sangrila Bank

दाङको घोराहीमा प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने, मैदानको लागी ७ कट्ठा जग्गा खरिद !

 

रीता लामा

घोराही, २६ भदौ । घोराही उपमहानगरपालिकाले ‘खेलकूद सबैका लागि : खेलाडी राष्ट्रका लागि’ भन्ने नारालाई सार्थक बनाउन प्रदेशस्तरको रङ्गशाला निर्माणमा लगानी बढाएको छ । घोराहीलाई खेलकूद क्षेत्रको केन्द्रको रुपमा विकास गर्न स्थानीय तथा राष्ट्रियस्तरका खेलकूद प्रतियोगितासमेत आयोजना गर्न मैदानको व्यवस्थापनमा पौने एक करोड खर्चिएको छ ।

उपमहानगरपालिका– १७ गुलरीयामा निर्माणाधिन खेलकूद मैदानका लागि सात कठ्ठा २ धुर जग्गा खरिद गरिएको छ । मैदान साँघुरो हुने भएपछि स्थानीयवासीको जग्गा उपमहानगरले खरिद गरेको हो । सात कित्तामा रहेको सात कठ्ठा दुई धुर जमीन खरिद गरी मैदानलाई फराकिलो र व्यवस्थित बनाउने काम शुरु भएको इञ्जिनीयर रामधन श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार करीब रु ७५ लाखमा उक्त जग्गा खरीद गरिएको हो । उपमहानगरले चालु आर्थिक वर्षमा खेलकूदको विकास गर्न सशर्त तर्फ एक लाख र निशर्त तर्फ रु १३ लाख ६० हजार गरी रु १४ लाख ६० हजार विनियोजन गरिएको छ ।

नगर प्रमुख नरुलाल चौधरीले खेलकूद सामाजिक विकासको अभिन्न अङ्ग भएको भन्दै एक वडा एक खेलकूद मैदानलाई सार्थकता दिने दाबी गर्नुभयो । वडा नं १७ मा १५ बिगाहाको क्षेत्रफलमा गत वर्षदेखि प्रदेशस्तरीय रङ्शाला निर्माण कार्य थालेको उपमहानगरपालिकाले यसवर्ष रङ्गशाला निर्माण योजना बनाएको उहाँको भनाइ छ । गतवर्ष रङ्गशाला क्षेत्र भर तारजाली गर्नुका साथै माटो सम्याउने कार्य सम्पन्न भएको छ ।

रङ्शाला निर्माणसँगै दाङका खेलाडी उत्साहित भएका छन् । गुलरियामा प्रदेशस्तरको रङ्शाला निर्माण गरेसँगै उत्साहित भएका खेलाडीले अब आफूहरु हौसिएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा २०४१ सालदेखि सहभागिता जनाउन शुरु गरेको दाङले साढे ४ दशकको अवधिमा सन्तोषजनक नतिजा निकाल्न नसकेको दाङ क्रिकेट स्ङ्घका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो । खेल मैदानको अभावमा प्रतिभाशाली खेलाडी उत्पादन हुन नसकेको भन्दै अध्यक्ष मजगैयाले रङ्शाला निर्माण भएसँगै खेलाडीमा उत्साह जागेको बताउनुभयो ।

जिल्लाले हालसम्म आठ राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन गरेको छ । दाङका राजवीर सिंह, सुशान्तसिंह थापा, अनुप न्यौपाने, मनोज वैश्य, चुन्नु पाण्डे, अनिल गुप्ता, लक्ष्मी चौधरी र सनम श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा समेत खेलिसकेका छन । निर्माणाधीन रङ्गशालाको निर्माण कार्य तत्काल सम्पन्न गर्नुपर्ने भन्दै अध्यक्ष मजगैयाले टप विकेट, कपडा फेर्ने तथा नुहाउने कोठालगायतका भौतिक पूर्वाधार निर्माण गर्न बाँकी रहेको छ भन्नुभयो । उहाँले यी पूर्वाधारको निर्माणसँगै लिग चरणका प्रतियोगिता सञ्चालनमा ल्याउने बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यी हुन मनग्य आम्दानी गर्ने नेपाली खेलाडी जो खेलबाटै मासिक लाखौँ कमाउँछन

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पुर्वाधारको ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

च्याम्पियन्स लिगमा मेसीको नयाँ कीर्तिमान

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगतामा सर्वाधिक ह्याट्रिकको नयाँ रेकर्ड राखेका छन ...

शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने (खेलतालिकासहित)

Wednesday, 19 September 2018

  कुमार चौलागाई काठमाडौँ, ३ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन ...

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ ...

एएफसी यू–१६ महिला च्याम्पियनसिपः नेपालले आज फिलिपिन्ससँग भिड्ने !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ ...

एसिया कप क्रिकेटः वंगलादेशसंग नमिठो हार व्यहोर्दै श्रीलङ्का प्रतियोगिताबाट बाहिरियो

Tuesday, 18 September 2018

  अबुधाबी, २ असोज । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ ...

एसिया कप क्रिकेटः आज हङकङ र भारत भिड्दै, हङकङलाई बढी चुनौती !

Tuesday, 18 September 2018

काठमाडौं, असोज २ । एसिया कप क्रिकेट प्रतियोगितामा आज हङकङ र भारतबीच प्रतिष्पर्धा हुँदै छ । दुबैको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...

रोनाल्डोविनाको रियल झनै बलियो, छायामा परेका बेल उदाए

Tuesday, 18 September 2018

काठमाडौं । किस्टियानो रोनालडो रियल मड्रिडमा रहँदासम्म गेराथ बेल लगभग छायामै परेका थिए । यद्यपी यी दुवै खेलाडी सेट पिसका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top