sangrila Bank

तपाईको तातु खुईलिने समस्या छ ? यसो गर्नुहोस् !

काठमाडौं । कपाल झरेर तालु खुइलिने समस्याको उपचार हड्डीसम्बन्धी एक प्रकारको रोग ओस्टेओपोरोसिसका लागि प्रयोग हुने औषधिबाट हुन सक्ने बलियो सम्भावना देखा परेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार प्रयोगशालामा गरिएको एक अध्ययनका क्रममा उक्त औषधिले कपालको जरामा रहेका ग्रन्थिमा नाटकीय प्रभाव पार्दै कपाल बढ्नमा सहयोग पुर्‍याएको देखिएको छ।

उक्त औषधिमा भएको यौगिकले मानिसको कपाल बढ्ने प्रक्रियालाई रोकिदिने र तालु खुइलिने समस्या उत्पन्न गराउने एक प्रकारको प्रोटिनलाई नष्ट गरिदिन्छ।

परिवर्तन
यो अनुसन्धान परियोजनाका निर्देशक म्यानचेस्टर विश्वविद्यालयका डा। नेथन हकशोका अनुसार नयाँ नतिजाले कपाल झर्ने र तालु खुइलिने समस्या भएका मानिसहरूको जीवनमा ठूलै परिवर्तन ल्याइदिन सक्छ।

तालु खुइलिने समस्या भएकाहरूका निम्ति हाल दुई प्रकारका औषधिमात्र उपलब्ध छन्स्

मिनोक्सिडिल (पुरुष र महिला दुवैका लागि)
फिनास्टेराइड (पुरुषका लागि मात्र)

ती दुवै थरी औषधि विभिन्न देशमा सहज रूपमा उपलब्ध छैनन् र तिनका साइड इफेक्ट पनि हुने गर्छन्। फेरि ती औषधि सधैँजसो प्रभावकारी नहुने हुँदा तिनको प्रयोगको बदलामा मानिसहरूले प्रायस् कपाल प्रत्यारोपण विधि अपनाउने गरेका छन्।

पीएलओस बायोलोजी शोध पत्रिकामा प्रकाशित उक्त अनुसन्धान विवरणका अनुसार कपाल प्रत्यारोपण उपचार गराएका चालीस पुरुषहरूको कपालको जराको ग्रन्थिका नमुनाहरूमाथि प्रयोगशालामा विभिन्न परीक्षणहरू गरिएका थिए।

थप परीक्षण आवश्यक

बीबीसीसँग कुरा गर्दै डा। हकशोले भने, ूमानिसहरूमा यो उपचार विधि प्रभावकारी र सुरक्षित हुन्छ कि हुँदैन भनेर क्लिनिकल परीक्षणहरू गर्न आवश्यक छ।

चर्मरोग विशेषज्ञहरूको ब्रिटिश सङ्गठनका एक जना प्रवक्ताले बीबीसीलाई भने, यो एकदमै चाखलाग्दो अनुसन्धान हो।

ूअनुसन्धानकर्ताहरूले भने झैँ कपाल झर्नु एक सामान्य प्रकृतिको समस्या हो तर त्यसबाट पीडितको मानसिक स्वास्थ्यमा ठूलै नकारात्मक प्रभाव पर्न सक्छ। पीडितको आत्मविश्वास र आत्मसम्मानको भावनामा नै असर पर्ने गर्छ।

तालु खुइलिने समस्याबाट पीडितहरूका लागि प्रभावकारी उपचार उपलब्ध छैन। हाल उपलब्ध समाधानले सधैँ काम गर्छ नै भन्ने छैन। बिबिसीले लेखेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

मलेशियामा विषाक्त मदिरा सेवन गरी ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

Wednesday, 19 September 2018

काठमाडौं, असोज ३ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा ...

परिवार नियोजनबारे जानकारी भएपनि प्रयोग कम

Tuesday, 18 September 2018

काठमाडौँ, २ असोज । परिवार नियोजनका बारेमा आम व्यक्तिलाई जानकारी छ तर प्रयोगदर भने न्यून नै रहेको पाइएको छ । ...

किन दुख्छ ढाड ? कस्ता व्यक्तिलाई दुख्छ ढाड !

Monday, 17 September 2018

पछिल्लो समयमा ढाड दुख्ने समस्या भएको बिरामीको संख्या बढ्दो छ । अव्यवस्थित जीवनशैली, खानपान,शारीरिक मुभमेन्ट, बसाई नमिल्नु आदि कारणले ढाड ...

यस्ता छन् सय वर्ष नाघेका तन्नेरी !

Sunday, 16 September 2018

धनकुटा, भदौ ३१ । दैनिक ६ घण्टाा कम्तीमा खटाइ । उनको लगन, खटाइ र स्फूर्ति देखेर सबै चकित पर्छन् । ...

जहाँको पानी नमिसाइ स्थानीयबासिन्दाको खाना पाक्दैन

Thursday, 13 September 2018

परासी, भदौ २८ । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा ...

यस्ता देखिए तिजको दिन महिलाहरु ! (फोटो फिचर सहित)

Thursday, 13 September 2018

काठमाडौं, भदौ २८ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर र देशका विभिन्न धार्मिक स्थलहरुमा ...

‘सुस्त बालिका’ लाई गर्भनिरोधक ३ महिने सुई !

Tuesday, 11 September 2018

काठमाडौं, भदौ २६ । जन्मँदा उनको अवस्था सामान्य थियो । हुर्कँदै जाँदा आम शिशुभन्दा फरक देखिईन । टाउको सानो, अनुहार ...

आज कुशे औँशी, बुबाको मुख हेर्ने दिन !

Sunday, 9 September 2018

काठमाडौं, भदौ २४ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top