sangrila Bank

आज ऋषिपञ्चमीः नेपाली नारीहरुले सप्त ऋषिको पूजा गर्दै !

काठमाडौं, भदौ २९ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुप¥यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिएको विश्वास छ ।

यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पण्डित मधुसुदन सुवेदीले जानकारी दिए ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा गौतम बताउछन् ।

रज भनेको फोहोर हो, जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्दछ र यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने कुरा अनुसन्धानले पनि पुष्टि गरेकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुसन्धान गरिनुपर्नेमा पनि उनले जोड दिए ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

जिउँदै बच्चालाई मरेको भनि पोष्टमार्टम गरेपछि अप्पताल तोडफोड !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ अस्पताल ल्याउनुअगावै बाटोमै मृत्यु भइसकेको एक बच्चा जिउँदै छ भन्दै स्थानीयले शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल ...

यसरी झन बलियो बन्दै काँग्रेस सभापति देउवा !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन् शक्तिशाली बनाउने प्रावधान ल्याएको छ। विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक ...

गोपनीयतासम्बन्धी विधेयकमा प्रेसमाथिको अंकुश हट्यो

Sunday, 23 September 2018

काठमाडौँ,७ असोज । प्रतिनिधि सभाले पारित गरेको वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकले कसैले गोपनीयताको समाचार प्र्रकाशन र प्रसारणमा प्रेसमाथि लगाएको अंकुश हटाएको ...

कांग्रेसले तिहार अघि विधान तयार गर्ने, यी विषयमा हुँदैछन महत्वपुर्ण संसोधन

Saturday, 22 September 2018

काठमाडौँ । नेपाली कांग्रेसले आगामी तिहार अभिनै संघीय संरचनायुक्त विधान पार्टीमा ल्याईसक्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय विधान ...

उपराष्ट्रपति पुन सिचुवान युनिभर्सिटीमा, नेपाली विद्यार्थीसंग अन्तरक्रिया (फोटोफिचर)

Saturday, 22 September 2018

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन । उनले शनिबार विभिन्न ...

अश्लिल साइट बन्द गराउँने सरकारको घोषणापछि डा. बाबुराम भट्टराईको यस्तो प्रतिक्रिया

Saturday, 22 September 2018

काठमाडौं ६ असोज । सरकारले अश्लिल सामग्री राखिएका वेभसाइटहरु बन्द गराउने निर्णय गरेसँगै यसमा विभिन्न प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । ...

काठमाडौं उपत्यकाका नदीको छेउमा नजान सरकारको चेतावनी !

Saturday, 22 September 2018

काठमाडौँ, असोज ६। मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान ...

६ सय वर्गकिलोमिटर नेपाली भूभाग अतिक्रमण, सरकार भने मौन !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । ६ सय वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग भारतले अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ ...

भाजपा नेताको प्रधानमन्त्रीलाई चिठी,–‘त्रिभुवन विमानस्थल खतराको सुचीमा छ ’(पत्रसहित)

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top