sangrila Bank

भाडा बढाउने दाउमा व्यवसायी, दसैंलाई टिकटको अग्रिम बुकिङ अझै खुलेन !

काठमाडौँ, भदौ २९ । नेपाल यातायात व्यवसायी महासंघले ५ वर्षदेखि भाडा नबढेको र यातायात संघ–समितिका बैंक खाता रोक्का गरिएको भन्दै दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन अटेरी गरेको छ । यसले दसैं मनाउन उपत्यकाबाहिर जानुपर्नेहरू मर्कामा परेका छन् ।

यातायात विभागले भदौ २४ बाटै अग्रिम बुकिङ खुलाउने जनाएको थियो । यसबारे विभागका अधिकारी र ब्यवसायीबीच ३ पटक वार्ता भइसकेको छ । विभाग महानिर्देशक लावण्यकुमार शर्मा भन्छन्, ‘ब्यवसायीसँग छलफल भइरहेको छ । जसरी पनि निकास निकाल्छौं ।’

विभागका अनुसार विभिन्न जिल्लाका करिब ४० लाख मानिस राजधानीमा बस्छन् । उनीहरू घर फर्कने मौका पारेर व्यवसायीले भाडा बढाउन खोजेका हुन् । व्यवसायीले सवारीसाधन दर्ता गर्दा सरकारको कानुन नमाने रुट परमिट खारेज हुनेसम्मको लिखित मञ्जुरी जनाएका हुन्छन् । ‘कानुनी बन्देज हुँदाहुँदै पनि टिकट नखुलाउने अडानमा बस्नु गलत हो । निर्देशन अटेर गरे कानुनबमोजिम कारबाही गरिनेछ,’ शर्माले भने ।

यातायात अभियन्ता रामबहादुर थापा भाडा बढे दसैंमा घर जाने यात्रु मर्कामा पर्ने मात्र नभई औषधि, खानेपानी, खाद्यवस्तु, लत्ताकपडा, तरकारी, फलफूललगायतमा पनि मूल्यवृद्धि हुने बताउँछन् । ‘२०४५ मा यात्रुसँग ५ रुपैयाँ लिने सडकमा अहिले ५० लिन्छन् । ट्याक्सीको मिटर ३ रुपैयाँबाट बढेर १४ पुगेको छ । ५ हजार रुपैयाँ लिने ढुवानी गाडीले ३० हजार लिन्छ । जब कि राज्यले व्यवसायीसँग लिनुपर्ने विभिन्न १० वटा शीर्षकमा कुनै राजस्व बढेको छैन,’ थापाले भने ।

विभागले जाँचपास, रुट परमिट, अञ्चलीकरण, नामसारी, प्रदूषण चेकजाँच, ब्लुबुक नवीकरण गर्दा लिनुपर्ने राजस्व बढाएको छैन । सरकारले ज्येष्ठ नागरिक, अपांगता तथा विद्यार्थीलाई छुट दिएबापत व्यवसायीलाई ४५ प्रतिशत कर छुट दिने गरेको छ । तर ज्येष्ठ नागरिक र अपांगता भएकाले छुट नपाएको गुनासो उत्तिकै छ । सरकारले सार्वजनिक गाडीमा १ देखि ४ किमिसम्म यात्रा गर्दा १३ रुपैयाँ भाडादर तोकेको छ । तर, गाडी चढ्नेबित्तिकै १५ रुपैयाँ र ४ किमि यात्रा गर्दा दोब्बरसम्म लिने गरिएको पाइएको छ ।

यातायात व्यवसायीले भने बैंक ऋण, चालक, सहचालकको खर्च र टायर, बेरिङलगायत १८ प्रकारका सामानको मूल्यवृद्धि भएकाले भाडा बढाउनुपर्ने तर्क गरेका छन् । महासंघ अध्यक्ष योगेन्द्र कर्माचार्यले गाडीमा लाग्ने इन्धन तथा पार्टपुर्जामा बर्सेनि मूल्यवृद्धि भए पनि सरकारले भाडादर समायोजन नगरेको गुनासो गरे । ‘भाडादर समायोजन नगरेको पाँच वर्ष भइसक्यो,’ उनले भने, ‘माग पूरा नभए दसैंमा थपिँदै आएका ५ सय बससमेत थप्न सकिँदैन ।’ कान्तिपुर दैनिकमन खबर छापिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

बूढीगण्डकी जलबिद्युतको जिम्मा पुनः गेजुवालाई नै !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चाईना गेजुवा ग्रुप कम्पनीलाई नै दिने निर्णय गरेको छ ...

बदनामी पप्पुलाई फेरि २ अर्बको नयाँ ठेक्का !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । दर्जनौँ पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का पाएको ...

शेयर बजारः साताभरिमा दुई अर्ब ६२ करोडको कारोबार

Saturday, 22 September 2018

  काठमाडौँ, ६ असोज । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर ...

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण !

Saturday, 22 September 2018

काठमाडौँ, असोज ६ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । ...

दशैँमा खसिबोका किन्दै हुनुहुन्छ ? सिङ हेरेर किन्नुहोला !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । नेपालीको महान चाड दशैं नजिकिँदै गएपछि सरकारले काठमाडौं लगायतका मुख्य शहरमा भित्रिने खसी बोकाको स्वास्थ्य परीक्षण ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

बालाजु क्षेत्रमा आज दिनभर विजुली कटौती हुने !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार आज दिनभर विद्युत् कटौती हुने भएको छ । प्राधिकरण वालाजु ...

भूकम्पपीडितलाई सहूलियत ऋण असोजपछि बन्द हुने !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । भूकम्पपीडितले असोजपछि सहुलियत ब्याजदरको कर्जा सुविधा नपाउने भएका छन् । भूकम्प गएको साढे तीन वर्षपछि राष्ट्र ...

डीडीसीमा आर्थिक चलखेलः डेढ करोडको प्लाष्टिक गायब !

Friday, 21 September 2018

काठमाडौं, असोज ५ । सरकार स्वामित्वको दुग्ध विकास संस्थान डीडीसी ले दही प्याकेजिङ गर्ने प्लास्टि (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयात ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top