sangrila Bank

‘सुस्त बालिका’ लाई गर्भनिरोधक ३ महिने सुई !

काठमाडौं, भदौ २६ । जन्मँदा उनको अवस्था सामान्य थियो । हुर्कँदै जाँदा आम शिशुभन्दा फरक देखिईन । टाउको सानो, अनुहार चेप्टो अनि व्यवहार एकोहोरो । बिस्तारै बोल्न हिड्न या कुनै पनि प्रतिक्रिया जनाउन नसक्ने भईन् । चिकित्सा विज्ञानका अनुसार यस्तो अवस्था डाउन सिन्ड्रोम (बौद्धिक अपाङगता) हो । उनी पूर्ण रुपले सहयोगीमा निर्भर छिन् । सहाराका नाममा आमा छिन् । उनकै पालनपोषणका लागि ज्यालामजदुरी गर्ने आमाले उनलाई हेरिरहने फुर्सद पाउँदिनन् । बुबाले पाँच वर्षअघि नै बिदा लिइसके ।
आर्थिक रुपले कमजोर परिवारमा जन्मिएकी उनको पीडा यतिमै सकिँदैन । भर्खरै १५ वर्ष लागेकी उनी गर्भनिरोधक तीन महिने सुई लगाईरहेकी छिन् । बच्चा जन्माउँदा नचाहँदा या जन्मान्तर बढाउन यस्ता परिवार नियोजनका साधन प्रयोग गरिन्छ । ज्यालामजदुरीका लागि आफू दिनभरि घरबाहिरै बस्नुपर्ने हुँदा छोरीको सुरक्षाका लागि यस्तो उपाय अपनाउने गरेकी उनकी आमा बताउँछिन् । भनिन्,–‘यसलाई हेर्न घरमा अरु कोहि छैन, एकदिन फर्किदा तलबाट रगत बगेको देखेँ अनि यस्तो उपाय अपनाएँ’ । यस्तो अवस्था देखेपछि छोरी बलात्कृत भएको उनले अड्कल काटिन् । त्यसपछि जबरजस्ती करणीले गर्भ बस्ला भनेर ३ महिने सुई लगाईदिने गरेको उनले बताईन्।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

मलेशियामा विषाक्त मदिरा सेवन गरी ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

Wednesday, 19 September 2018

काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा ...

परिवार नियोजनबारे जानकारी भएपनि प्रयोग कम

Tuesday, 18 September 2018

काठमाडौँ, २ असोज । परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । ...

किन दुख्छ ढाड ? कस्ता व्यक्तिलाई दुख्छ ढाड !

Monday, 17 September 2018

पछिल्लो समयमा ढाड दुख्ने समस्या भएको बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपान,शारीरिक मुभमेन्ट, बसाई नमिल्नु आदि कारणले ढाड ...

यस्ता छन् सय वर्ष नाघेका तन्नेरी !

Sunday, 16 September 2018

धनकुटा, भदौ ३१ । दैनिक ६ घण्टाा कम्तीमा खटाइ । उनको लगन, खटाइ र स्फूर्ति देखेर सबै चकित पर्छन् । ...

तपाईको तातु खुईलिने समस्या छ ? यसो गर्नुहोस् !

Thursday, 13 September 2018

काठमाडौं । कपाल झरेर तालु खुइलिने समस्याको उपचार हड्डीसम्बन्धी एक प्रकारको रोग ओस्टेओपोरोसिसका लागि प्रयोग हुने औषधिबाट हुन सक्ने बलियो ...

जहाँको पानी नमिसाइ स्थानीयबासिन्दाको खाना पाक्दैन

Thursday, 13 September 2018

परासी, भदौ २८ । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा ...

यस्ता देखिए तिजको दिन महिलाहरु ! (फोटो फिचर सहित)

Thursday, 13 September 2018

काठमाडौं, भदौ २८ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर र देशका विभिन्न धार्मिक स्थलहरुमा ...

आज कुशे औँशी, बुबाको मुख हेर्ने दिन !

Sunday, 9 September 2018

काठमाडौं, भदौ २४ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top