sangrila Bank

ब्रिगेड ब्वाइजले तीन विदेशी खेलाडी क्लबमा भित्र्यायो

काठमाडौं ।  चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ ।

सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ लामाले जानकारी दिए ।

कजिम एन्टी जी र टी जी स्ट्राइकरको रूपमा तथा करिमले मिड फिल्डबाट खेल्नेछन् ।

लिगका लागि क्लबले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने छन् जसमा चार विदेशी खेलाडी राख्न पाउने छन् ।

लिग आगामी असोज १४ देखि शुरु हने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जानकारी गराइसकेको छ ।

करीब चार वर्ष अवरुद्ध भएको ‘ए’ डिभिजन लिग असोज १४ गतेदेखि शुरु हुँदैछ । ब्रिगेड ब्वाइज २०७५ को यु १८ ललित स्मृति कप विजेता टोली हो ।

कर्मा छिरिङ शेर्पाले नेतृत्व सम्हालेपछि एन्फाले यसै वर्ष शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो ।

एन्फाले लिग सञ्चालन गर्न पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटीसमेत गठन गरिसकेको छ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्नेछन् जसमा थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यी हुन मनग्य आम्दानी गर्ने नेपाली खेलाडी जो खेलबाटै मासिक लाखौँ कमाउँछन

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पुर्वाधारको ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

च्याम्पियन्स लिगमा मेसीको नयाँ कीर्तिमान

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगतामा सर्वाधिक ह्याट्रिकको नयाँ रेकर्ड राखेका छन ...

शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने (खेलतालिकासहित)

Wednesday, 19 September 2018

  कुमार चौलागाई काठमाडौँ, ३ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन ...

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ ...

एएफसी यू–१६ महिला च्याम्पियनसिपः नेपालले आज फिलिपिन्ससँग भिड्ने !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ ...

एसिया कप क्रिकेटः वंगलादेशसंग नमिठो हार व्यहोर्दै श्रीलङ्का प्रतियोगिताबाट बाहिरियो

Tuesday, 18 September 2018

  अबुधाबी, २ असोज । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ ...

एसिया कप क्रिकेटः आज हङकङ र भारत भिड्दै, हङकङलाई बढी चुनौती !

Tuesday, 18 September 2018

काठमाडौं, असोज २ । एसिया कप क्रिकेट प्रतियोगितामा आज हङकङ र भारतबीच प्रतिष्पर्धा हुँदै छ । दुबैको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...

रोनाल्डोविनाको रियल झनै बलियो, छायामा परेका बेल उदाए

Tuesday, 18 September 2018

काठमाडौं । किस्टियानो रोनालडो रियल मड्रिडमा रहँदासम्म गेराथ बेल लगभग छायामै परेका थिए । यद्यपी यी दुवै खेलाडी सेट पिसका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top