sangrila Bank

प्रहरीकै यातनाका कारण आफ्नै परिवारका सदस्य देख्दा पनि डराउछन दिलिपसिंह विष्ट !

 

काठमाडौ, २९ भदौ । काठमाडौँ । प्रहरीले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न भएको भन्दै ४१ वर्षिय दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । ‘सय जना अपराधी छुटे पनि एउटा निर्दोष नफसोस’ भन्ने कुरालाई अनुसन्धानमा ध्यान दिईन्छ तर मानसिक अवस्थासमेत ठिक नभएका भनिएको दिलिप विष्टलाई भने पक्राउ मात्र गरिएन हिरासतभित्र चरम यातना पनि दिईयो । डर धम्कि र त्रास देखाएर अपराध कबुल गर्न लगाएको दिलिपले नै बताएका थिए । उनलाई हिरासतभित्रै पानिपट्टी गर्ने ( रुमालले नाकमुख छोपेर माथिबाट पानी खन्याउने), कुटपिट गर्ने लगायतका चरम यातना दिईएको तथ्य बाहिर आईसकेको छ ।

दिलीपका बाबु र दाई

आजकाल दिलिप विष्ट आफ्नै घरपरिवार देख्दा पनि डराउन थालेका छन । उनका बाबु कमलसिंह भन्छन, ‘डराएर मान्छै नजिक आउनै मान्दैन, प्रहरीले निकै यातना दियो भन्छ ।’

निर्मलाको बलात्कापछि हत्या गरेको आरोपमा तात्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट नेतृत्वको टोलीले गत भदौ ३ गते पक्राउ गरेको थियो । यता दिलिप विष्ट भने आफुलाई २ गते नै लगेको बताउछन । मुद्धा चलाउन पर्याप्त प्रमाण नभेटिएपछि अनुसन्धान टोलीले उनको मानसिक अवस्था र यौन उत्तेजनाबारे पनि परिक्षण गरिएको थियो । कुनैपनि परिक्षणबाट केही तथ्य बाहिर नआएपछि उनको डिएनए परिक्षण गरिएको जुन निर्मलाको शरिरबाट लिईएको नमुनासंग मिलेन ।

दिलिपका बाबु कमलसिंह भने मानहानी र क्षतिपुर्तीको मुद्धा दायर गर्ने सोचमा छन तर फेरी पनि फसाउने हुन की भन्ने डरमा पनि छन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन ...

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

‘अन्तरजातिय विवाह गर्दा मेरो श्रीमानको हत्या भयो’

Friday, 21 September 2018

दिप्ति बथिनी ‘प्रणयले एउटी आमाले जसरी मेरो ख्याल राख्थे । उनले मलाई नुहाइदिन्थे, ख्वाइदिन्थे र मेरो लागि खाना बनाउँथे । ...

संविधान बनेको तीन वर्षपछि संघीयतामा जाँदै कांग्रेस, प्रवक्ता भन्छन्,‘यसैकारण चुनाव हारियो’

Friday, 21 September 2018

-टि.पी शर्मा काठमाडौं, ५ असोज । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस आफैं भने लोकतन्त्रको अभ्यासमा फितलो ...

भत्किएका सम्पदाको निर्माण पुरातत्वको मापदण्ड अनुसार नै गर्नुपर्ने पर्यटनमन्त्रीको जिकिर

Friday, 21 September 2018

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ...

को हुन् ‘मानसिक रोगी’माथि लाठी र बुट बजार्ने प्रहरी हवल्दार ? भन्छन्,‘मैले एक झापड खाएँ’

Friday, 21 September 2018

प्रयास पराजुली काठमाडौं, ५ असोज । गत बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । राजधानीको गंगबु स्थित शिव मन्दिर ...

फोहोरको डंगुर छाडेर काठमाडौंका मेयर विद्या सुन्दर शाक्य श्रीमतीसहित अमेरिकामा मस्ति गर्दै !

Friday, 21 September 2018

काठमाडाैं, ५ असाेज ।  सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top