sangrila Bank

धादिङकी १८ वर्षीया लक्ष्मी नेपालीको बलात्कारपछि हत्या, न्याय खोज्दै आमा राजधानीमा !

 

काठमाडौं, २६ भदौ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ की १८ वर्षीय लक्ष्मी नेपालीको बलात्कारपछि हत्या भएको उनकी परिवारले बताएका छन । बलात्कारपछि हत्या गरिएको सम्वन्धमा किटानी जाहेरी दिँदा समेत सरकारले चासो नदिएको भन्दै लक्ष्मीकी आमा आफ्नो आवाज सुनाउन राजधानी आएकी छिन ।

न्याय माग गर्दै महिला आयोगकी पुर्व अध्यक्ष मनु हुमागाँई

 

न्याय खोज्दै राजधानी आएका लक्ष्मीकी परिवारले पत्रकार सम्मेलन मार्फत तत्काल अपराधी पहिचान गरि कानुन अनुसार कडाभन्दा कडा कारवाहीको माग गरेका छन । प्रहरीले हत्यासम्वन्धमा त्यत्ति चासो नदिएको र गम्भिर रुपमा खोजतलास नगरेको भन्दै लक्ष्मीकी परिवारले आक्रोश व्यक्त गरेका छन ।

लक्ष्मीकी आमाले आफुले प्रहरीसामु किटानी जाहेरी गरेको तर प्रहरीले गम्भिर ढंगबाट अनुसन्धान नगरेको आरोप लगाएकी छिन । उनले भने,‘छोरीको हत्याराको नामसहित मैले जाहेरी दिएको छु, विगत लामो समयदेखि छोरीसँग कुरा गर्ने र बिदेशमा बस्ने खोटाङ्का अनिल परियारको नाममा मैले जाहेरी दिएको छु ।’ ‘छोरी वेपत्ता भएको ४ दिनसम्म छोरीको मोबाईलमा फोन लागिरहेको थियो । तर, प्रहरीले पक्राउ गर्न सकेन । मैले गृहमन्त्री रामबहादुर थापा बादललाई समेत भेटेर न्याय दिन आग्रह गरिसकेको छु । प्रहरी प्रसाशनले अनुसन्धान भईरहेको छ भन्छ । तर, खै परिणाम अहिलेसम्म केही पनि आएको छैन् । मेरो माग दोषीको पहिचान गरि उसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्यो ।’

पत्रकार सम्मेलनमा महिला आयोगकी पूर्वअध्यक्ष मनु हुमागाइँले वर्तमान सरकार महिलाको बारेमा सुरक्षा दिन पूरै असफल भएको आरोप लगाएकी छन् । वर्तमान सरकार महिलाको सुरक्षाको बारेमा गम्भिर देखिएन उनले भनिन, ‘१९ दिनसम्म पनि लक्ष्मीको हत्यारालाई पक्रा उगर्न नसक्नु प्रहरी प्रशासनको कमजोरी हो ।’ उनले भनिन्,‘वर्तमान सरकार महिलाको सुरक्षाको बारेमा गम्भिर देखिएन ।’

स्थानीय बासिन्दा एवम् समाजसेवी विष्णु सापकोटाले बलात्कारका घट्नाहरु अपराध प्रथाको रुपमा विकास हुन थालेको बताएका छन् । दोषीलाई सत्ता र शक्तिको आडमा उन्मुक्ति दिने काम भैरहेको बताउदै यस्ता किसिमका कामबाट राज्यप्रति जनताको आशा र भरोसा उड्न सक्ने बताए । परिवारले दिएको जानकारी अनुसार मृत्तक लक्ष्मी भदौ ७ गते दिउँसो ४ बजेदेखि एक्कासी सम्पर्कविहिन भएकी थिईन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन ...

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

‘अन्तरजातिय विवाह गर्दा मेरो श्रीमानको हत्या भयो’

Friday, 21 September 2018

दिप्ति बथिनी ‘प्रणयले एउटी आमाले जसरी मेरो ख्याल राख्थे । उनले मलाई नुहाइदिन्थे, ख्वाइदिन्थे र मेरो लागि खाना बनाउँथे । ...

संविधान बनेको तीन वर्षपछि संघीयतामा जाँदै कांग्रेस, प्रवक्ता भन्छन्,‘यसैकारण चुनाव हारियो’

Friday, 21 September 2018

-टि.पी शर्मा काठमाडौं, ५ असोज । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस आफैं भने लोकतन्त्रको अभ्यासमा फितलो ...

भत्किएका सम्पदाको निर्माण पुरातत्वको मापदण्ड अनुसार नै गर्नुपर्ने पर्यटनमन्त्रीको जिकिर

Friday, 21 September 2018

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ...

को हुन् ‘मानसिक रोगी’माथि लाठी र बुट बजार्ने प्रहरी हवल्दार ? भन्छन्,‘मैले एक झापड खाएँ’

Friday, 21 September 2018

प्रयास पराजुली काठमाडौं, ५ असोज । गत बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । राजधानीको गंगबु स्थित शिव मन्दिर ...

फोहोरको डंगुर छाडेर काठमाडौंका मेयर विद्या सुन्दर शाक्य श्रीमतीसहित अमेरिकामा मस्ति गर्दै !

Friday, 21 September 2018

काठमाडाैं, ५ असाेज ।  सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top