sangrila Bank

अस्पतालमा चिकित्सकको अभाव भएपछि….

गाईघाट– जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ ।

दैनिक ५० देखि १०० को हाराहारीमा उपचारका लागि कटारी अस्पतालमा चिकित्सकलाई दिनभर कुरेर बस्नुपर्ने नत्र अन्यत्र निजी क्लिनिक जान बाध्य हुनुपरेको बिरामीका आफन्त बताउँछन् ।

कटारी–८ सिरीसेका रामप्रसाद पौडेल भन्छन्, ‘एक महिना अगाडिसम्म अस्पतालमा आउने बित्तिकै केही समयमै डाक्टरले उपचार सेवा दिने गर्दथे, अहिले बिरामी लिएर आयो डाक्टर छैनन्, पर्खनुस् भनेर अस्पतालले भन्छ, दिनभरि बस्दा पनि पालो नआएपछि हैरानी खेप्नुपरेको छ ।’

अस्पतालमा जनशक्ति अभाव भएपछि आफ्ना बिरामीलाई निजी क्लिनिकमा महँगो खर्चमा उपचार गर्न बाध्य हुनुपरेको कटारी रिस्कु–३ की कुमारी दनुवार बताउँछन् ।

यस विषयमा कटारी अस्पतालका प्रमुख डा गौरव साहले भने, ‘तीन जना अस्पतालका डाक्टर अन्यत्र गए, दुईजना यसअघिनै सरुवा लिएर अन्यत्र गए भने एक जना करारका डाक्टरले सरकारीमा नाम निकालेर अन्यत्र गएपछि अहिले अस्पताल सञ्चालन गर्न आफूलाई हम्मे परेको छ ।’

डाक्टर हिँडेपछि बिरामीको चाप थेगिनसक्नु भएको र सम्बन्धित मन्त्रालय तथा विभागमा समेत जानकारी गराए पनि अहिलेसम्म यसको सुनुवाइ नभएको डा.साह बताउँछन् ।

कटारी अस्पतालमा उदयपुरको पश्चिमी क्षेत्र, दक्षिणी ओखलढुङ्गा क्षेत्र र पूर्वी सिन्धुली क्षेत्रदेखि बिरामी ठूलो सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सम्भव छ ‘सेक्स भिडियो’ प्रतिवन्ध ?

Sunday, 23 September 2018

  काठमाडौं, असोज ७ । सूचना तथा संचार प्रविधि मन्त्रालयले ‘पोर्न साईड’ प्रतिवन्ध लगाउने भएको छ । मन्त्रालयले यस्ता वेबसाईट ...

मुटु दिवसको अवसरमा रु १०० मा मुटु जाँच, वयोधा हस्पिटलले ल्यायो यस्तो योजना !

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । विश्व मुटु दिवसको अवसरमा राजधानीको वयोधा हस्पिटलले रु. १०० मा मुटु जाँच योजना ल्याएको छ । ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

जानी राखौँ ! यस्ता हुन्छन ‘क्यान्सर’को लक्षण

Thursday, 20 September 2018

काठमाडौँ । शरीरका कोषिकाहरु अनियन्त्रित रुपमा बढ्दै जानु क्यान्सर हो । विश्वमा नै क्यान्सर प्रकोपका रुपमा फैलँदो छ । क्यान्सर ...

यस्तो छ जिका भाईरसको लक्षण, न्युनिकरण र निराकरण गर्न यी उपाय अपनाउनुहोस

Tuesday, 18 September 2018

काठमाडौँ । लामखुट्टेको टोकाईको कारण शरिरका जिका भाईरसको संक्रमण हुने गर्दछ । भारतमा अत्याधिक मानिसहरु जिका भाईरसको संक्रमित छन नेपालमा ...

दुई महिनामा १४५ जनामा स्क्रब टाइफस

Monday, 17 September 2018

चितवन, १ असोज  जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला ...

रगतमा कोलेस्ट्रोल घटाउन के गर्नुपर्छ ?

Monday, 17 September 2018

काठमाडौँ । शरीरमा अधिक कोलेस्ट्रोल भयो भने धेरै रोग लाग्न सक्छ । कोलेस्ट्रोल मुटुका लागी हानिकारक मानिन्छ यसका साथै यो ...

गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क

Sunday, 16 September 2018

नागार्जुन, काठमाडौँ, ३१ भदौ (रासस) : नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्य ...

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक पारित

Friday, 14 September 2018

काठमाडौं, भदौ २९ । ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top