sangrila Bank

सिन्धुलीमा मुटुको निःशुल्क स्वास्थ्य परीक्षण

सिन्धुली, २३ भदौ (रासस) : आज यहाँ आयोजित निःशुल्क मुटु शिविरमा १०६ जनाले मुटुको स्वास्थ्य परीक्षण गराएका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, लायन्स क्लब अफ सिन्धुली सिटी र सिन्धुली पोलिक्लिनिक धुराबजारद्वारा संयुक्त रुपमा आयोजित उक्त शिविरमा ३० जनाले मुटुको भिडियो एक्सरे र ४५ जनाले इसिजीलगायत स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गराएकामध्ये १० जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुको निःशुल्क शल्यक्रियाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सिफारिश गरिएको जनाएको छ ।

शिविरमा निःशुल्क विशेषज्ञ सेवा, मुटुको भिडियो एक्सरेमा ७० प्रतिशत छुट, इसिजीमा ५० प्रतिशत छुट, १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटु रोग उपचार, ज्येष्ठ नागारिकको निःशुल्क उपचार तथा मुटु बाथ रोगको निःशुल्क उपचार गरिएको सिन्धुली पोलिक्लिनिकका डा दिन्जुल कटुवालले जानकारी दिनुभयो ।

मुटुरोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै खानपानमा विशेष ध्यान दिन परामर्श गरिएको र शिविरमा आएकामध्ये मुटु रोगीको मात्र स्वास्थ्य परीक्षण गरिएको पनि उहाँले बताउनुभयो ।

मुटुरोग विशेषज्ञ डा निशेष बस्नेत, डा किसन कुस्वाहा, डा अच्युत खनाल, डा अमृत केसी, इको तथा इसिजी विशेषज्ञसहित १० जना चिकित्सक टोलीले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनुभएको थियो । नियमित शारीरिक व्यायम, खानपानमा विशेष ध्यान दिए मुटु रोगबाट बच्न सकिने सुझाव चिकित्सकको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सम्भव छ ‘सेक्स भिडियो’ प्रतिवन्ध ?

Sunday, 23 September 2018

  काठमाडौं, असोज ७ । सूचना तथा संचार प्रविधि मन्त्रालयले ‘पोर्न साईड’ प्रतिवन्ध लगाउने भएको छ । मन्त्रालयले यस्ता वेबसाईट ...

मुटु दिवसको अवसरमा रु १०० मा मुटु जाँच, वयोधा हस्पिटलले ल्यायो यस्तो योजना !

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । विश्व मुटु दिवसको अवसरमा राजधानीको वयोधा हस्पिटलले रु. १०० मा मुटु जाँच योजना ल्याएको छ । ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

जानी राखौँ ! यस्ता हुन्छन ‘क्यान्सर’को लक्षण

Thursday, 20 September 2018

काठमाडौँ । शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्दै जानु क्यान्सर हो । विश्वमा नै क्यान्सर प्रकोपका रुपमा फैलँदो छ । क्यान्सर ...

यस्तो छ जिका भाईरसको लक्षण, न्युनिकरण र निराकरण गर्न यी उपाय अपनाउनुहोस

Tuesday, 18 September 2018

काठमाडौँ । लामखुट्टेको टोकाईको कारण शरिरका जिका भाईरसको संक्रमण हुने गर्दछ । भारतमा अत्याधिक मानिसहरु जिका भाईरसको संक्रमित छन नेपालमा ...

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

Monday, 17 September 2018

चितवन, १ असोज  जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला ...

रगतमा कोलेस्ट्रोल घटाउन के गर्नुपर्छ ?

Monday, 17 September 2018

काठमाडौँ । शरीरमा अधिक कोलेस्ट्रोल भयो भने धेरै रोग लाग्न सक्छ । कोलेस्ट्रोल मुटुका लागी हानिकारक मानिन्छ यसका साथै यो ...

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

Sunday, 16 September 2018

नागार्जुन, काठमाडौँ, ३१ भदौ (रासस) : नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्य ...

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक पारित

Friday, 14 September 2018

काठमाडौं, भदौ २९ । ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top