sangrila Bank

‘बस स्टप’ नाटक प्रदर्शन

भद्रपुर, २५ भदौ (रासस) : परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ ।

काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् । नाटक अवलोकन गर्नेमा विद्यार्थी, शिक्षकदेखि सहायक प्रमुख जिल्ला अधिकारीसम्म रहेका छन् । सो नाटक अमेरिकी लेखक विलियम इंगद्वारा लिखित ‘बस स्टप’ को नेपाली रुपान्तरण हो । नाटकलाई रङ्गकर्मी सागर खातीले परिकल्पनासँगै निर्देशन गर्नुभएको हो ।

मूलतः सन् १९५० को दशकको अमेरिकी समाज र व्यक्तिको चरित्र चित्रण नाटकमा गरिएकामा त्यसलाई नेपाली समाजसँग जोड्ने काम निर्देशक खातीले गर्नुभएको छ । उहाँलाई निर्देशनमा मण्डला थिएटरका रङ्गकर्मी इंगी होपो कोइच सुनुवारले सघाउनुभएको छ । नाटकमा काठमाडौँदेखि पूर्वतर्फ हुइकिएको बसलाई कृष्णभिरको पहिरोले रोक्छ । पहिरो हटाउन लामै समय लाग्ने देखिन्छ । रातको समय छ । त्यही भएर यात्रु थकाइ मार्न नजिकैको होटलमा पस्छन् । कृष्णभिरको पहिरोले अलपत्र सात यात्रु र होटल साहुनीका भिन्नाभिन्नै कथा छन् । तिनै कथा नाटक ‘बस स्टप’ मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नाचघरले यसअघि जिल्लाका विभिन्न स्थानमा कचहरी नाटक, सुकुम्बासी राजालगायतका नाटक प्रदर्शन गरिसकेको अध्यक्ष कविता शर्माले बताउनुभयो । नाटक आजसम्म प्रदर्शन गरिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रज्ञा–प्रतिष्ठानद्वारा कति कृति प्रकाशन भए ?

Tuesday, 4 September 2018

काठमाडौँ, १९ भदौ (रासस) : नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको ...

युद्ध संवाद–म लड्न भनेर सेनामा भर्ती भएको होइन,मलाई लड्नु नै थिएन !

Saturday, 1 September 2018

साहित्यकार एलबी क्षेत्रीसँग नयाँ पत्रिकाले लिएको अन्तर्वार्ताको सम्पादित अंश । तपाईं पूर्वभारतीय सैनिक, कसरी साहित्यमा लाग्नुभयो ? पहिला त म ...

गायक तथा नाट्यकर्मी रिमालको निधन

Friday, 31 August 2018

काठमाडौं, भदौ १५ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । विसं १९८२ साल असोज ...

पहलमान सिंह स्वाँर साहित्य पुरस्कारबाट स्रष्टाहरु पुरस्कृत

Saturday, 28 July 2018

काठमाडौँ । पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान ...

पोखरामा एकताको सन्देश दिँदै ‘अटलबहादुरको आतंक’

Thursday, 26 July 2018

–वासुदेव पौडेल  पोखरा– एउटा मिलेर बसेको समाज जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं ...

“केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो”

Saturday, 21 July 2018

मीना घोरसाइने काठमाडौँ “केटाहरु नबन सोझो, फुच्ची केटीहरुले न्यू खोजो” प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा ...

शताब्दी पुरुष जोशीलाई सम्मान

Tuesday, 17 July 2018

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मान गरेका छन् । सो ...

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ ः प्रम

Saturday, 24 June 2017

भीमदत्तनगर, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल ...

धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मान प्रदान

Sunday, 2 April 2017

बिर्तामोड, २० चैत । वीरता जेसीजले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top