेड फर्ममा होस वा डिजिटल माध्यमबाट होस् गरिँदैन । अभ्यासको हिसाबले कहिलेकाँही अन्तर्राष्ट्रिय रुपमा खास–खास अवस्थामा खास–खास व्यक्तित्वको कुनै कुरालाई सन्देश दिनुपर्ने भयो भने केही प्रकारले तोडमोड गरेको पाइन्छ ।

यहाँ फोटो सप गरिएको देखिन्छ । माया, इन्डिया टुडे र न्युज विकमा खास खास अवस्थामा चाहीँ केही चेन्ज गरेको देखिन्छ । यो अभ्यासमा हुँदै नभएको होइन । हिमाल साप्ताहिकले गिरिजा प्रसादलाई श्रीपेच लगाएको, पुष्पकमललाई सेनापतिको टोपी लगाएको थियो । तर, सन्दर्भ हेरेर हुन्छ । असान्दर्भिक बनाएर विकृत ढंगले प्रस्तुत गर्ने कुरा ग्राहय मानिँदैन । तर खास कुनै इश्यु विशेषमा केही बदल्ने कुरा विश्वव्यापी रुपमै अभ्यासमा आएको देखिन्छ ।

दुई मिडियाको संयोग होइन

नेपाल र हिमालको संयुक्त रुपमा यो स्टोरी प्रकाशनमा संयोग नै मिलको होइन । किन भने नेपालको केही मिडियामा हरेक पटक एक प्रकारको श्याल हुँइया शुरु हुन्छ । ६/७ वटा मिडियाले एकै पटक सल्लाहले नै गरेको होकी जस्तो देखिन्छ । लोकमान प्रकरण, पूर्व प्रन्या गोपाल पराजुली प्रकरणमा यी मिडियाहरु सँगै थिए । उहाँहरुले संगठित ढंगले मिसन बनाएर गरेको भन्न मिल्छ कतिपय सन्दर्भमा । संयोग मात्रै होइन । संयोग नै हो भने यो आश्चर्य जनक संयोग हो किन भने संयोगको फ्रीक्वेन्सी धेरै छ ।

यहाँ आन्तरिक राजनीति पनि छ । राम बहादुर थापाजी गृहमन्त्रीको पदमा हुनुहुन्छ । उहाँ प्रधानमन्त्री प्रति ज्यादा लोयल हुनुहुन्छ की पार्टीका अर्का अध्यक्ष प्रति बढी लोयल हुनुहुन्छ । हुनुपर्ने कतापट्टि हो भन्ने प्रश्न त छदैँछ । आन्तरिक द्वन्दको परिणाम पनि यो हुनसक्छ ।

नयाँ आएको अपराध संहिताको कानुन हेर्दा यो प्रकरणमा कानुन आकर्षित हुने देखिन्छ । तर सरकारले त्यसरी मिडियामाथि कानुनको डण्डा लगायो भने सन्देश राम्रो जाँदैन ।

अहिले जुन प्रकारले अपराध संहिता आएको छ । यसको परिक्षण पनि हो । यो कार्यान्वयन गर्न सक्छकी सक्दैन भन्ने कुरा पनि यसबाट जोडिएको छ । नेपालमा जुन कुरालाई रोक्न खोज्यो त्यही कुरा गर्ने र गर्न खोज्ने प्रवृति पनि छ ।

हाम्रो कानुनले सोसियल मिडिया र मास मिडियालाई डिफाइन गर्न सकेको छैन । आम सञ्चार कानुन आएपछि यो विषयमा स्पष्ट होला । आम सञ्चार जसले चलाएको भएपनि रेस्पोन्सिबल मिडिया भन्नुपर्छ । कति रेश्पोन्सिबल छ छैन त्यो बेग्लै कुरा हो । अहिले नै बादललाई यसरी सिंगार पटार गर्नुपर्ने जरुरी थियो की थिएन त्यो बहसको विषय हो । अहिलेको कानुनको परिक्षण भनेको यो दुई वटा पत्रिकामाथिको प्रस्तुती हो ।

हिमाल साप्ताहिक कभर प्रकरण : कनकमणी दीक्षितलाई पक्राउ गर्ने गृहमन्त्रालयको ‘गोप्य’ तयारी !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न भूमिका खेल्छु’: भीम बहादुर पाल (अन्तरवार्ता)

Friday, 21 September 2018

  नेपाल निर्माण व्यवसायी महासंघको २१ औ अधिवेशनमा खुल्ला तर्फको केन्द्रीय सदस्यमा इन्जिनीयर समेत रहेका निर्माण व्यवसायी भीम बहादुर पालले ...

सपनाको संयोजन हो ‘जालिनी’: लेखक ध्रुवसत्य परियार (अन्तरवार्ता)

Wednesday, 19 September 2018

काठमाडौँ । मण्डला थिएटर यस्तो ठाउँ हो, जहाँ ध्रुवसत्य परियार र म सहरको भीडबाट अलग्गिएर ‘मेडिटेट’ हुन पुग्ने गर्छौं । ...

भोकै छु भन्ने नाममा ऊ भोकको मुद्दा कायम राख्न चाहन्छ, उसलाई भोकै छु भन्ने देखाउनु छ–प्रधानमन्त्री ओली(विशेष अन्तर्वार्ता)

Wednesday, 19 September 2018

काठमाडौँ, संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात ...

निर्मला हत्याप्रकरण : हिरासतबाट दिलिप विष्टको बयान,‘प्रहरीले पानीपट्टि लगाएपछि ऐया..भनेर कराएँ’

Friday, 7 September 2018

काठमाडौं, २२ भदौ । कञ्चनपुरकी १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कारपछि निर्ममता पूर्वक हत्या भयो । सोही हत्या प्रकरण पछि आक्रोशित ...

संयुक्त शैन्य अभ्यास : पूर्व ‘प्रधानसेनापति’को प्रश्न, ‘भोली भारत र पाकिस्तान युद्ध भयो भने… ?’

Sunday, 2 September 2018

काठमाडौं, १७ भदौ । शक्रबार सम्पन्न प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सम्मेलनले गरेको एउटा महत्वपूर्ण निर्णय ...

किशोर श्रेष्ठ भन्छन्,‘रवी लामिछानेले आफूलाई राजा महाराजा भन्दा चर्को ठाने’

Monday, 25 June 2018

जीवनको अन्तिम घडिमा रहेकी मेरी आमामाथि आक्षेप लगाइएको छ । मैले गरेको निर्णय प्रक्रियामा मेरी आमाको के दोष उहाँलाई आजै ...

‘छातीमा गोली छ, युद्धमा श्रीमती गुमाएँ तर हाम्रा नेताले २ करोड कमिशन लिएर सांसद बनाए’

Sunday, 31 December 2017

  प्रदेशसभा तर्फ सामानुपातिक सांसद चयनका विषयमा नेकपा माओवादी केन्द्र भित्र निकै ठूलो विवाद भयो । शुक्रबार माओवादी मुख्यालय पेरिसडाँडामा ...

टानका अध्यक्ष नवराज दाहाल भन्छन्,‘पर्यटकमाथि हेलिकोप्टरको मनोमानी शुल्क रोक्छु’

Tuesday, 31 October 2017

  ट्रेकिङ व्यावसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)को ३९ औं साधारणसभाबाट पुराना पर्यटन व्यावसायी नवराज दाहाल अध्यक्षमा ...

‘…त्यसो नभएको भए नेपालमा प्रचण्ड कमरेडलाई उछिन्ने को माइकलाल आउँथ्यो र ?’ अन्तर्वार्ता –२

Sunday, 22 October 2017

  माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका पूर्व मन्त्री तथा प्रभावशाली नेता लोकेन्द्र विष्टले कम्युनिष्ट राजनीतिमा झण्डै ४० बसन्त पार ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top